इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसद बिघटनको घोषणा गरेपछि उत्पन्न हुने राजनीतिक द्वन्द र त्यसको परिस्थितीलाइ मध्यनजर गर्दै प्रदेश एकमा एकाएक सुरक्षा सतर्कता बढाइएको छ ।
संसद बिघटन संगै बिभिन्न जिल्लामा भइरहेको राजनीतिक आन्दोलन र नारा जुलुसले सुरक्षा स्थिति बिग्रन सक्ने संकेत पछि प्रदेश एक प्रहरी कार्यालय बिराटनगरले सुरक्षा सतर्कता बढाएको हो । देशभर सुरक्षा स्थिती कडा बनाए संगै प्रहरी तथा तिनै तहका सुरक्षाकर्मिहरू हाइ अलर्टमा राखिएको प्रदेश एक प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
बिशेष गरी प्रदेश एकको मुख्य जिल्लाहरूमा अहिले प्रहरी संख्या बढाएर सुरक्षामा तैनाथ गरिएको छ भने राजनीतिक दल तथा भातृ संगठनहरूले गरेको बिरोधको आन्दोलनहरुलाइ नजिकबाट नियालिरहेको जनाइएको छ । आन्दोलन र बिरोधका कार्यक्रमहरूले समाज र शहरको शान्ति सुरक्षामा खलल पु¥याउने हुँदा अगावै प्रहरीलाइ हाईअलर्टमा रहन सम्बन्धित सबै प्रहरी युनिटमा खबर गरिसकेको प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कविन्द्र कुमार कार्कीले बताए ।
उनको अनुसानर अनुसार संसद बिघटन पछि उत्पन्न भएका परिस्थितिलाइ मध्यनजर गर्दै मुख्य जिल्लाका शहरहरू धरान, इटहरी, इनरूवा, बिराटनगर, बेलबारी, दमक र बिर्तामोड क्षेत्रमा प्रहरीको संख्या बढाएको छ । उनले भने, ‘राजनीतिक गतिविधिहरू नियाल्ने काम भइरहेको छ, मुख्य जिल्लाहरूमा नेपाल प्रहरी, जनपथ प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरी गरी चारवटै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएको छ ।’
यता जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि आफ्नो मातहतमा रहेका प्रहरी कार्यालयहरूलाइ सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले बताए । उनले भने, ‘अहिले यो नै भैहाल्छ भन्ने छैन, तै पनि सुरक्षा सतर्कता अपनाएर काम गर्न निर्देशन दिएका हौ, एक त कोरोनाको त्रास छ त्यसमा पनि भोली राजनीतिक द्वन्दले सुरक्षा स्थिती बिग्रन सक्ने अनुमान सहित जिल्लामा सुरक्षा सतर्कता अपनाइएको छ ।’
पछिल्लो समय राजनीतिक दलहरूबाट भइरहेको बिभिन्न आन्दोलन र नारा जुलुसलाइ नेपाली सेनाले पनि नजिकबाट नियालेको बताएको छ । नेपाली सेनाको प्रधान कार्यालय जंंगी अड्डा अनतरगत प्रधान सेनापति पुर्ण चन्द्र थापाले संसद बिघटन संगै राष्ट्रीय सुरक्षामा चासो देखाउदै मातहतका मुख्यालय तथा सैनिक ब्यारेकहरूमा हाइअलर्टको निर्देशन दिए पछि इटहरी स्थित पूर्वि पृतना सैनिक मुख्यालयले पनि उच्च सुरक्षा सतर्कता अपनाएको छ ।
प्रदेश एकको बिभिन्न जिल्लामा भएका राजनीतिक आन्दोलन पश्चात उत्पन्न परिस्थितिले राष्ट्रिय सुरक्षामा खलल पर्नसक्ने अनुमान सहित नेपाली सेनाले भित्री रूपमा गुप्तचर प्रयोग गरी आन्दोलनहरूलाइ नियाल्ने काम गरेको बताएको छ ।
यद्यपी तत्काल सेना परिचालन नभएपनि भोलीको दिनहरूमा परिस्थिती हेरेर स्थानीय प्रशासनले निर्देशन दिएको खण्डमा सेना ब्यारेकबाट बाहिरिन सक्ने तयारी अनुरूप अहिले हाइअलर्टमा मात्रै रहेको पुर्वि पृतना सैनिक मुख्यालय इटहरीबाट बुझिएको छ ।