समाज

    Showing 6,431-6,440 of 6,734 items.
  • लकडाउनमा घरभाडा छुटदिने घरधनीलाई सम्मान

    धरान । कोरोना  जोखिम न्युनिकरण गर्न सरकारले घोषणा गरेको लकडाउनको समयमा घरभाडा छुट दिने घरधनीहरुलाई सुनसरी उद्योग वाणिज्य संघले सम्मान गरेको छ । गत चैत्र ११ गते देखि शुरु भएको लकडाउनका कारण उद्योग धन्दा समेत ठप्प भएकाले व्यवसायीलाई समस्या परेको भन्दै धरानका घरधनीहरुले घरभाडामा छुट गरिदिएका थिए । सोमबार संघले एक कार्यक्रमको आयोजना गरि धरानका ४१ जना घरधनीहरुलाई सम्मान गरेको हो । लकडाउनको अवधिमा ४५ दिन भन्दा माथि ९० दिन सम्म घरभाडा छुट दिने ४१ जनालाई सम्मान गरिएको संघका कार्यसमिति सदस्य विष्णु बरालले बताए । कार्यक्रममा घरधनीको तर्फबाट प्रभु प्रसाद श्रेष्ठले घरभाडा छुट दिए जस्तै नगरपालिकाले

    • प्रकाशित मितिः असार २२, २०७७
    • 888 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउन प्रभावित शहिद परिवारलाई उपसभामुखको राहत

    धरान । लकडाउनका कारण प्रभावित बनेका धरानका शहिद परिवारलाई प्रदेश नम्बर १ की उपसभामुख सरस्वती पोख्रेलले खाद्यान्न सामग्री प्रदान गरेकि छिन् । सोमबार धरानका विभिन्न वडामा रहेका शहिद परिवारलाई भेट गर्दै उनीहरुलाई राहत वितरण गरेकी हुन् । पोख्रेल सहित प्रदेश नम्बर १ की प्रदेश सभा सदस्य उमिता बराईली, नेकपाका प्रदेश सदस्य मुकेश मुक्साम्हाङ, धरान नगर इन्चार्ज चोत्लुङ, धरान नगर अध्यक्ष नारायण सुवेदी लगायतका नेताहरुले शहिद परिवार सँग भेट गरेका थिए । भेटका क्रममा शहिद परिवारले पार्टी एकिकरण टुट्न नदिन आग्रह गरेका थिए । त्यसै गरि शहिदको नाममा विकाश निर्माणको काम गर्न समेत सुझाव दिएको नेकपाका धरान नगर इन

    • प्रकाशित मितिः असार २२, २०७७
    • 797 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको नाटकघर निर्माणमा सहयोग गर्ने उपसभामुखको प्रतिबद्धता

    धरान । धराने रंगमञ्चको इतिहासलाई दोहोर्याउन धरानमा निर्माणाधिन नाटकघरको प्रदेश १ की उपसभामुख सरस्वती पोख्रेलले अवलोकन गर्दै प्रदेश सरकारले पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन् । सोमबार प्रदेश १ की प्रदेश सभा सदस्य उमिता बराईली, स्थानीय नेकपाका नेताहरु सहित नाटकघरको निर्माण कार्यको अवलोकन गर्न पुगेकि हुन् । उनले नाटकघर निर्माणलाई पुर्णता दिन प्रदेश सरकार सँग पनि पहल गर्ने बताईन् । उनले भनिन्, ‘सभामुख पनि धरानकै हुनुहुन्छ, उपसभामुख पनि सुनसरी, माननियहरु पनि हुनुहुन्छ, सबै मिलेर मुख्यमन्त्रीको समेत ध्यानाकर्षण गराउने छौं ।’ धरानलाई सांस्कृतिक शहरको रुपमा विकाश गर्न प्रदेश

    • प्रकाशित मितिः असार २२, २०७७
    • 874 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खसि बोका बजार नहुँदा पुर्वी पहाडी जिल्लाका कृषक मारमा

    धरान । चैत्र ११ गते घोषणा गरिएको लकडाउन पछि धरान स्थित कृषि उपज बजार स्थलको शुक्रबारे हाट पुर्ण रुपमा बन्द रहेको थियो । लामो समय पछि शुक्रबार कृषकहरुले जबरजस्ती खसिबोका बिक्रि गर्न ल्याएका थिए तर खसि बोका खरिद बिक्रिका लागि ग्राहकहरु नआउँदा फिर्ता लानु पर्ने बाध्यतामा कृषकहरु रहेका छन् । पुर्वी पहाडी जिल्लाबाट आउने खसि बोकाको बजार नहुँदा कृषकहरु मारमा परेका छन् । लकडाउनको कारण धरान स्थित कृषि उपज बजार स्थलको शुक्रबारे हाटबजार संचालन नहुँदा खसि बोका बिक्रिमा समस्या भोग्नु परेको हो । खसि बोका बिक्रि गरेर गर्जो टार्नकै लागि खसि बोका धरान बजार ल्याए पछि भिडभाड बढ्दै गएका कारण बजार व्यवस्थापन समित

    • प्रकाशित मितिः असार २१, २०७७
    • 1,857 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वैदेशिक रोजगारी बाट फर्किएका महिलालाई वंगुरको पाठापाठी बितरण

    धरान । वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरुलाई स्वदेशमै रोजगारी प्रदान गर्न वंगुरको पाठापाठी बितरण गरिएको छ । सामना नेपालले धरानका ७ जना महिलाहरुलाई वंगुरपालानमा प्रेरित गर्दै स्वदेशमा नै आत्मनिर्भर बनाउने उद्देश्यले वितरण गरेको जनाएको छ । सामना नेपालकी अध्यक्ष चेतना सेरेङका अनुसार प्रदेश १ को संसद विकास कोषबाट सांसद उमिता बराइलीको सहयोगमा वंगुरको पाठापाठी वितरण गरिएको हो । उक्त कार्यक्रमको प्रमुख अतिथिसमेत रहेकी सांसद बराइलीले विदेशबाट फर्किएका महिलाहरु पुनः विदेश नै जान नपर्ने वातावरण तयार गर्नुपर्ने बताइन् । उन्नत जातको वंगुरपालन गरेर सामुहिक रुपमा काम गर्न सके सफलता पाउने सांसद वराइलीले

    • प्रकाशित मितिः असार २१, २०७७
    • 951 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छथर जोरपाटी गाँउपालिकामा बसाई सरी आउने परिवारलाई लहिनो दुहुना गाई उपहार

    धनकुटा/ धनकुटाको छथरजोरपाटी गाँउपालिकाले गाँउपालिकामा स्थायी रुपमा बसाई सरी आउने परिवारलाई लहिनो दुहुना गाई उपहार कार्यक्रम अघि सारेको छ । खाँली खाल्सा तथा बाँझो जमिनको सदुपयोग गर्न यस चालु आर्थिक वर्षमा छथर जोरपाटी गाँउपालिकामा स्थायी रुपमा बसाई सरी आएका ९ जनाको परिवारलाई लहिनो दुहुना गाई उपहार दिएको छ । गाँउपालिकाले एउटा लहिनो दुहुना गाई बराबर ६०÷६१ हजार पर्ने ९ वटा खरिद गरेर सो गाउँपालिकामा बसाई सरी आएका ९ घर परिवारलाई निःशुल्क वितरण गरिएको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले बताए । सो गाँउपालिका भित्र स्थायी रुपमा बसाई सरी आएको कम्तीमा तीन महिना भएका परिवारलाई दुहुन

    • प्रकाशित मितिः असार २१, २०७७
    • 928 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • धनकुटाको चौबिसे गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा एभोकाडोको बिरुवा वितरण

    धनकुटा/ धनकुटाको चौबिसे गाउँपालिकाले कृषक समुहहरुलाई ५० प्रतिशत अनुदानमा एभोकाडोको बिरुवा वितरण गरेको छ । चालु आर्थिक वर्षको बजेटबाट गाउँपालिकाका विभिन्न वडामा रहेका कृषक समुहहरुलाई ५० प्रतिशत अनुदानमा दुई हजार ३ सय एभोकाडोको बिरुवा वितरण गरिएको चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए । एभोकाडो उत्पादन हुने क्षेत्र छनौट गरेर सो गाउँपालिका अन्तरगत रहेका वडा नं. १, २, ५, ६ र ८ नम्बर वडाका १९ वटा कृषक समुहलाई एभोकाडोको विरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष राईले बताए । पछिल्लो समय धनकुटा जिल्लामा नै एभोकाडो खेती तर्फ कृषकहरु आर्कषित बन्दै गएपछि स्थानीय सरकारहरुले एभोकाडो खेतीमा लगानी

    • प्रकाशित मितिः असार २०, २०७७
    • 2,058 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • लिम्बुको समाधी स्थल भत्काएको बिरोध मा फेदापमा तालाबन्दी

    तेह्रथुम । लिम्बुहरुको समाधी स्थल भत्काएको बिरोधमा फेदाप गाउपालिका को न्यायिक समितिको कार्यकक्षमा ताला लगाएका छन । केही दिन अघि तेह्रथुमको फेदाप पोक्लाबङमा रहेको लिम्बुहरुको समाधी स्थल भत्काइएको विरोधमा बिहिबार फेदाप गाउपालिकाको स्थानीय न्यायिक समितीमा सघर्स समितिले तालाबन्दी गरेको हो । संघर्ष समितिले दिएको निवेदन उपर कुनै कार्य सम्पादन समेत नगरी वेवास्ता गरेकोले न्यायीक समितिको कुनै अर्थ नरहेको ठहर गर्दै चरणबद्ध कार्यक्रमको घोषणा गरि संघर्ष समितिले तालाबन्दी गरेको हो । समाधी स्थल खनिएको विषयमा संघर्स समितिले आन्दोलन घोषण गर्दै पहिलो चरणमा स्थानीय न्यायीक समितिमा तालाबन्दी गरेको हो । समाधी

    • प्रकाशित मितिः असार १८, २०७७
    • 1,848 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्लटिङ बढ्दै गए पछि पानवारी मन्सुली चामलको ब्राण्ड लोप हुँदै

    धरान । दशक अघि सम्म पानवारी मन्सुली चामल उत्कृष्ठ ब्राण्ड बनेको थियो । तत्कालिन अवश्थामा साविकको पाँचकन्या गाविसको पानवारीमा उत्पादन हुने पानवारी मन्सुलि चामल धरान मात्रै होईन, पुर्वका झापा, मोरङमा समेत निर्यात हुने गरेको थियो । पछिल्लो समय प्लटिङका कारण खेतियोग्य जमिन मासिदै गए पछि अन्य ठाउँमा उत्पादन हुने चामललाई पानवारी मन्सुलि भनेर ब्राण्डिङ गरी बिक्रि हुने गरेको छ । हालको धरान उपमहानगरपालिकाको वडा नम्बर ६ पानवारी क्षेत्र धान उब्जनी हुने मुख्य कृषि क्षेत्र हो । पानवारी मुलुकै दोस्रो कृषि उर्वरभूमि भनेर कृषि मन्त्रालयले सुचिकृत गरेको क्षेत्र हो । पहाडबाट बगेर आएको पानी र बलौटे माटोमा उत्पा

    • प्रकाशित मितिः असार १७, २०७७
    • 1,221 पटक पढिएको
    • "दिनेश गजमेर"
  • प्रदेश १ मा २१ प्रतिशत मात्रै धान रोपाई

    धरान । धान उत्पादनको उर्भरभुमि मानिने प्रदेश १ मा असार १४ सम्ममा २१ प्रतिशत मात्रै धान रोपाईँ भएको छ । प्रदेश १ मा धानखेती हुँदै आएको ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफल मध्ये ७३ हजार २ सय २३ दशमलव २५ हेक्टरमा मात्र धान रोपाईँ भएको छ । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर १ ले असार १४ गते सार्वजनिक गरेको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा ४ दशमलव ४४ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष १७ दशमलव ०४ प्रतिशत रोपाई भएको थियो । सोलुखुम्बुमा सबैभन्दा बढी ६० प्रतिशत धान रोपाईं सकिएको छ । ताप्लेजङमा ८ हजार ७ सय ३७ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा १४ प्रतिशत धान रोपाईं भए

    • प्रकाशित मितिः असार १५, २०७७
    • 1,719 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved