गौरा स्टिलटेक इन्डस्ट्रीको वार्षिकोत्सवमा जानुका विकको घर निर्माणका लागी आर्थिक सहयोग

  • पुस १३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान।  धरान ११ मंगलबारे स्थित गौरा स्टिलटेक इन्डस्ट्रीको पहिलो वार्षिकोत्सवको अवसरमा जानुकामाया विश्वकर्माको घर निर्माणका लागी आर्थिक सहयोग गरीएको छ ।

 धरान १७ विजुवा मार्ग निवासी एकल महिला विश्वकर्माको घरको लागी ३५ सय ५० रूपैँया प्रदान गरीएको इन्डस्ट्रीका संचालक दिपक बान्तवाले जानकारी गराए । उनले घर निर्माण भइरहेको स्थलमा नै पुगेर सहयोग गरेका हुन । 'गौरा स्टिलटेक इन्डस्ट्रीको वार्षिकोत्सव पुष ११ गते हो । त्यस दिन इन्डस्ट्रीको सबै कर्मचारीहरूका साथ वनभोज आयोजना गरीएको थियो । उनले भने, 'वार्षिकोत्सवको अवसरमा धरानमा विकको घर निर्माणका भइरहेको जानकारी पाएपछी वार्षिकोत्सवको अवसर नै पारेर सहयोग गरीएको हो ।' व्यवसाय संगै वार्षिकोत्सवको अवसर पारेर निरन्तर रूपमा सामाजिक कार्य गर्ने थालनी गरीएको संचालक बान्तवाले बताए ।

 इन्डस्ट्रीमा रेस्टुरेन्ट, फास्ट फुड क्याफे, होटल म्यानेजमेन्ट कलेज, ब्याङ्क्विट र पार्टी प्यालेस लगायतको किचनका लागी चाहिने सामग्री बनाइने संचालक बान्तवाले बताए । किचनमा आवश्यक पर्ने बर्नर रेन्ज, स्टिलको टेबल, र्याक, डेरीको लागी चाहिने चिलिङ भ्याट, स्टिलको बिबिक्यु स्ट्यान्ड स्टिलको रेलिङ, गेट साथमा एलपिजी ग्यास पाइप लाईन समेत तयार हुन्छ । यसका साथै इन्डस्ट्रीबाट व्यवसायिक किचनको डिजाइन र लेआउटका लागी समेत काम हुन्छु उनले बताए ।

 धरानका केहि पत्रकार समुहले विकको घर निर्माण अभियान सहित अघिल्लो वर्ष देउसी खेलेर उठेको रकमले जानुका विकको घर निर्माण कार्यको थालनि गरेको छ । घरमा नै चटपटे बेचेर गुजारा गर्दै आइरहेको विक टिनले बारेको र माटोले लिपेर बनाएको सानो छाप्रोमा एक छोरा र एक छोरीका साथ बस्दै आएकी छिन ।

उनको श्रीमान नौ वर्ष अघि क्यान्सरको कारण मृत्यु भएको थियो । विकको नाममा रहेको १० धुर जग्गामा घर निर्माण भइरहेको छ । विकको सहयोगका लागी लक्ष्मी बैंक धरान शाखामा रहेको जानुकामाया विश्वकर्माको खाता नं। ०२३२३०६२०७५ मा सहयोग गर्न सकिने वा सिधै धरान १७ विजुवा मार्गमा गएर प्रत्यक्ष भेट गरी सहयोग गर्न सकिनेछ ।

यातायात व्यवसायीको घ ...

काठमाडौं/ सार्वजनिक यातायात व्यवसायीहरूले गण्डकी प्रदेश ...

काठमाडौंमा राजावादीक ...

काठमाडौं/  राजधानी काठमाडौंको नारायणचौरमा आइत ...

साकेला उभौलीको भव्य ...

धरान/  किरात राई समुदायको महान पर्व साकेला उभ ...

हल्ला नगरि काम गर्ने ...

धरान/  “जहाँ आवश्यकता, त्यहाँ लायन्स” ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved