प्रदेश एकमा दुइ नेताको टकराव : दोधारमा कांग्रेस, बहुमत जुटाउन दौडमा मुख्यमन्त्री राई

  • पुस १६, २०७७
  • "तेजबहादुर बन "
alt

इटहरी । राष्ट्रपति बिद्यादेवि भण्डारीले संसद बिघठन गरे लगत्तै उत्पन्न नेकपा भित्रको बिवाद केन्द्र हुदै प्रदेशमा आइपुग्दा राजनीतिक माहोल तातिएको छ ।

प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राइ बिरूद्ध प्रचण्ड – नेपाल पक्षका नेकपा नेताहरूले अविस्वासको प्रस्ताव दर्ता गरिसकेका छन ।

केन्द्रमा नेकपा बिच बिवाद चलेसंगै अल्पमतमा परिसकेका मुख्यमन्त्री राइ नेतृत्वको सरकार गिराएर नेकपाकै नेतृत्वमा अर्को सरकार गठन गर्ने केन्द्रिय सचिव समेत रहेको भिम आचार्यको पक्ष लागि परेका छन भने अविस्वासको प्रस्ताव दर्ता भएपनि संसदमा बहुमत पु¥याएर सामना गर्ने अडानमा मुख्यमन्त्री राई रहेका छन ।

राइको सरकार गिरेपछि अर्को मुख्यमन्त्रीको रूपमा प्रचण्ड–नेपाल पक्षका नेकपा नेताहरूले पूर्वमन्त्री भिम आचार्यलाइ अघि सारेका छन तर राइ भने आचार्यलाइ आफ्नो कुर्सि सजिलै दिने तयारीमा देखिएका छैनन । प्रदेश एक अन्तरगत संसदीय दलको निर्वाचनमा आचार्यलाइ एक मतले हराउदै मुख्यमन्त्रीमा बिजयी भएका राई अविश्वासको प्रस्ताव दर्ता भएपनि खुलेर संसदमा सामना गर्ने सार्वजनिक बक्तब्य नै दिदै आएका छन ।

मुख्यमन्त्रीको आकांक्षी भिम आचार्य भने यतिबेला प्रतिपक्षी दल नेपाली कांग्रेसको सांसदहरूसंग लविङमा ब्यस्त देखिएका छन । प्रदेश सभामा अंक गणित गर्दा जम्मा ९३ जना प्रदेश संसदहरू रहेका छन् जसमा नेकपाको मात्रै ६७ जना रहेका छन् । त्यसमा ३७ जना सांसद मिलेर नेपाल–प्रचण्ड पक्षबाट अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अन्य सांसद मुख्यमन्त्रीको समर्थनमा रहेको बुझिएको छ ।

मुख्यमन्त्री राइको सरकार गिराउन र प्रदेश सभामा बहुमत पु¥याउन नेता आचार्यलाइ ४७ सांसदको आवश्यकता पर्ने देखिन्छ जसमा ३७ जना सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरिसकेका छन भने बाँकि बहुमत पू¥याउन नेता आचार्य अहिले प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरू संग लविङमा जुटेका हुन् । एक नं प्रदेश सभामा नेपाली काँग्रेसबाट २१ जना, जनता समाजवादी पार्टीबाट ३ राप्रपाबाट १ र संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट १ जना सांसद रहेका छन ।

सरकार बनाउने कसरतमा नेकपा लागिरहँदा नेपाली कांग्रेसका सांसदहरू भने दोधारमा परेका छन । सरकारमा सहभागि नभएपनि सरकार सञ्चालनमा मुख्यमन्त्री राईलाइ साथ दिदै आएका कांग्रेसका प्रदेशसभा सदस्यहरू नेता आचार्यलाइ साथ दिने या नदिने भन्ने दोधारमा परेका छन भने यता मुख्यमन्त्री राई तिनै सांसदहरूले साथ दिनेमा बिश्वस्त रहेको बताउदै आएका छन ।

प्रदेशसभा सदस्यमा थोरै संख्या रहेपनि अहिले नेपाली कांग्रेसका सांसदहरू पार्टिको निर्णयलाइ पर्खेर बसेका छन । पार्टिभित्र छलफल चलिरहेकोले अहिले नै के गर्ने भन्ने पक्षमा निर्णय नभएको नेपाली कांग्रेस सुनसरीका नेता राजिव कोइरालाले बताए ।

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved