अब्यवस्थित सफारी पार्किङ : कुरूप बन्दै इटहरी

  • पुस १५, २०७७
  • "तेजबहादुर बन "
alt

सुनसरी । निर्माणधिन ६ लेन राजमार्गको कारण पार्किङ समस्या झेल्दै आएको इटहरी पछिल्लो समय अब्यवस्थित सफारी पार्किङले आफ्नो सौन्दर्यता नै गुमाउँदै गएको छ । सम्बन्धित सरोकारवालाहरूले नियमन गर्न नसक्दा सिंगो शहरको अवस्था नाजुक बन्दै गएको छ ।

क्षमता भन्दा बढी सफारी राजमार्गमा गुडेपछि शहरको अवस्था अस्तब्यस्त बनिन पुगेको छ भने सामधान तर्फ चासो राख्ने निकायहरू मौन रहदा सर्वसाधरणहरूले दिनहु सास्ती खेप्नु परेको छ । इटहरी उपमहानगरमा २७ सयको हाराहारीमा सफारी दर्ता रहेका छन तर राजमार्गमा ५ हजारको दरले सफारी गुडिदिदा सवारीको चाप बढनुका साथै घण्टौ जाम हुने गरेको छ । दुइ वर्ष अघि सम्म इटहरी उपमहानगर र प्रदेश एक ट्राफिक प्रहरी कार्यालय दुवैले नियमन र ब्यवस्थापन गर्दै आएको सफारी अहिले दुवै निकायले लथालिंग अवस्थामा छाडेपछि इटहरी शहरका लागि सफारी ब्यवस्थापन चुनौती पुर्ण बनेको छ ।

जनप्रतिनिधीहरूले कार्यभार सम्हालेको दिनदेखी नै सफारी ब्यवस्थापनमा ध्यान दिने प्रतिबद्धता जनाएपनि अहिले सम्म समस्या ज्युँको त्युँ रहेको छ । इटहरी क्षेत्रमा दर्ता भएका सफारीहरूलाई रूटमा सञ्चालन गराउने नीति बनाए पनि नियमित अनुगमन नहुँदा अहिले ट्राफिक जाम देखी सडक दुर्घटनाका मुख्य कारक बनेको छ ।

सफारीकै कारण इटहरीमा आइतबार र बुधबार लाग्ने बजार समेत अस्तब्यस्त बनेको छ भने साघुरो राजमार्ग भित्र अब्यवस्थित पार्किङले सर्वसाधारणहरू प्रत्यक्ष मर्कामा परेका छन । इटहरीभित्र सफारी ब्यवस्थापनको खाँचो रहेको ब्यवसायी आशिष घिमिरे बताउँछन । उनी भन्छन्, ‘सफारीलाइ बन्द गरौ चै भन्दैनौ तर ब्यवस्थापन भए हामी पैदलयात्रीहरू अलि सुरक्षित महसुस गथ्र्यौ ।’ एका तिर ६ लेन राजमार्गले सडक साघुँरीएको छ ।

त्यस माथी सोही सडक भित्र जहाँ पाए त्यहि सफारी पार्किङ गरिदिदाँ अन्य सवारीसाधनहरू संचालनमा समेत समस्या रहेको उनको भनाइ छ । यता सफारी ब्यवसायीहरूको दुखेसो बेग्लै छ । केहि सिटि सफारीहरूको फटाइका कारण इटहरी भित्रको सफारी ब्यवसायीहरू नै बदनाम हुनुपर्ने अवस्था आएको इटहरी १६ का सफारी ब्यवसायी राजु लुईटेल बताउँछन । उनले जति पनि राजमार्गमा गुडेका सफारीहरू छन् ति सबै इटहरी भित्रका मात्रै नभएर बाहिरबाट पनि यहि थुप्रिएको कारण समस्या जटिल बनेको बताए ।

त्यस्तै अर्का सफारी ब्यवसायी मिलन राई भन्छन्, ‘बिगतमा झै ब्यवसायी संघले निगरानी गरेको भए हुन्थ्यो र इटहरीभित्र रूटको ब्यवस्था मिलाएर सडकमा गुडाइने गरिएकोमा हाल ब्यवसायी संघ नै ढिसमिस भएपछि समस्या झन बढेको छ ।’ उनले संघभित्र राजनीति छिरेको कारण ढिसमिस हुन पुगेकाले सफारी ब्यवस्थापन अहिलेको समयमा जटिल बनेको बताए । उपमहानगरले पछिल्लो समय सफारी दर्ता बन्द गरेपनि छिमेकी नगरहरूबाट पनि इटहरीकै राजमार्गमा थुप्रीदा ब्यवस्थापन पक्ष अझ जटील बनेको छ ।

दुहबी, सुन्दरहरैचा, तरहरा, इनरूवा देखिको सफारी इटहरीकै राजमार्गमा भेला भएपछि सडक अस्तब्यस्त बनिन पुगेको छ भने ब्यवसथापन पक्ष जटिल देखिएको हो ।
यता इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीले सर्वसाधरणहरूबाट सफारी ब्यवस्थापन बारे गुनासो धेरै आएकोले तत्काललाइ दर्ता बन्द गरिएको तर ब्यवस्थापन पक्ष भने जटिल रहेको बताए । निर्माणाधिन ६ लेन राजमार्गका कारण पार्किङ अभाव हुनु, छिमेकी शहरहरूबाट पनि इटहरीमै सफारी थुप्रिनुले समस्या बढेको बताउदै चौधरीले बाहिरका सफारीलाइ नियन्त्रण गर्ने तर्फ ट्राफिक प्रहरी कार्यालय सँग समन्वय भइरहेको बताए ।

एक नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी प्रवक्ता डिएसपी सुमन तिम्सिनाले सफारी ब्यवस्थापन इटहरीको मात्र नभइ अन्य शहरहरूमा पनि चुनौति बनेको बताए । उनले इटहरीमा बाहिरबाट आउने सफारीलाइ नियन्त्रणमा लिई उचित कार्वाहि स्वरूप जरिवाना लिएर छोडने गरेपनि ठोस नीति नहुँदा समस्या बनेको बताए । तर इटहरीमा पछिल्लो केहि दिन यता सफारीहरूलाइ निगरानी भने बढाएको उनले जानकारी दिए ।

‘मेरो डान्स युनिभर्स ...

 धरान । धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट ...

तरहराको जंगलमा आलु ...

विराटनगर । सुनसरीको इटहरीबाट तरकारी लोड गरिएको ट्रकमा ठ ...

धरानमा श्रमदानको नाम ...

धरान । धरान उपमहानर पालिकाका मेयर उप मेयरको विवादले झनै ...

एसईईको परीक्षाफल असा ...

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved