राजनितिक द्वन्दले ब्यवसायीको लगानी जोखिममा

  • पुष १४, २०७७
  • तेजबहादुर बन
alt

इटहरी । संसद बिघटन पछि उत्पन्न राजनीतिक तरंगले केन्द्र हुदै प्रदेश र स्थानीय तह सम्मलाइ पिरोलिरहेको बेला ब्यवसायीहरू पनि अफ्नो अरबौ लगानी डुब्ने पिरमा छन् ।

प्रदेश एकमा सरकार परिवर्तनको चर्चा चुलिए सँगै सरकारकै योजना र नीति अनुरूप सञ्चालन भएका अरबौ रुपैयाको लगानी सहितका ब्यवसायहरू धरापमा पर्ने होकि भन्ने बिषयले ब्यवसायीहरू चिन्तित बनेका छन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै बहुमत सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेसंगै सरकार परिवर्तन हुने पक्का पक्कि भए पछि ब्यवसायहरूमा चिन्ता थपिएको हो ।

सुनसरीको इटहरीस्थित पर्यटकीय स्थल तालतलैया संरक्षक समितिका अध्यक्ष बिरबहादुर लिम्बु प्रदेशमा शेरधन राइ नेतृत्वको सरकार परिवर्तन भएमा सोहि सरकारबाट सञ्चालन भएका अनुदानका कार्यक्रमहरू रोकिने डर भएको बताउँछन । राइकै नेतृत्वको प्रदेश सरकारले इटहरीको तालतलैयामा जेट बोट सञ्चालनमा ल्याएको थियो ।

साथै पर्यटकीय क्षेत्रलाइ अझ सुधार र ब्यवस्थित बनाउनको लागि अनुदानको रकमहरू प्रदान गर्ने घोषणा समेत गरिसकेको अवश्थामा सरकार परिर्वतनको चर्चाले अनुदान रोकिने पो कि भन्ने चिन्ता रहेको अध्यक्ष लिम्बुको भनाई छ ।

त्यस्तै प्रदेशमा सरकार परिवर्तन भए ब्यवसायीहरूको ठुलो लगानी पनि जोखिममा पर्ने सम्भावना बढेको छ । प्रदेश सरकारकै नीति अनुरूप अरबौ लगानी सहित खुल्ने तयारीमा रहेका ठुला उद्योगहरू सरकार परिवर्तन संगै नीति पनि परिवर्तन हुन सक्ने सम्भावनाले ब्यवसायीहरू निरास बनेका छन् ।

३ वर्ष अघि मुख्यमन्त्री राइले नै उदघाटन गरेको इटहरीस्थित सेन्ट्रल प्लाजा महलका सञ्चालक राजेश श्रेष्ठले प्रदेशमा सरकार परिवर्तनको हल्लाले आफु पनि दुखी भएको बताउँछन । उनले सरकारकै नीति र अनुदानको भरमा ब्यवसायहरु उत्साहित भइरहेको बेला अचानक सरकार नै परिवर्तनको चर्चा चल्नुले एक प्रकारको हलचल र निरास छाएको बताए ।

प्रदेश सरकारबाटै शिलान्यास भएका महत्वपुर्ण योजनाहरूले पनि सार्थकता नपाउने शंका उत्पन्न भएको छ । एक महिना अघि इटहरी लगायत अन्य शहरहरूमा २ अर्बको लगानी सहित १५ शैयाको अस्पताल निर्माणका लागि मुख्यमन्त्री शेरधन राइले शिलान्यास गरेका थिए ।

सरकार परिवर्तन हुँदा योजना पनि पुरा नहुने संवसाधरणले शंका ब्यक्त गरेका छन । हालै प्रदेश एकलाइ सडक मानव मुक्त बनाउने भनि थालीएको कार्य प्रभावकारी बन्दै जादा सरकार परिवर्तनको चर्चाले यसमा पनि बाधा पुग्ने शंका गरिएको छ । यता आफु विरुद्ध नेकपाकै बहुमत सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपनि आफु डटेर सामना गर्न तयार रहेको मुख्यमन्त्री राइको भनाइ छ ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved