व्यवस्थापन नगर्दा कुरुप बन्दै इलामका चिया बगान

  • पुष १४, २०७७
  • भगीरथ भण्डारी
alt

इलाम । एक सय ५३ वर्षअघि नेपालमै पहिलोपटक चिया खेती भएको इलाम सदरमुकाममा पर्ने इलाम चिया बगानमा देशकै पहिलो कारखाना रहेको छ । तर यहाँ रहेको कारखाना जिर्ण अवस्थामा छ भने चियाबगान कुरुप बनेको छ । बगानमा खालि भएको ठाउँमा चिया नरोपिएको कारण बगान कुरुप बनेको हो । चिया बगान मासिन थाल्दा पनि बगान व्यवस्थापनमा कुनै चासो देखिएको छैन ।

२०५७ सालमा सरकारले इलाम, कन्याम, सोक्तिम, चिलिमकोट, झापामा बर्ने, बारदसी र टोकला चिया बगान त्रिवेणी संघाई समूहलाई ६५ प्रतिशत हिस्सा उसकै रहने गरी लिजमा दिएको छ । ६५ प्रतिशत हिस्सा आफ्नै हिस्सा हुनेगरी ५० वर्षका लागि लिजमा लिएर पनि व्यवस्थापन नगर्दा इलामका चियाबगान कुरुप बन्न थालेको हो ।

इलाम सदरमुकाममा रहेको चियाबगान मात्र होईन माईनगरपालिका –९ मा रहेको बगान क्षेत्र पनि मासिँदै गएको छ । चियाका बोट पुरानो भएका कारण उत्पादन पनि घट्दो छ । विसं १९२२ मा दक्षिणी इलामको सोक्तिममा चिया रोप्न शुरू गरिएको थियो भने १९४० मा चिया प्रशोधन उद्योग स्थापना गरेर हरियोपत्ती प्रशोधन शुरु गरिएको थियो । तर अहिले बगान उजाड बन्दै गएको छ भने ऐतिहासिक कारखाना जिर्ण बनेको छ ।

तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले चीनबाट उपहारका रूपमा ल्याएको चिया उनका ज्वाईं बडाहाकिम गजराजसिंह थापालाई पहिलोपटक इलाममा खेती गराएको इतिहास छ । थापाले इलामपछि सोक्तिममा चिया खेती शुरु गरेका थिए । निजिकरण भएसँगै कारखानाको मेसिन अन्यत्रै लगिएको स्थानीय बताउँछन । आधुनिक चिया प्रशोधन गर्ने सदरमुकामस्थित कारखाना पहिलो हो भने दोस्रो माई नगरपालिकाको सोक्तिम नै हो ।

जनप्रतिनिधि आएसँगै इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माई नगरपालिकाले बगानलाई व्यवस्थित गर्न स्थानीय सरकारलाई दिने व्यवस्था गर्नुपर्ने भन्दै संघीय सरकारसँग आग्रह गरेका छन । इलाम नगरपालिकाको पहिलो नगरसभाले इलाम चिया बगान स्थानीय सरकार मातहत ल्याउन पहल गर्ने निर्णय गरिसकेको छ भने माई नगरपालिकार्ले सरकारी स्वामित्वका सोक्तिम र चिलिमकोट चिया बगान नगरपालिकाले सरकारलाई फिर्ता गराउनुपर्ने निर्णय चौथो नगरसभाबाट गरेको छ ।

इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेतले भने, ‘इलामको चिया बगान र उद्योग देशकै इतिहास हो तर अहिले उद्योग चाहिँ खोक्रो बनाइएको छ, त्यहाँ भएका महँगा र महत्वपूर्ण औजार अन्यत्र लगेर कामचलाउ औजार मात्र जडान गरेको सुनिएको छ, यो बगानको इतिहास जोगाउन स्थानीय सरकार सक्षम छ, निजी क्षेत्रबाट चिया बगान र उद्योग फिर्ता ल्याउनु पहल गरिरहेका छौं ।’

सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राई र माई नगरपालिकाका नगर प्रमुख दिपक थेवेले निजि क्षेत्रले देशकै इतिहासको रुपमा रहेको चिया बगान सरकारको माताहतमा नल्याए देशकै इतिहास मेटिने बताए ।

यता बगान पक्षले भने आफूले चिया बगानको जमिन रक्षाकै लागि पटकपटक मुद्दा मामिलामा जानु परेको बताउँदै आएको छ । मजदुर आन्दोलन, घट्दो श्रमिक जस्ता कारणले पनि कतिपय बगानलाई चाहेर पनि पुरानो अवस्थामा पु¥याउन नसकिएको त्रिवेणी संघाई समूहको भनाइ छ ।

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

धरानको खानेपानी योजन ...

ललितपुर/धरानले वर्षौँदेखि झेलिरहेको खानेपानी समस्यालाई ...

सिंहदेवी गोल्डकपमा ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खाँदले सिंहदेवी गोल्ड ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved