धरानमा जिल्ला स्तरीय एसइई भलिबल कप सुरु(भिडियो सहित )

  • असार १२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरानमा एसइई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि प्रथम जिल्ला स्तरीय भलिबल प्रतियोगिता विहीबारदेखि शुरु भएको छ ।

धरानको इतिहाँस बोकेको पुरानो स्कुल धरान आर्दश सकेण्डरी बोर्डिङ स्कुलले एसइई दिएर बसेका विद्यार्थीहरुलाई लागि लक्षित गरि प्रथम आदर्श एसइई अन्तर स्कुल जिल्ला स्तरीय भलिबल प्रतियोगिता शुरु गरेको हो ।

औपचारिक रुपमा कार्यक्रम गरि उद्घाटन स्कुल परिसरमा नै प्रतियोगिताको शुरुवात गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी स्कुल सन्चालक समिती अध्यक्ष सुनिता न्यौपानेले प्रतियोगिताको उद्घाटन औपचारिक कार्यक्रमबाटै गरिन । प्रतियोगितमा जिल्लाभरीका २० वटा स्कुलका विद्यार्थीहरुले सहभागिता जनाएका छन् । १२ वटा टिम छात्रवीच हुने छ भने छात्रा तर्फ ८ वटा टिमले प्रतियोगितामा सहभागिता जनाएको स्कुलका प्रिन्सिपल लोकन्द्र श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार छात्र छात्रा दुवै तर्फका विजेताले नगद २५ हजार,उप विजेताले नगद २० हजार र तेश्रो हुने टिमले नगद १५ हजार रुपैया पुरस्कार प्राप्त गर्ने बताए ।

उदघाटन खेलमा जम्मा ६ वटा टिमले प्रतिष्पर्धा गरेका थिए । आयोजक धरान आदर्शले दिएको जानकारी अनुसार ४ वटा छात्र तर्फ र २ वटा भने छात्रा तर्फ भएको छ ।

भिडियो:

पहिलो उदघाटन खेल पुर्वान्चल तरहरा स्कुल र हिमशिखर तरहरा वीच भएको र विजयी भने पुर्वान्चल तरहरा भएको छ । दोश्रो चरणको खेलमा सयपत्री तरहरा स्कुल र ज्ञानोदय धरानवीच भएको थियो भने विजयी सयपत्री स्कुल भएको छ । तेश्रो चरणको खेलमा भने हाम्रो स्कुल इटहरी र नवकिरण झुम्कावीच हुँदा हाम्रो स्कुल  विजयी भएको छ ।

त्यसैगरि चौथो चरणको खेलमा डिपोट स्कुल धरान र टिएमए स्कुल तरहरावीच भयो र बिजयी टिएमए स्कुल तरहरा भएको आयोजकले जनाएको छ । पाँचौ चरणको खेलमा भने धरान आदर्श र विश्व आदर्श स्कुल इटहरी वीच भएको थियो र धरान आदर्श बिजयी बन्यो ।

छैठौं चरणको खेलमा डिपोट स्कुल धरान र पुर्वान्चल स्कुल तरहरावीच भएको थियो र विजयी भने डिपोर्ट स्कुल भएको छ । प्रतियोगिताको समापन आउने असार १५ गते हुने आयोजकले जनाएको छ ।

यसअघि स्कुलले विद्यार्थीलाई बास्केटबल र फुटसल प्रतियोगिता पनि आयोजना गरिसकेको छ ।

धरानमा गर्ल फ्रेण्डक ...

धरान । धरानमा गर्ल फ्रेण्डको विषयमा विवाद हुँदा एक युवा ...

धराने सर्वपक्षिय टोल ...

काठमाण्डौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

‘मिस्टर स्टेट राजभगत ...

धरान/  शारीरिक सुगठन खेलका अग्रज अन्तर्राष्ट् ...

इटहरीमा करेन्ट लागेर ...

इटहरी/ सुनसरीको इटहरी उपमहानगरपालिका–७ मा मा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved