‘मिस्टर स्टेट राजभगत क्लासिक’ बडिबिल्डिङ प्रतियोगिता धरानमा हुने

  • असार १२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  शारीरिक सुगठन खेलका अग्रज अन्तर्राष्ट्रिय खेलाडी तथा निर्णायक स्वर्गीय राजभगत प्रधानाङ्गको स्मृतिमा ‘प्रथम मिस्टर स्टेट राजभगत क्लासिक बडिबिल्डिङ च्याम्पियनसिप २०८२’ आयोजना हुने भएको छ। धरान फिटनेस क्लबको आयोजनामा असोज १० र ११ गते धरानमा प्रदेशस्तरीय प्रतियोगिता हुने भएको हो।

प्रतियोगिताबारे बिहीबार धरान–१२ चतरालाइनस्थित ब्याक यार्ड रेस्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। क्लबका सञ्चालक एवं स्व। प्रधानाङ्गका छोरा कबिर भगत प्रधानाङ्गका अनुसार प्रतियोगिता वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दसहरा हलमा आयोजना हुनेछ।

सुनसरी, मोरङ र झापाका खेलाडीहरू सहभागी हुने प्रतियोगिता ५५, ६०, ६५, ७०, ७५ केजीभन्दा माथिको तौल समूहमा सञ्चालन गरिनेछ। प्रतियोगिताको पहिलो दिन प्रिजजिङ राउण्ड हुनेछ जसबाट प्रत्येक समूहमा ५–६ खेलाडी छानिनेछन्। दोस्रो दिन हुने मुख्य स्पर्धामा छनोट खेलाडीहरू ‘ओभरअल राउण्ड’ मार्फत उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

विजेताहरूलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। ओभरअल उपाधि जित्ने खेलाडीले ३ लाख, दोस्रोले २ लाख, तेस्रोले १ लाख, चौथोले ७५ हजार र पाँचौंले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

त्यस्तै, तौल समूहका दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः १५ हजार र १० हजार रुपैयाँ पुरस्कार दिइनेछ। मोष्ट मस्क्युलर र बेस्ट पोजर उपाधिका विजेताले पनि जनही १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगितामा कम्तीमा २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रदेश सरकार, स्थानीय सरकार तथा विभिन्न संघसंस्थासँगको सहकार्य र व्यक्तिगत सहयोगमार्फत बजेट संकलन गर्ने योजना क्लबले बनाएको छ। क्लबले प्रतियोगितालाई हरेक दुई वर्षमा नियमितरूपमा आयोजना गर्ने र भविष्यमा राष्ट्रियस्तरमा विस्तार गर्ने लक्ष्य लिएको छ।

नेपालमै शारीरिक सुगठनको सुरुवाती युगदेखि सक्रिय रहेका स्व। राजभगत प्रधानाङ्गले २०३२ सालमा धरान व्यायाम मन्दिर स्थापना गरेका थिए, जुन धरानकै पहिलो र नेपालकै दोस्रो जिम हो। उनले नेपालकै पहिलो वलियो व्यक्ति उपाधि जितेका थिए भने ‘मिस्टर धरान–२०२८’ को दोस्रो संस्करणमा पहिलो स्थान हासिल गरेका थिए।

कार्यक्रममा बोल्दै अग्रज पत्रकार हर्ष सुब्बाले शारीरिक सुगठनको विकासमा स्व. प्रधानाङ्गको योगदान अतुलनीय रहेको बताए। छोरा कबिर प्रधानाङ्गले बुबाले देखाएको बाटोलाई व्यवसायिक रूप दिन सफल भएकोमा खुशी व्यक्त गरे।

त्यस्तै, धरान उपमहानगरपालिका कार्यपालिका सदस्य विकास भाटी, सुनसरी शारीरिक सुगठन संघ अध्यक्ष अमन श्रेष्ठ, लायन धिरज गुरुङलगायतले प्रतियोगितालाई पूर्ण समर्थन र सहयोग रहने बताएका छन्।

 

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved