चिस्यान केन्द्र संचालन पछि कृषि उत्पादनले मुल्य पायो

  • पुष १४, २०७७
  • संजोगबाबु दाहाल
alt

धरान । एक महिना अघि सम्म कोशी पहाडी जिल्लाबाट धरान स्थित कृषि उपज बजार स्थलमा आएका कृषिजन्य उत्पादनहरु समयमै बिक्रि नसकिदा फ्याक्नुपर्ने बाध्यता थियो । फ्याक्नु पर्ने डरले जति मुल्य पाए पनि बिक्रि गर्नुपर्ने हुन्थ्यो । भण्डारण गर्ने स्थलको अभावमा कृषिजन्य उत्पादनहरु कुहिएर जान्थे ।

तर एक महिना यता बजारले चिस्यान केन्द्र संचालनमा ल्याए पछि कृषकहरु त्यो बाध्यताबाट मुक्त भएका छन् । लामो समय सम्म कृषिजन्य उत्पादनहरु चिस्यान केन्द्रमा राखेर बिक्रि गर्न पाएका छन् । मुल्य नपाउँदा चिस्यानमा राख्ने मुल्य पाउँदा बिक्रि गर्न पाउने भएका छन् । चिस्यान केन्द्र संचालनमा आए पछि कृषक, व्यवसायी खुशी भएका छन् । कृषकहरुले पनि आफ्नो कृषि उत्पादनको पनि मुल्य पाउँन थालेका छन् ।

सरकारले संचालन गरेका ११ वटा कृषि उपज बजार स्थल मध्ये धरान स्थित कृषि उपज बजार स्थलमा पहिलो पटक चिस्यान केन्द्र स्थापना गरिएको हो । कृषि बजारमा भोजपुर, संखुवासभा, धनकुटा लगायतका जिल्लाहरुबाट कृषि उत्पादनहरु आउने गरेका छन् । पहाडी जिल्लाबाट आएका किवी, सुन्तला लगायतका कृषिजन्य उत्पादनहरु चिस्यान केन्द्रमा भण्डारण गरिएको छ ।

चिस्यानकेन्द्र सञ्चालनमा आए पछि कृषकहरु लाभान्वीत भएको बजारका व्यवस्थापक लक्ष्मण भट्टराई बताउँछन् । भण्डारण गर्ने स्थान नहुँदा सस्तो मुल्यमा बिक्रि गर्नु पर्ने बाध्यताबाट मुक्त हुँदै उचित मुल्यमा बिक्रि गर्ने अवश्था सिर्जना भएको उनको भनाई छ । कृषिजन्य उत्पादनहरु भण्डारण गरि उचित मुल्यका लागि बार्गेनिङ हुने गरेको उनले बताए ।

सरकार र बजारको संयुक्त लगानीमा चिस्यान केन्द्र निर्माण भएको हो । करिब ७५ लाख रुपैयाको लगानिमा ७५ टन क्षमताको चिस्यान केन्द्र संचालनमा आएको हो । व्यबस्थापक भट्टराईका अनुसार कोल्ड स्टोरमा २५÷२५ टनका ३ वटा चेम्बर रहेका छन् । भट्टराईले भने, चिस्यान केन्द्रको परीक्षण समयावधी १ महिना तोकिएको मा २० दिन बित्दा राम्रै प्रतिक्रियाहरु आइरहेका छन्, अहिले २० टन बराबरको फलफुल किबी, स्याउ, सुन्तला राखिएको छ ।’

एक महिनाको परिक्षण समयमा नै किसानहरु लाभान्वित हुन थालेको उनको दाबी छ । उनका अनुसार चिस्यान केन्द्रमा २ जना व्यापारी र १ जना किसानले प्रयोग गरेका छन् । उनले भने, चिस्यान केन्द्र सञ्चालनमा आए सँगै किसानहरुको बार्गेनिङ पावर बढ्दो रहेछ, पहिला जस्तो मुल्य नपाउँदा पनि आफ्नो समान बिक्री गर्नु पर्ने बाध्यता छैन्, मुल्य आएन भने केन्द्रमा राख्ने र मुल्य आएपछि बिक्री गर्ने गरेका छन् ।’

केन्द्र सञ्चालानमा आए पछि कृषकहरुले पनि आफ्नो उत्पादनको उचित मुल्य पाउन थालेको कृषकहरु बताउँछन् । चिस्यान केन्द्रमा कृषिजन्य उत्पादन भण्डारण गरेका व्यवसायी बिकाश कुमार शाहा सामान बिक्री नभएर बिग्रन्छ भन्ने डर हटेको बताउँछन् । घाटा खाएर भए पनि बेच्नुपर्ने बाध्यताबाट मुक्त भएको उनको भनाई छ । उनले भने, “पहिला आफ्नो सामानको मुल्य पाउन गाह्रो हुन्थ्यो, ताजा छैन बिग्रीएको छ भनेर मुल्य पाइदैन थियो, अब त्यो समस्या बाट मुक्त भएका छौं ।’ मुल्य पाउँदा बिक्रि गर्ने नपाउँदा भण्डारण गर्न सहज भएको उनले बताए ।

एमाले उम्मेदवार सुहा ...

इलाम/वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका ला ...

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved