इलाम । केन्द्रीयस्तरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि विस्तारै यसको असर जिल्लास्तरमा देखिन थालेको छ । औपचारिक रूपमा विभाजित भएपछि इलाममा समेत यसको प्रभाव पर्न थालेको हो ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्ष र अर्को नेकपा प्रधानमन्त्री केपी शर्मा ओलीमा विभाजित बनेपछि दुईतर्फ नै राजनीतिक कृयाकलाप बढेका छन् । इलाम प्रचण्ड–नेपाल पक्षधरमा रहेका वरिष्ठ नेता झलनाथ खनाल र नेकपा (ओली समूह) नेता सुवासचन्द्र नेम्वाङको गृहजिल्ला हो । नेकपा विभाजित भएसँगै इलाममा पनि पक्षधरको प्रभाव देखिन थालेको छ । इलाममा १० वटा स्थानीय तह छन । जसमध्ये सात स्थानीय तह नेकपाले जितेको छ भने दुई स्थानीय तहमा उपाध्यक्ष नेकपाकै छन ।
यतिवेला नेकपा विभाजन भएसँगै झलनाथको नजिक मानिएका केही पालिकाका अध्यक्ष र उपाध्यक्ष खुलेरै ओलीसमूहमा आएका छन् भने केही चुपलागेर बसेका छन । सन्दकपुर गाउँपालिकाकी उपाध्यक्ष सोभा पराजुली खनालकै लाईनमा थिईन तर नेकपा विभाजन पछि यतिवेला ओली समूहमा इलाम जिल्लाबाट नेकपा केन्द्रिय कमिटी सदस्यको जिम्मेवारीमा छिन ।
सन्दकपुर गाउँपालिका अध्यक्ष उदय राई खनालकै पक्षमा छन । उनी बहुमत पाएर पनि ओली नालायक रहेको भन्दै प्रचण्ड – नेपाल रहेको नेकपानै आधिकारीक रहेको बताउँछन । खनाल निकट रहेका सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले सामाजिक सञ्जाल फेसबुक मार्फत ‘म भूल गर्दिन’ मेरो वालिक मताधिकारलाई जहिले सूर्य चिन्हमा दिँए र जीवनपरन्त दिने र जहाँ सूर्य त्यहि म हुन्छु’ भन्ने बताएका छन भने उपप्रमुख दुर्गा भट्ठराईले म नेकपाको कार्यकर्ता हुँ अदालतको फैसला र निर्वाचन आयोगको निर्णय हेरेर अघि बढ्ने बताएकी छिन ।
माई नगरपालिकाका प्रमुख दिपक थेवे खनाल पक्षका हुन । नेकपा विभाजन भएसँगै उनी कतै खुलेका छैनन भने उपप्रमुख विष्णुमाया रिमालले अदालतको निर्णय विना केही नबोल्ने बताईन । उनले आफू वाल्यकालदेखीनै कम्यूनिष्ट रहेको भन्दै पहिले अध्यक्ष आलीलाईनै मानेको हो पार्टि एकिकरण पछि दुवै नेता मान्दै आएको हुँदा हिजोको अवस्थालाई हेर्दा भोली मिल्न सक्ने अवस्था पनि हुन सक्छ त्यसैले अहिले चुप लागेर बस्ने बताईन ।
माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीत बहादुर राई खनाल पक्षका हुन नेकपा विभाजन पछि उनले विचार सिद्धान्त र संस्था प्रमुख रहने भन्दै पक्षमा खुलेका छैनन भने उपप्रमुख सावीत्रा भट्टराई ओली पक्षको मानिन्छन तर उनले सूर्य चिन्न लाई समर्थन रहेको र सिद्धान्तमा आधार मान्ने बताइन ।
चुलाचुलि गाउँपालिकाका अध्यक्ष प्रदिप चन्द्र राईपनि ओलिपक्षकै रहेको बताईए पनि सर्वोच्च अदालतको फैसला र निर्वाचन आयोगको निर्णयभन्दा अगाडी नखुल्ने बताए भने उपाध्यक्ष निर्मला दहालले हावाहुरी चलेको बेला चुप लागेर बस्ने बताइन ।
माङसेबुङ गाउपालिकाका उपाध्यक्ष सूनिता योङहाङ ओली पक्षधर हुन् भने फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष सरस्वती राई नेकपा विभाजन हुनु भन्दा पहिले सुवास नेम्बाङलाई समर्थन गरेकी उनी ओली समूहकी हुन् तर उनले नेकपा हुँदा पनि ओलीलाई नै मानेको हो तर यो बेला चुप लागेर बसेको बताईन ।
इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र उपप्रमुख शुसिला नेम्बाङ ओली समूहमा छन भने देउमाई नगरपालिकाका प्रमुख सूर्य पोख्रेल र उपप्रमुख पविमाया राई ओली समूहमा नै छन भने जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल पनि ओली समूहमा नै छन ।
प्रदेशका चार जना मध्ये दुई समूहमा दुई दुई जना रहेका छन । बामगठबन्धन हुँदै एकता भएका एमाले र माओबादीबाट सांसद र मन्त्री बने पनि पछिल्लो समय विभाजित भएका छन् । निर्वाचनमा जिल्लाका चार क्षेत्र (प्रदेश)बाट चुनिएका सांसद समेत दुबै पक्षमा देखिएका छन् । प्रदेशका चार सांसदमध्ये राम राना र काजीमान कागते नेकपा ओली समूह (नेम्वाङ निकट) मा देखिएका छन् भने सांसद धीरेन्द्र शर्मा र खिनु लङ्वा नेकपा (प्रचण्ड–नेपाल–खनाल) समूहमा छन् । राना नेकपाका जिल्ला अध्यक्ष समेत रहेका छन ।