समाज

    Showing 5,841-5,850 of 6,725 items.
  • पेस्तोल सहित १ जना पक्राउ

    धरान । सुनसरीको कोशी गाऊपालिका ४ स्थित जुद्धगंजबाट पेस्तोल सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी कन्चनरुप नगरपालिका – १ का २४ बर्षीय जमाल भन्ने तालिम मन्सुरी रहेका छन् । उनलाई गत राती साढे ९ बजे अस्थाई प्रहरी पोष्ट शिबचौकबाट खटिएको प्रहरी टोलीले १ थान कटुवा पेस्तोल र २ राउण्ड गोली सहित पक्राउ गरेको हो । मन्सुरी रोजा पर्व मनाउन ससुराली घर जुद्धगंजमा आएको अवस्थामा उनलाई बिशेष सुराकका आधारमा पक्राउ गरी उनि माथी खानतलासी गर्ने क्रममा हतियार र गोली फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साथै उनि माथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्या

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 1,109 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शहिद स्कुल भ्रस्टाचार प्रकरण : बिद्यार्थी पनि आन्दोलनमा, शिक्षा शाखाले थाल्यो अनुसन्धान

    इटहरी / विद्यालयमा भएको अनियमितता ढाकछोप गर्न प्रधानाध्यापक र लेखापाललाई निष्कासन गरे पछि इटहरी १९ भवानिपुर स्थित शहिद स्मृति आवसिय माध्यमिक बिद्यालयका विद्यार्थीहरु पनि आन्दोलित बनेका छन् । विद्यालय व्यवस्थापन समितीले नियम विपरित प्रधानाध्यापक शिवचन्द्र राई र लेखापाल लिलाराज काफ्लेलाई पदमुक्त गर्दै निष्कासन गरेको थियो । विद्यार्थीहरुले आइतबार विद्यालय परिषरमा व्यवस्थापन समिति बिरूद्ध नारावाजी गर्दै पद मुक्त गरिएका राई र काफ्लेलाइ सम्मानपुर्वक पुनः पदबहाली गरिनुपर्ने माग गरेका छन् । उनीहरुले विद्यालय स्थापना देखि अहिले सम्म भएका सम्पुर्ण आर्थिक कारोबारहरू तत्काल सार्वजनिक गरिनुपर्ने पनि

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 1,098 पटक पढिएको
    • "तेबहादुर बन"
  • दरबार क्षेत्रमा भू–भौतिक सर्वे : पच्चीस सय वर्ष पुराना वस्तु फेला

    विराटनगर/ विराटनगर–१८ भेडियारीमा अवस्थित विराट राजाको दरबार क्षेत्रमा करिब २५ सय वर्ष पुराना भौतिक वस्तुहरु रहेको अध्ययनका क्रममा पत्ता लागेको छ । दरबार रहेको विश्वास गरिएको क्षेत्रमा भू–भौतिक सर्वे गर्दा करिब २५ सय वर्षभन्दा पुराना वस्तु रहेको खुल्न आएको हो । नेपाल सरकारको पुरातत्व विभाग र बेलायतको दुर्हाम विश्वविद्यालयको अध्ययन टोलीले विराट दरबार क्षेत्रको हालै सर्वे सम्पन्न गरेको हो । अध्ययन सिमितिले ३ मिटर जमिनमुनि सम्मको भू–भौतिक सर्वे गरेका हुन् ।विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विस्तृत अध्ययन प्रतिवेदन आउन बाँकी रहेको भएपनि प्रारम्भिक चरणको नतिजाले दरबा

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • 912 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शहिद स्कुल भ्रस्टाचार प्रकरण : अनियमितता लुकाउन प्रअ र लेखापाललाइ निष्काशन

    इटहरी /  शहिदका छोराछोरी पढने सुनसरीको इटहरी उपमहानगर १९ भवानिपुर स्थित शहिद स्मृित आवसीय माध्यमिक बिद्यालयको अनियमितता बारे समाचार बाहिरिएपछि बिद्यालय प्रसाशनमा घटना ढाकछोप गर्न खोजिएको छ । बिद्यालय भित्र भएको आर्थिक अनियमिताता लुकाउन र नीतिगत भ्रस्टाचारलाइ ढाकछोप गर्न प्रधानाध्यापक शिव चन्द्र राई र लेखापाल लिलाराज काफ्लेलाइ शिक्षा नियमावली ऐन बिपरित बिद्यालय ब्यवस्थापन समितिले आ–आफ्नो जिम्मेवारबाट निश्कासन गरेको छ । अनियमितता लुकाउन बिना सुचना र बिना कसुर दादागिरी शैलिमा ब्यवस्थापन समितिले निश्कासन गरेको बिद्यालयका लेखापाल काफ्लेले बताए । उनी २०६७ साल देखि बिद्यालयमा लेखापाल

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • 1,061 पटक पढिएको
    • "तेजबहादुर बन"
  • सुकुम्बासी लगत संकलनको बाटो खुल्यो : आइतबारदेखि फर्म भर्न शुरु

    धरान/ दलीय प्रतिनिधीको विवादका कारण स्थगित भएको धरानको सुकुम्बासी लगत संकलन र फर्म भर्ने काम आइतबारबाट शुरु हुने भएको छ ।सुनसरीको बराहक्षेत्र तथा झापाका स्थानीय निकायहरुले लगत संकलन सम्पन्न गरी भूमिहीन सुकुम्बासीहरुलाई जग्गाको प्रमाणपत्र वितरण कार्य समेत शुरु गरि सकेका छन् । यता धरान उपमहानगरपालिकाले सुकुम्बासीहरुलाई घर नम्बर प्रदान गरिसकेको अवश्थामा पनि लगत संकलन गर्न सकेको थिएन । कार्यपालिका बैठकले गरे लगत संकलन गर्ने निर्णय गरे पनि नगर स्तरिय सहजीकरण समितीमा दलीय प्रतिनिधीका लागि विवाद हुँदा स्थगित भएको थियो ।एमालेको तर्फबाट आउने प्रतिनिधीको विषयमा विवाद समाधान भए पछि लगत संकलन आइतबारद

    • प्रकाशित मितिः वैशाख २, २०७८
    • 2,060 पटक पढिएको
    • "गोबिन्द बस्नेत"
  • सवस्टेशनको प्रक्रिया अघि बढ्यो : २ विगाहा १४ कट्ठा जग्गा खरिद, आइईको तयारी

    धरान /गौरबको आयोजना २ सय २० केभी कोशी कोरिडोर प्रसारण लाईन आयोजनाले धरानमा बनाउने सवस्टेशनको प्रक्रिया अघि बढेको छ ।नेपाल विद्युत प्राधिकरणले धरान १७ मा सबस्टेशनका लागि जग्गा खरिद गरि प्रारम्भीक वातावरणीय परिक्षणका लागि सम्झौताको तयारी गरेको छ । गत कार्तिक २० गते मन्त्रीपरिषदले धरानमा २२०÷३३ केभी क्षमताको विद्युत सब स्टेसन बनाउने निर्णय गरे पछि सवस्टेशन बनाउने योजना अघि बढेको हो । योजनाले धरान १७ सर्दु खोला पारि घोपा ४ घ मा पर्ने गरि २ विगाहा १४ कट्ठा जग्गा लिइसकेको छ । कोशी कोरिडोर प्रसारण लाईन विस्तार गरिएकै क्षेत्रमा पर्ने गरि सबस्टेशन बनाउन जग्गा खरिद गरिएको हो । सबस्टेशन प्रोजेक्ट

    • प्रकाशित मितिः वैशाख १, २०७८
    • 1,047 पटक पढिएको
    • "दिनेश गजमेर"
  • गौरबका योजना अलपत्र : बजेट निकासा सार्वजनिक गर्न माग

    विराटनगर/ एक नम्बर प्रदेश सरकारले गौरबका योजना भनि नाम दिएर शुरु गरेका अधिकांश योजनाहरु लथालिङ बनेका छन् । प्रदेशको संचितकोष नै रित्तिन पुगेपछि प्रदेश सरकारले गौरबका भनि घोषणा गरेका योजनाहरुको काम धिमा गतिमा चल्न शुरु भएको हो । मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरी तोकिएको अवधिभन्दा अगावै सम्पन्न हुने दाबी गरेको प्रदेश राजधानी विराटनगरसंग जोड्ने घिनाघाट–विराटचौक सडक समयमा नसकिने देखिएको छ । ठेकेदारलाई रकम निकासा नहुँदा डेढ महिना काम रोकिएर बल्ल शुरु भएको छ । स्थानीयले सामाजिक संजालहरु मार्फत मुख्यमन्त्री राईलाई खुलापत्र लेखेर निर्माणमा भईरहेको ढिलासुस्तीबारे ध्यानाकर्षणनै गराउनु प

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 1,172 पटक पढिएको
    • "कुमार लुईटेल"
  • सिसि टिभिको एउटा फुटेज : जस्ले मोस्ट वाण्टेड लुटेरा समातियो

    इटहरी/ प्रदेश एक प्रहरी कार्यालय बिराटनगर र मातहतका प्रहरी कार्यालयहरूले गएको ६ महिना देखि खोजि गरेको अभियुक्तलाइ एउटा सिसि टिभि फुटेजको सहायताले फेला पारेको छ । इटहरी लगायतका अन्य शहरहरूमा योजनावद्ध लुटपाट गर्ने ब्याक्तिलाइ बिहीबार दिउसो इटहरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । साझको बेला अध्यारोको मौका छोप्दै सुनसान गल्लीमा हिडेका महिलाहरूलाइ धाक धम्कि पूर्वक लुटपाट गर्ने झापा दमक नगरपालिका १२ घर भइ हाल मोरङ केराबारी गाउपालिका ९मा डेरा गरी बस्ने ३० वर्षिय बिजु मोतेलाइ प्रहरीले गत मंगलबार पक्राउ गरी बिहीबार दिउसो सार्वजनिक गरेको हो । गएको कार्तिक महिना देखि प्रदेश एक प्रहरी कार्य

    • प्रकाशित मितिः चैत २८, २०७७
    • 954 पटक पढिएको
    • "तेजबहादुर बन"
  • खनारको प्लाई उद्योगमा आगोलागी,नियन्त्रणको प्रयास जारी

     इटहरी । सुनसरीको इटहरी १२ खनारस्थित तिरूपति प्लाइ उद्योगमा सोमबार विहान आगलागी भएको छ । आगलागिको कारण पत्ता नलागेपनि बिद्युत सर्ट भएर हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागिबाट उद्योगमा रहेको कच्चा पदार्थ लगायत जिन्सि सहित महत्वपुर्ण कागजपत्र जलेर नस्ट भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । आगो निभाउने प्रयास जारि रहेपनि नियन्त्रण बाहिर गएको कारण सर्वसाधरण देखि सुरक्षाकर्मिहरूको बाक्लो उपस्थिति देखिएको छ ।  इटहरी , इनरूवा , दुहबी , धरान लगायतको बारूण यन्त्र , स्थानीय , प्रहरी प्रशासनले आगो नियन्त्रण लिने प्रयास जारी राखेका छन ।

    • प्रकाशित मितिः चैत २३, २०७७
    • 1,023 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कार्की हत्या प्रकरण : चार वर्ष अघिको रिसिइबीले लियो ज्यान

    इटहरी/ इटहरी उपमहानगर २ शान्तिनगरका ४९ वर्षिय केशव कार्की र छिमेकी ५१ वर्षिय कान्छा भनिने जिवनाथ रेग्मी बिच ४ वर्ष यता बोलचालनै बन्द थियो । एउटै बाटो हिड्ने उनीहरू अचानक भेट भइहाल्दा पनि तर्केर हिडने गर्थे । बोलचाल बन्द हुनु अघि सम्म उनीहरु बिच घनिष्ठता थियो । चार वर्ष अघि नजिकैको जंगलबाट काठ ल्याउदै गर्दा गस्ती गर्ने सुरक्षाकर्मीले कान्छा भनिने रेग्मीलाइ पक्राउ गरे पछि सुराकीको आशंकामा दुई बिच बोलचाल नै बन्द भएको थियो । रेग्मीले ल्याएको सबै काठहरू प्रहरीद्वारा खोसियो । आफु पक्राउ पर्नुमा र काठहरू खोसिनुमा कार्कीको सुराकी हुन सक्ने भन्दै रेग्मीले शंका गरे । शंकाले बिवाद ल्याए पछि एक अर्क

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 1,425 पटक पढिएको
    • "तेजबहादुर बन"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved