कोशी अस्पतालमा गुनासो बढ्दै: नमुना अस्पताल बनाउन दलहरुको प्रतिबद्धता "."

  • माघ २६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सरकारी अस्पतालहरुको सेवा सुविधा चुस्त नहुँदा नागरिकले पाउने स्वास्थ्य उपचार प्रभावित बन्दै गएका छन् । देशका अधिकांश सरकारी अस्पतालको उपचार सेवा प्रति नागरिकको गुनासो बढ्दै गएको छ ।

विशेषज्ञ डाक्टर नबस्ने, सुचना प्रणाली व्यबस्थित नहुँदा बिरामीलाई समस्या भएको र पहूँचवालाले मात्रै सेवा पाएको गुनासो सेवाग्राहीको छ । विराटनगर स्थित कोशी अस्पतालको उपचार सेवा प्रति पनि बिरामीको गुनासो अधिक छ । संवाद समुह प्रदेश एकले आयोजना गरेको संवादमा पनि सेवाग्राहीले अस्पताल सेवा सुधारका लागि सुझाव दिएका थिए ।

विराटनगर स्थित कोशी अस्पतालको सेवा प्रवाह चुस्त दुरुस्त नभएको गुनासो बढ्दै गए पछि मोरङका राजनीतिक दलहरुले नमुना अस्पताल बनाउन सामुहिक प्रतिवद्धता जनाएका छन् । संवादमा दलहरुले कोसी अस्पताललाई नमुना अस्पतालका रुपमा स्थापित गर्न एक हुने प्रतिबद्धता जनाएका हुन् । आगामी आर्थिक बर्षको बजेटमा कोशी अस्पताललाई प्राथमिकतामा राख्नका लागि अस्पताल विकास समिति र अस्पताल प्रशासनको नेतृत्वमा सबै दलहरुले साझा रुपमा पहल गर्ने बताएका हुन् ।

पूर्ब सामाजिक विकास मन्त्री तथा प्रदेश सभा सदस्य जीवन घिमिरेले कोशी अस्पतालको बिग्रिएको शाख जोगाउनु पर्ने अहिलेको चुनौती रहेको बताए । उनले भने, ‘हिजोको तुलनामा केही सुधार हुँदै गएको छ, कहिले प्रदेश र कहिले संघीय सरकार माताहतमा हुँदा समस्या भएको थियो, अहिले संघीय सरकार माताहतमा हुँदापनि केही कामहरु देखिएको छ ।’ उनले कोशी अस्पताल प्रदेश कै रिफरल अस्पताल भएकोले नमुना रिफरल अस्पतालको रुपमा विकास गर्न दलहरुले भुमिका खेल्नु पर्ने बताए ।

अस्पतालको क्षमता बिस्तार गरि ५ सय बेडको अस्पताल बनाउन भएको ओएनएमएस सर्बे पारित गराउन भुमिका खेल्ने पनि दलका प्रतिनिधीहरुले बताएका हुन् । अस्पतालले ओएनएमएस सर्वे पठाइसकेकाले पारित भए अस्पतालमा देखिएको कर्मचारी र चिकित्सक समस्या समाधान हुने अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराईले बताए । संवादमा अस्पतालको सही ब्यवस्थापनका लागि दलहरुको तर्फबाट बेला–बेला अनुगमन र निरीक्षण गरि समस्या समाधानमा सकारात्मक पहल दलका नेताहरुले बताए ।

नेपाली कांग्रेसका उपसभापति भक्तिनाथ माझीले नागरिकलाई दिने सेवा प्रवाहको बारेमा सुचना प्रणाली ब्यवस्थित नभएको बताए । उनले भने, ‘सुचना अभावका कारण सेवाग्राही अलमलमा पर्ने अबस्था छ, ओपिडि, ईमर्जेन्सीको बारेमा पनि जानकारी प्राप्त गर्न अप्ठेरो छ, सेवा पाउने र दिने बारेमा एउटा हल बनाएर हेल्प डेस्क बनाएर जाने हो भने धेरै नागरिकको समस्या समाधान गर्न सकिन्छ ।’ अस्पताल प्रबेश गर्ने बितिकै सेवा के पाउने, कहाँ–कहाँ पाउने, कति बजेदेखि कतिबजेसम्म सेवा पाउने भन्ने सुचना नागरिकलाई दिनुपर्ने बताए ।

नेकपा एमालेका सचिव रुपेश खतिवडाले अस्पतालको जनशक्तिलाई सही ब्यवस्थापन गर्ने हो भने धेरै समस्या समाधान हुने बताए । राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने र काम नगर्नेलाई कार्वाही गर्नेगरि जानु पर्ने उनको धारणा छ । अस्पतालको सुधार गर्न दलका प्रतिनिधि सहितको उपस्थितीमा समितिका पदाधिकारी, प्रशासन प्रमुख, शाखा प्रमुखहरु बसेर छलफल गरेर जानसक्नु पर्ने बताए ।
लोसपाका नेता मोहम्मद कादिरले ग्रामिण क्षेत्रबाट आउने सर्बसाधारणलाई धेरै दुख हुने गरेको बताए । पहुँचको आधारमा मात्र सेवा पाउँदा अप्ठेरो अबस्थामा सेवा पाउनु पर्ने नागरिक बञ्चित हुने अबस्था आउने बताए । अस्पताल विकास समितिले सबै दलहरुलाई बोलाएर समस्याको बारेमा छलफल गर्ने हो भने धेरै समस्या हल भएर जाने बताए । राप्रपाका नेता माधवराज आचार्य र टंक गुरागाईँले आर्थिक अबस्था कमजोर भएको ब्यक्ति उपचारको लागि जाने गरेकाले यस्तो अबस्थामा नागरिकका गुनासा सुन्न हेल्पडेस्क राखिनु पर्ने बताए । अस्पताल विकास समितिक अध्यक्ष भट्टराईले सुचना डेक्स राख्ने प्रतिवद्धता जनाए ।

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

मादक पदार्थ सेवनपछि ...

इटहरी/सुनसरीको रामधूनी नगरपालिका–५ मा बिहीबार रात ...

ट्याङ्करको ठक्करबाट ...

विराटनगर/ मोरङको उर्लाबारीमा ट्याङ्करको ठक्करबाट ग ...

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved