रक्तदान जीवनदान : वराहक्षेत्रमा चक्रघट्टी जेसिजद्वारा ४९ पिन्ट रगत संकलन

  • असार २२, २०८२
  • कोशीपत्र/संवाददाता
alt -संगम विष्ट

वराहक्षेत्र/ १३औं स्थापना दिवसको अवसरमा चक्रघट्टी जेसिजले आइतवार वराहक्षेत्र नगरपालिका–६स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा महेन्द्रनगरको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल रेडक्रस सोसाइटी, सुनसरीको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ४९ पिन्ट रगत संकलन गरिएको आयोजकले जनाएको छ।

“रक्तदान जीवनदान” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै रगतको अभाव हटाउन र मानव सेवामा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको चक्रघट्टी जेसिजका अध्यक्ष महेश घिमिरे (सुरज) ले जानकारी दिए।

कार्यक्रम अध्यक्ष घिमिरेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा वराहक्षेत्र नगर प्रमुख रमेश कार्की, वडा नं. ७ का अध्यक्ष कपिल आचार्य, चक्रघट्टी जेसिजका पूर्व अध्यक्षहरू तथा विभिन्न पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसहित सार्थक बनाउने उद्देश्यले आयोजना गरिएको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जेसिजले जनाएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved