धरान । करिब चार वर्ष देखिको अथक प्रयास पछि बल्ल सहिदभुमि गाउँपालिकाको दुर्गम गाँउ पिलयाटार र ललाहानीटारमा पहिलोपटक सडक पुगेको छ ।
यस अघिनै सडक सञ्जालले जोडि सक्ने भएपनि ठुला ठुला अग्लो चटान र भिरको बाटो भएकोले चट्ना फोरेर सडक खन्न समय लागेका कारण यो वर्ष भने पिलयाटार र ललाहानीटारमा सडक पु¥याँउन सफल भएको गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले जानकारी दिए ।
चालु आर्थिक वर्ष छुट्याईएको १० लाख बजेटले सडक विस्तार कार्य सम्पन्न भएको गाँउपालिकाले जनाएको छ । घर आगनमा सडक पुगेपछि पिठ्यँुमा बोकेर दैनिकि उपभोग्य वस्तुहरु ल्याउनु पर्ने समस्याको अन्त्य भएको सडक उपभोक्ता समितिका अध्यक्ष तुला राईले बताए ।
दैनिक आवश्यक पर्ने सामाग्री मान्छेले ढुवानी गर्नुपर्ने बाध्यताको अन्त्य भए सँगै पिलयाटार र ललाहानीटारका जनताको मुहारमा खुसी छाएको छ । यहाँका जनतालाई अब हाइवे सडक मुलघाट निस्कन दुरी पनी छोटो भएको उपभोक्ता राईले बताईन् ।
सडकको एक कार्यक्रमका बिच गाँउपालिका अध्यक्ष मनोज राईले उदघाटन गरेका छन् । सडक उदघाटन कार्यक्रममा गाँउपालिका उपाध्यक्ष रत्नश्वरी राई, प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्य, वडा अध्यक्ष रत्न बहादुर राई, वडा सदस्य सोम मगर, सडक उपभोक्ता समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।