धरान । धरानमा खानेपानीको चरम अभाव सिर्जना भएको छ । खानेपानी हाहाकार भएकै कारण सर्वसाधारणले बाटोमै पाइप खोलेर पानी थाप्न थालेका छन् । तीनचार दिनदेखि खानेपानी धारामा नआएपछि धरान १५का सर्वसाधारण खानेपानी बोर्डले वितरणका लागि विछ्याएको मेन पाइप खोलेर पानी थाप्ने गरेका छन् ।
धरान १५ सुनगाभामार्गकी विना विश्वकर्मा धारामा पानी आउन छाडेपछि बाटोमै पानीको पाइप खोलेर पानी थाप्ने गरेको बताउछिन् । उनी भन्छिन््–‘धारामा पानी नआएको चार दिन भइसक्यो, कही कतैबाट पानीको आवश्यकता पूरा गर्न सकिएन, पाइपमा रहलपहल आएको पानी बाटोमै खुस्क्याएर पानी भर्न गरेका छौं ।’
उनी मात्र हैन त्यस टोलका अन्य सर्वसाधारणको नियति पनि उस्तै छ । खानेपानी िबँेर्डले पानी वितरण राम्रोसंग नगरिदिदा धारामा पानी नै आउन छाडेको् छ । जसले गर्दा उनीहरु बाटोबाटोमै गएर पाइप खुस्क्याएर पानी थाप्न बँध्य भएका छन् ।
उनी जस्तै सोही टोलकी रविना विश्वकर्माको भनाई पनि उस्तै छ । घरमा खानेपानीको त कुरै नगरौ शौचालय जाने पानी समेत नहुने गरेको उनी बताउछिन् । उनी भन्छिन्–‘बाटोमै पाइप खुस्क्याएर पानी थाप्नुको विकल्प छैन, धारामा पानी नै आउदैन, यहा थापेको पानी थोरै भए पनि काम चलाउनु परेको छ ।’
धरानमा खानेपानीको अभाव पुस महिनादेखि नै भएको सवसाधारणको भनाई छ । विगतमा खानेपानी संस्थानले पानी वितरण गर्दा फागुन, चैत्र र वैसाख महिनामात्र अभाव हुने र त्यसबेला दिन विराएर खानेपानी वितरण गर्दा पनि पर्याप्त हुने सर्वसाधारण बताउछन। स्थानीय लक्ष्मण थापा भन्छन् –‘अहिलेदेखि नै को अभाव पनि पूरै छ, विगतमा फागुन, चैत्र, वैसाखमा मात्र पानी कम आउथ्यो, संस्थानले पानी दिन विराएर दिदा पनि पर्याप्त हुन्थ्यो । तर यस बर्ष पानीको अभाव पूरै छ ।’ उनले घर बनाउन शुरु गरेदेखि नै ट्यांकरबाट पानी किनेर काम चलाएको बताए ।
यो समस्या धरान १५ मात्र छैन धरान ८ मा पनि यस्तै समस्या रहेको छ । धरान ८ का सर्वसाधारण धारामा पानी नआएकै कारण नजिकै रहेको विश्वकर्मा मन्दिर छेउमा रहेको धाराबाट बोकेर पानी ल्याएर काम चलाउने गर्छन् । धरान ८ का केशर बस्नेतले धारामा राम्ररी नआएको दुई महिनाभन्दा बढी भएको बताउछन् । उनी भन्छन्–‘यो बर्ष गत बर्षको भन्दा धेरै खानेपानीको अभाव भएको छ, पौष महिनादेखि नै धारामा पानी कम आएको थियो भने अहिले त दिन विराएर एक घण्टा आउछ, आफू खानु कि घरभाडामा बस्नेलाई दिनु ?’
यता खानेपानी बोर्डको विल काउन्टरमा काम गर्ने कर्मचारीहरु नै अहिले विगतको भन्दा खानेपानीको चरम अभाव भएको बताउछन् । नाम उल्लेख नगर्ने शर्तमा बोर्डका एक कर्मचारीले सोमबार विहानभरिमा दुई वाल्टी पानी मात्र थापेको बताइन् । उनले भनिन्–‘खानेपानीको चरम अभाव छ, धारामा पानी नआएर तनाव छ, आज विहान बल्लतल्ल दुई बँल्टी पानी थापे, त्यसैले् काम चलाउदै छु ।’
तर यता खानेपानी बोर्डका पदाधिकारीहरु भने सुख्खा मौसम आएसगै धरानमा पानी अभाव भएको बताउछन् । पानी कम आए पनि सर्वसाधारणलाई दिन विराएर पालै पालो पानी वितरण गरेका कारण सर्वसाधारणले भनेजस्तो चरम अभाव भने नभएको खानेपानी बार्डका व्यवस्थापक राजु पोख्रेल बताउछन् । उनी भन्छन्–‘यो सुख्खा मौसम हो, पानीको अभाव त हुन्छ नै यसमाथि कही कही प्राविधिक खराबी रहेको छ, यसलाई सुधार्ने काममा हामी लागेका छौं, चाडै नै खानेपानीको समस्या समाधान हुन्छ ।’
धरानमा करिब ३ करोड पानीको आवश्यकता परे पनि अहिले सुख्खा मौसममा आधा मात्र पानी आउने गरेकाले पनि सुख्खा पानीको समस्या हुने गरेको छ ।