नियमावली विपरित बने १३ मन्त्रालय "थपिए ८ मन्त्री, बन्यो १४ सदस्यीय मन्त्रीमण्डल"

  • माघ २४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । चौतर्फी विरोध भइरहँदा पनि प्रदेश एक सरकारले गठबन्धनको भागबण्डा मिलाउन सरकार विस्तार सहित मन्त्रालय फेरबदल गरेको छ । सरकारले ६ सदस्यीय मन्त्रीमण्डललाई विस्तार गर्दै १४ सदस्यीय मन्त्रीमण्डल बनाएको हो ।

विपक्षी दलको विरोध र आलोचनाका बीच गठबन्धनका दलहरुलाई भागवण्डा पुर्‍याउन ७ मन्त्रालय फुटाएर १३ पुर्याएका हुन् । कार्यविभाजन नियमावली २०७४ अनुसार ७ मन्त्रालय थिए । त्यसलाई संशोधन गर्न प्रमुख सचिव डा. रामप्रसाद घिमिरेको संयोजकत्वमा सबै सचिव रहेको कार्यदल बनाएको थियो । कार्यदलको सुझाव अनुसार मन्त्रीपरिषदले संशोधन गरेर १२ वटा मन्त्रालय बनाउने निर्णय गरिए पनि मन्त्रीपरिषद विस्तार गर्दा सत्ता साझेदार सँग भागबण्डा नमिले पछि १३ वटा मन्त्रालय बनाएको हो ।

पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै गत कार्तिक १६ गते प्रदेश १ का मुख्यमन्त्री बनेका राजेन्द्रकुमार राईले जम्बो मन्त्रीमण्डल निर्माण गरेका छन् । आइतबार ८ जना मन्त्री नियुक्त गरेर मुख्यमन्त्री राईले आफ्नो मन्त्रीपरिषद विस्तार तथा हेरफेर गरेका हुन् । आईतबार एक औपचारिक कार्यक्रमको आयोजना गरि प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् ।

प्रदेश १ को मन्त्रिमण्डलमा नेपाली कांग्रेसबाट ३, नेकपा (एकीकृत समाजवादी) बाट ३ र माओवादी केन्द्रबाट २ जना थप भएका हुन् । कांग्रेसबाट मोरङका शेखरचन्द्र थापा, झापाका ओमप्रकाश सरावगी र ताप्लेजुङका प्रतापप्रकाश हाङमाङ नियुक्त भए । थापाले वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, सरावगीलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, हाङ्गामलाई उद्योग, श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिइएको छ । नेकपा एकीकृत समाजवादीबाट मोरङका उपेन्द्र घिमिरे, खोटाङका राजन राई र इलामकी खिनु लङ्वा लिम्बू मन्त्री बनेका छन् । हाल कायम रहेका सामाजिक विकास मन्त्री जयराम यादवलाई स्वास्थ्य मन्त्री बनाउँदै राईलाई सामाजिक विकाश मन्त्रालय दिइएको छ । लिम्बू पर्यटन तथा संस्कृति मन्त्री बनेकी छिन् । घिमिरेले यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

नेकपा माओवादी केन्द्रबाट खोटाङका रामकुमार राई र झापाका झलकसिंह दर्लामी मगरले क्रमशः खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय र कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की यथावत छन् । यसैगरी जयराम यादवलाई स्वास्थ्य मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्री रहेका हिमाल कार्कीलाई सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नेतृ विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री नै रहेकी छिन् ।

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved