धरान । कुनै वेला विवाह, व्रतवन्ध, शुभकार्यका लागि बजाईने पञ्चेवाजा यतिवेला कँहि कतै मात्र देख्न पाईन्छ । नेपाली लोक संस्कृति झल्किने पञ्चेवाजा दलित समुदायका दमाई जातीले मात्रै बजाउने प्रचलन रहेको र नयाँ पुस्तामा हस्तानान्तरण हुन नसकेको कारण लोप हुन थालेको हो ।
आधुनिकता सँगै अन्य बाजाको प्रभाव र परम्परागत रुपमा बाजा बजाउनेको पेशालाई संरक्षण गर्न नसकिनु र अन्य जातीले बजाउन हुँदैन भन्ने धारणाका कारण लोप हुन थालेको पाईन्छ । नौमती बाजा लोप हुँन थालेसँगै संरक्षण गर्ने उदेश्यले पुर्वेली पञ्चे बाजा समूह झापाले संरक्षण गर्न थालेको छ । समूहले क्लव बनाएरै बाजा बजाउन सिकाएको र उक्त समूहमा सवै क्षेत्री वाहुन समुदायका महिला रहेका छन । अहिले विवाह ब्रतबन्ध देखि विभिन्न कार्यक्रममा बजाउँदै आएको पाईएको हो ।
युवा पुस्ताले चासो नदिँदा परम्परागत रूपमा चलन चल्तीमा आएको पञ्चे, नौमती बाजा बजाउने प्रचलन लोप हुँदै गएको र पछिल्लो समय आएर विवाह ब्रतवन्ध जस्ता शुभकार्यमा पञ्चेबाजा बजाउने प्रचलन हराउँदै गएपछि हामिले शुरुगरेको पूर्वेली बाजा समूहकी मनिसा पाठकले बताईन । पाठककै नेत्रित्वमा सञ्चालन भईरहेको बाजाको टोलि शनिवार इलाममा एउटा विवाहमा आएको थियो । पाठक भन्छीन यो विवाहका लागि दुईमहिना अघिनै बुक भईसकेको छ । अवका लगनमा हुने विवाहका पनि फागुन सम्म धेरैठाउँमा बुक भईसकेको बताउछिन । उनी भन्छिन “हाम्रो समुहमा ११ जना छौ धेरै तिरबाट बोलाउँछन तर एकदिनमा एक ठाउमा भन्दा अर्को ठाउँमा जान पुग्ने गरीको जनशक्ती नरहेर हामि भ्याउँदैनौ भन्नु पर्ने बाध्यता रहेको छ ।”
एउटा विवाहको झापा भित्र ३० हजार र अन्य ठाउँमा ५० हजार रुपैया लिनेगरेको संस्थाले जनाएको छ । अहिले पढेलेखेको पुस्ता भएका कारणले बाजा बजाउन लाज मान्दा समेत पञ्चेबाजा हराउन लागेको पाठकको भनाई छ । संस्था गठन गरेर बाजा बजाउँदै गरेको शुरुमा धेरै जसोले नराम्रो माने र धेरैले त तल्लो जातको भनेरै तुलना गरे पनि हामिले् निरन्तरता दिएको कारण हामि अहिले सफल भएको संस्थाकी निता पौपेल बताउँछिन । सदियौँदेखि बजाउँदै आएका पञ्चेबाजा, नौमतीबाजा, धिमे बाजाजस्ता हाम्रा मौलिक संस्कृतिलाई जोगाउनको लागि वडा कार्यलयबाट बजाउने सामान किनेर सहयोग गरेको उनीहरुको भनाई छ ।