'महिला समुहले बजाउँदै नौमती बाजा'

  • माघ २३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कुनै वेला विवाह, व्रतवन्ध, शुभकार्यका लागि बजाईने पञ्चेवाजा यतिवेला कँहि कतै मात्र देख्न पाईन्छ । नेपाली लोक संस्कृति झल्किने पञ्चेवाजा दलित समुदायका दमाई जातीले मात्रै बजाउने प्रचलन रहेको र नयाँ पुस्तामा हस्तानान्तरण हुन नसकेको कारण लोप हुन थालेको हो ।

आधुनिकता सँगै अन्य बाजाको प्रभाव र परम्परागत रुपमा बाजा बजाउनेको पेशालाई संरक्षण गर्न नसकिनु र अन्य जातीले बजाउन हुँदैन भन्ने धारणाका कारण लोप हुन थालेको पाईन्छ । नौमती बाजा लोप हुँन थालेसँगै संरक्षण गर्ने उदेश्यले पुर्वेली पञ्चे बाजा समूह झापाले संरक्षण गर्न थालेको छ । समूहले क्लव बनाएरै बाजा बजाउन सिकाएको र उक्त समूहमा सवै क्षेत्री वाहुन समुदायका महिला रहेका छन । अहिले विवाह ब्रतबन्ध देखि विभिन्न कार्यक्रममा बजाउँदै आएको पाईएको हो ।

युवा पुस्ताले चासो नदिँदा परम्परागत रूपमा चलन चल्तीमा आएको पञ्चे, नौमती बाजा बजाउने प्रचलन लोप हुँदै गएको र पछिल्लो समय आएर विवाह ब्रतवन्ध जस्ता शुभकार्यमा पञ्चेबाजा बजाउने प्रचलन हराउँदै गएपछि हामिले शुरुगरेको पूर्वेली बाजा समूहकी मनिसा पाठकले बताईन । पाठककै नेत्रित्वमा सञ्चालन भईरहेको बाजाको टोलि शनिवार इलाममा एउटा विवाहमा आएको थियो । पाठक भन्छीन यो विवाहका लागि दुईमहिना अघिनै बुक भईसकेको छ । अवका लगनमा हुने विवाहका पनि फागुन सम्म धेरैठाउँमा बुक भईसकेको बताउछिन । उनी भन्छिन “हाम्रो समुहमा ११ जना छौ धेरै तिरबाट बोलाउँछन तर एकदिनमा एक ठाउमा भन्दा अर्को ठाउँमा जान पुग्ने गरीको जनशक्ती नरहेर हामि भ्याउँदैनौ भन्नु पर्ने बाध्यता रहेको छ ।”

एउटा विवाहको झापा भित्र ३० हजार र अन्य ठाउँमा ५० हजार रुपैया लिनेगरेको संस्थाले जनाएको छ । अहिले पढेलेखेको पुस्ता भएका कारणले बाजा बजाउन लाज मान्दा समेत पञ्चेबाजा हराउन लागेको पाठकको भनाई छ । संस्था गठन गरेर बाजा बजाउँदै गरेको शुरुमा धेरै जसोले नराम्रो माने र धेरैले त तल्लो जातको भनेरै तुलना गरे पनि हामिले् निरन्तरता दिएको कारण हामि अहिले सफल भएको संस्थाकी निता पौपेल बताउँछिन । सदियौँदेखि बजाउँदै आएका पञ्चेबाजा, नौमतीबाजा, धिमे बाजाजस्ता हाम्रा मौलिक संस्कृतिलाई जोगाउनको लागि वडा कार्यलयबाट बजाउने सामान किनेर सहयोग गरेको उनीहरुको भनाई छ ।

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved