मोरङ। मोरङ उर्लाबारीका ३५ वर्षीय युवाले चिरपटले प्रहार गरी आमाको हत्या गरेका छन् । उर्लाबारी नगरपालिका –४ आइतबारेका गंगा प्रसाद भण्डारीले आइतबार घरयासी विवादहुँदा चिरपटले प्रहार गर्दा घाइते भएकी ७० वर्षीया चन्द्रमाया भण्डारीको मृत्यु भएको हो ।
प्रहारबाट गम्भीर घाइते भएकी चन्द्रमायाको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर मंगलबारेमा आइतबार राति १०ः३० मा मृत्यु भएको प्रहरीले जनाएको छ। हत्या गर्ने गंगा प्रासादलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई कानुनि प्रकृया अगाडी बढाएको छ ।