धरान । सफल कार्यकालको प्रशंसा गर्दै धरान उपमहानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईलाई सम्मान गरिएको छ ।
महेन्द्र वहुमुखी क्याम्पसमा आयोजना भएको बरिष्ठ कवि टिका आत्रेयको सिर्जना वाचन, पुस्तक परिचर्चा तथा सम्मान कार्यक्रममा वडाध्यक्ष कृष्णप्रसाद भट्टराईलाई सम्मान गरिएको हो ।
प्रा.डा. टंकप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र विजयपुरको आयोजना तथा किरात देवान समाज केन्द्रीय कार्य समिति सहआयोजनामा भएको कार्यक्रममा वडाध्यक्ष भट्टराईलाई सम्मान गरिएको हो । कार्यक्रममा भट्टराईसँगै कला, साहित्य तथा समाजसेवामा योगदान पु¥याएको भन्दै अनिल पौडेल, मातृका संग्रौला, जयकला राई, भगवती ढुंगेल, सुस्मिता देवानलाई पनि सम्मान गरिएको थियो ।
साहित्यकार अनिल पोख्रेलद्वारा सम्मानितहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो । प्रा.डा. टंकप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र विजयपुरकी उपाध्यक्ष डा. इन्दिरा मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन केन्द्रकै सचिव डा. रमेशकुमार लिम्बुले गरेका थिए ।