मोरङ/ करिब एक महिना देखि अवरुद्ध बनेको भारतीय सिमानाकामा रहेको मिरगञ्ज पुल र विराटनगर नाकाको वैकल्पिक मार्गका लागि मोरंग व्यापार संघका टोली सहित भारत स्थित अररियाका डिष्ट्रिक्ट मजिस्टे«टले संयुक्त निरिक्षण गरेका छन् ।
एक महिना अघि मिरगञ्ज पुल भत्किए पछि निर्यात तथा आयातमा समस्या हुँदै गए पछि संघले पटक पटक सहजताका लागि भारतीय सरकार सँग पहल गर्दै आएको छ । यसै बिच संघको टोलिले गत शुक्रबार विहारका कला, संस्कृति तथा युवा मामिला मन्त्री आलोक रञ्जनसँग भेट गर्दै समस्याका बारेमा जानकारी गराएको थिए ।
लगत्तै आइतबार भारतका अररिया डिष्ट्रिक्ट मजिस्ट्रेट प्रशान्तकुमार सि.एच., फार्बाेसगन्जका एसडिओ सहित एपाई र एनएचआइका अधिकारीहरुसँग संयुक्त रुपमा संघका अध्यक्ष नवीन रिजाल सहितको टोलिले निरिक्षण गरेको हो । संघको टोलीले ल्याण्ड कस्टम स्टेसन जोगबनीका असिष्टेन्ट कमिशनलाई समेत भेट गरि मोरङ–सुनसरी आर्थिक कोरिडोरका उद्योगीव्यवसायीहरुले भोगिरहेका समस्याहरु बारे ज्ञापन बुझाएको थियो ।