धरान । सुक्खायाम सुरू नभई धरानमा खानेपानीको अभाव हुन थालेपछि वर्षेनी उपभोक्ताहरूमा खानेपानीको माग गर्दै आन्दोलनमा उत्रिनु पर्ने बाध्यता छ । धरानको खानेपानी अभाव पुर्ति गर्न एशियाली विकाश बैंकको ऋण तथा अनुदानमा परियोजना संचालन गरे पनि खानेपानीको अभावको विरुद्ध वर्षेनी उपभोक्ताले आन्दोलन गर्नु परेको छ । यस वर्ष पनि उपभोक्ताहरु खानेपानीको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । खानेपानी व्यवस्थापन बोर्डले धरानमा पानीको कृत्रिम अभाव सिर्जना गरेको भन्दै वडाध्यक्षले नै आन्दोलनको नेतृत्व गरिरहेका छन् । धरानमा खानेपानीको अभाव बढ्दै गए पछि धरान ९ का वडाअध्यक्ष रत्न कटुवालको नेतृत्वमा स्थानीयले विरोध प्रदर्
धरान । धरानमा पछिल्लो समय सिटी सफारी महिलाहरुको गतिलो आम्दानीको स्रोत बन्दै गएको छ । सिटी सफारी चलाएर महिलाहरु आत्मनिर्भर मात्र हैन घर परिवार चलाउन सक्षम भएका छन् । महिलाहरुको उपस्थितिले सवारीसाधन पुरुषहरुले नै चलाउनुपर्ने मान्यतालाई समेत तोडिदिएको छ । धरानकी सुमित्रा ल्वागुनले सिटी सफारी चलाएको एक बर्ष भयो, सिटी सफारी चलाएपछि उनको घरमा आर्थिक संकट समेत विस्तारै टर्दै गएको छ । घरको राजमिस्त्री गर्ने श्रीमानले कमाएको रकमले मात्र घर खर्च टार्ने गरेकोमा अहिले सुमित्राले समेत सिटीसफारी चलाएर आम्दानीको स्रोत बढाइदिएकी छन् । सुमित्रा भन्छिन्, ‘हाम्रा दुई सन्तान छन्, श्रीमानले मात्र कमाउँदा घर
धरान/ आगलागी मानव सिर्जित घटना हो । मानिसकै असावधनिका कारण आगलागीबाट ठूलो क्षति ब्यहोर्नु परेको छ । सावधानी नपनाउदा पछिल्लो समय सुनसरीमा आगलागीका घटनाहरु बढ्दै गएको तथ्याङकले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बर्सेनि सुनसरीमा आगलागीको घटना बढ्दै गएको देखिएको छ । चालू वर्षमा ८ महिनामा १ सय वटा आगलागीको घटना भएको छ । अघिल्लो वर्ष कुल १ सय ३१ वटा आगलागीका घटना भएको थियो ।चालु अर्थिक वर्षको फागुन १८ गतेसम्मको तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा ७६ दशमलब ३३ प्रतिशत आगलागीको घटना भएका छन । प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आ व.को ८ मह
धरान । इलाम नगरपालिकाले जनकपार्क निर्माण गरेको छ । आठ लाख ६५ हजार एकसय ६० रुपैयाँ लागतमा पार्क निर्माण भएको हो । चारलाख ९० हजार एकसय ६० रुपैयामा माई भगवति निर्माण सेवाले निर्माणको जिम्मा लिएको थियो । पार्कमा राखिने मूर्ति तीनलाख ७५ हजारमा गोलशिमल मूर्तिशालाले खरिदको जिम्मा लिएको इलाम नगरपालिकाका इन्जिनियर दिपक गुरागाईँले जानकारी दिए । इलाम नगरपालिका ७,८ र ९ नम्वर वडाको संगमस्थलमा निर्माण भएको जनक पार्क मंगलवार उद्घाटन भएको छ । इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेत र उपप्रमुख शुसिला नेम्बाङले उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा नगरप्रमुख बस्नेतले सालिक मात्र नभएर राष्ट्रिय एकताको प्रत
धरान । धरानमा खानेपानीको अभाव चरम रुपमा बढ्दै गएको छ । खानेपानी बोर्डले दिन बिराएर पानी वितरण गरेको जनाए पनि पालो परेको दिनमा समेत पानी नआउँदा स्थानीयहरु दिनभरी पर्खिन्छन्, तर रित्तो भाडानै लिएर घर फर्किनुपरेको छ । धरानको वडा नम्बर ७ र १५ मा पर्ने नजिकैको खोल्सी धारामा पानी आउने पालो पर्खिएर दिनभरि सर्वसाधारण बसे, तर पानी नआएपछि रित्तो भाडा लिएर घर फर्किएको गुनासो गर्छन् । यो धारा सरकारी धारा हो । तत्कालिन नेपाल खानेपानी संस्थानले बर्षौ पहिलो सर्वसाधारणलाई खानेपानी पिउन सहज होस् भन्ने अभिप्रायले जडान गरिएको यो धाराबाट करिब १० घर परिवार आश्रित छन् । धारामा पानी आउने दिन उनीहरु सबै काम छोडेर प
धरान l मन्दिरै मन्दिर भएको सहर भएपनि यसको संरक्षणका लागि कसैले चासो देखाएको देखिदैन । धरान १४ विजयपुरमा मात्रै ५० भन्दा बढी हाराहारीमा साना तथा ठूला धार्मिक महत्व बोकेका मन्दिरहरु रहेका छन् । संरक्षण गर्न नसक्दा नाम कहलिएका ४ मन्दिर बाहेक अन्य मन्दिर ओझेलमा पर्दै गएका हुन् । धार्मिक पर्यटकिय स्थलको रुपमा विकाश हुँदै गएको धरान उपमहानगरपालिका १४ स्थित विजयपुरलाई धार्मिक क्षेत्र मानिन्छ । विजयपुरमा पुरातात्विक महत्वमा मठ मन्दिरहरु छन् । तर बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर र पञ्चकन्या मन्दिर मात्रै प्रचारमा छन् । विजयपुर क्षेत्र भित्र रहेको करिब ५० वटा भन्दा बढी स–साना मन्दिरहरुको प्रचार प्
धरान । सनातन हिन्दु धर्मालम्बीहरुको चाड मध्ये शिवरात्री आउँन केही दिन बाँकी रहँदा धरान स्थित पिण्डेश्वर मन्दिरमा चहलपहल शुरु भएको छ । कोरोनाका कारण विगत दुई वर्ष देखि मेला बन्द भएको थियो । यस वर्ष देखि केही खुकुलो भए पछि प्रदेश नं. १ कै धार्मिक स्थल धरान १४ पिण्डेश्वर मन्दिरमा नेपाल तथा भारतका बाबाहरु धरान आउने क्रम शुरु भएको छ । अहिलेदेखि नै बाबाहरु शिवरात्री कसरी मनाउने भन्ने विषयमा साधुहरु उत्साहित बनेका छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामाकरण गरिएको यो पर्व विशेष गरी काठमाण्डौको पशुपतिनाथ, झापाको अर्जुनधारा, धरानको पिण्डेश्वर लगायतका शिव मन्दिरहरुमा साधुहरुको घुईचो लाग्ने गर्दछ ।
धरान/ शनिवार (भोली) धरान उपमहानगरपालिका र बराहक्षेत्रको वडा नं १ र २ मा दिनभर बिजुली अवरुद्ध हुने भएको छ । विद्युत प्राधिकरण धरान वितरण केन्द्रले एक सुचना जारी गर्दै शनिबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विजुली अवरुद्ध हुने जानकारी दिएको हो । केन्द्रका अनुसार दुहबी ग्रिडदेखि धरान सबस्टेशनसम्म ३३ केभी धरान फिडरमा बुस कटिङ तथा मर्मत कार्य गर्नुपर्ने भएकोले भोली बिहान करिब ९ घण्टा लाइन अवरुद्ध हुनेछ । निर्धारित समय अगावै काम सम्पन्न भएमा साँझ५ बजे अगावै विद्युत सुचारु हुुने केन्द्रले जनाएको छ ।
धरान । प्रदेश एक सरकारले नामाकरणका लागि सर्वदलिय सहजिकरण गरिरहेका बेला नेपाल शेर्पा संघले शेर्पालुङ–किरात–मधेश–लिम्बुवान नामकारण गर्न माग गरेको छ । संघको नेतृत्वमा बिहिबार विराटनगरमा मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापन पत्र बुझाउदै संघका केन्द्रिय अध्यक्ष तथा शेर्पालुङ संघर्ष समिति संयोजक गेल्जे लामा शेर्पा सहित पुगेको टोलीले प्रदेश १ को नामाकरण गर्दा आदिवासी भुमिपुत्र शेर्पा समुदायलाई समेत सम्बोधन हुनुपर्ने माग गरेका हुन् । उनीहरुले प्रदेशको नाम राख्दा शेर्पा पनि जोड्नुपर्ने विभिन्न ५ वटा कारण खुलाएका छन् । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राजेन्द्र राईले आफू पहिचानको पक्षम
मोरङ/ प्रदेश एक सरकारले आउँदो फागुन १५ गते देखि शुरु हुने अधिवेशनमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ ल्याउने तयारी गरेको छ । विधेयकका सन्दर्भमा बुधवार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा प्रारम्भिक छलफल समेत भएको छ । सरकारको यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका पत्रकार तथा बुद्धिजीवीसँग विधेयकका विषयमा छलफल गरेको हो । नेपालको संविधानले प्रत्याभूत गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा सञ्चार एवं सूचनाको हक संरक्षण र सम्बन्धन गर्नका लागि सरकारले विधेयक ल्याउन लागेको प्रदेश सरकारले दाबी गरेको छ । छलफलका क्रममा सरक