अधिकाशं मन्दिरहरु ओझेलमा

  • फागुन १६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt तस्वीर : फणिन्द्र तिम्सिना

धरान l मन्दिरै मन्दिर भएको सहर भएपनि यसको संरक्षणका लागि कसैले चासो देखाएको देखिदैन । धरान १४ विजयपुरमा मात्रै ५० भन्दा बढी हाराहारीमा साना तथा ठूला धार्मिक महत्व बोकेका मन्दिरहरु रहेका छन् । संरक्षण गर्न नसक्दा नाम कहलिएका ४ मन्दिर बाहेक अन्य मन्दिर ओझेलमा पर्दै गएका हुन् ।

धार्मिक पर्यटकिय स्थलको रुपमा विकाश हुँदै गएको धरान उपमहानगरपालिका १४ स्थित विजयपुरलाई धार्मिक क्षेत्र मानिन्छ । विजयपुरमा पुरातात्विक महत्वमा मठ मन्दिरहरु छन् । तर बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर र पञ्चकन्या मन्दिर मात्रै प्रचारमा छन् । विजयपुर क्षेत्र भित्र रहेको करिब ५० वटा भन्दा बढी स–साना मन्दिरहरुको प्रचार प्रसार तथा भौतिक संरचनाको विकाश गर्न नसक्दा ओझेलमा परेका छन् ।

धरानलाई धार्मिक पर्यटन स्थलको रुपमा परिचित गराउन विभिन्न पर्यटन व्यवसायी र सर्वसाधारण केही हदसम्म उत्साहित भएपनि धरान उपमहानगरपालिकाले यस्ता क्षेत्रका विकासमा न्यून बजेट छुट्याएकै कारण धार्मिक स्थलको विकास हुन नसकेको स्पष्ट छ । नगरपालिकाले विजयपुर क्षेत्रका मठ मन्दिरहरुको स्तर विकाशका लागि गुरुयोजनानै बनाउन नसकेको पर्यटन व्यवसायी बासुदेव बराल बताउछन् । उनी भन्छन्–‘स्थानीय सरकारले पनि नाम कहलिएका प्रचलित मन्दिरको मात्र प्रचारप्रसार गर्छ, ओझेलमा रहेका पुराना मन्दिरको प्रचारमा खासै ध्यान दिन सकेको छैन ।’

धरान उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले पनि पुराना ऐतिहासिक महत्व बोकेका मन्दिरहरुको प्रचारप्रसार गर्न नसकेकै कारण ती मन्दिरहरु ओझेलमा परेको बताए । उनले भने–‘हामीले ऐतिहासिकम महत्व बोकेका मठ मन्दिरको प्रचारप्रसारमा ध्यान नदिदा यस्ता मन्दिरहरु ओझेलमा परेका हुन् ।

राणाकालीन अवस्थादेखि पञ्चायतकालीन समयमा मन्दिरहरु निर्माण गरिएका पुरातात्विक महत्वको मन्दिरहरु अहिले जीर्ण भएका छन भने मन्दिर क्षेत्रका जग्गाहरु समेत अतिक्रमणमा परेका छन् । ऐतिहासिक महत्व बोकेको विजयपुरमा ऐतिहासिक पुरातात्विक महत्वका मठ मन्दिरको संरक्षण नगरी धरानलाई धार्मिक पर्यटकीय स्थल बनाउने कुरा खाली प्रचारबाजी बाहेक केही हुन सक्दैन ।

सामाजिक सुरक्षा कार् ...

धनगढी । सार्वजनिक यातायात क्षेत्रको संरचना परिवर्तनले ल ...

विषालु च्याउ खाँदा इ ...

इलाम/  इलामको माङसेबुङ गाउँपालिका–५ मा ...

धरानमा समता दिवस मना ...

धरान/  राष्ट्रिय समता दिवसको अवसरमा नेपाली कांग्रे ...

धरान भित्रको दुर्गम ...

धरान/ साविकको पाँचकन्या गाविस तथा धरान उपमहानगपालि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved