धरानमा खानेपानी अभाव बढ्दै " पुनः धरान ९ आन्दोलनमा"

  • फागुन २२, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सुक्खायाम सुरू नभई धरानमा खानेपानीको अभाव हुन थालेपछि वर्षेनी उपभोक्ताहरूमा खानेपानीको माग गर्दै आन्दोलनमा उत्रिनु पर्ने बाध्यता छ ।

धरानको खानेपानी अभाव पुर्ति गर्न एशियाली विकाश बैंकको ऋण तथा अनुदानमा परियोजना संचालन गरे पनि खानेपानीको अभावको विरुद्ध वर्षेनी उपभोक्ताले आन्दोलन गर्नु परेको छ । यस वर्ष पनि उपभोक्ताहरु खानेपानीको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । खानेपानी व्यवस्थापन बोर्डले धरानमा पानीको कृत्रिम अभाव सिर्जना गरेको भन्दै वडाध्यक्षले नै आन्दोलनको नेतृत्व गरिरहेका छन् । धरानमा खानेपानीको अभाव बढ्दै गए पछि धरान ९ का वडाअध्यक्ष रत्न कटुवालको नेतृत्वमा स्थानीयले विरोध प्रदर्शन गरेका छन् । लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका धरान ९ का बासिन्दाले आइतबार धरान–१३ मा रहेको खानेपानी व्यवस्थापन बोर्डमै पुगेर विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले अघिल्लो वर्ष पनि करिब १५ दिन सम्म दिनहुँ तत्कालिन धरान खानेपानी संस्थानको गेट अघि धर्ना नै दिएका थिए ।

सुख्खा मौसमसँगै खानेपानीका मुहान सुक्न थालेपछि धरान उपमहानगरपालिकामा खानेपानीको हाहाकार हुन थालेको हो । खानेपानी अभाव हुन थाले पछि बोर्डले दिन बिराएर पानी वितरण गर्न थालेको थियो । दिन बिराएर पानी वितरण गर्ने भनेपनि बोर्डले भने जसरी वितरण गर्न सकेको छैन ।

तत्कालिन संस्थानलाई केही महिना अघि पुर्ण रुपमा बोर्डमा गाभिएको थियो । त्यस पछि धरानमा खानेपानी वितरण गर्ने जिम्मा बोर्डमा आएको हो । संस्थानलाई बोर्डमा गाभे पनि धरानमा पानी वितरणमा आएको समस्या समाधान हुन भने सकेको छैन । वितरण प्रणालीमा देखिएको समस्या पहिचान गर्न नसक्दा धरानमा पानीको अभाव हुन थालेको स्थानीय बताउँछन् । १० दिन देखि धारामा पानी नआउँदा खानेपानी किनेर भएपनि खाइरहेका छौं तर ट्वाइलेट जान समेत पानी नहुँदा झन आपत परेको ९ वडाका स्थानीयको भनाई छ ।

धरानमा खानेपानी आज मात्रै हैन धेरै बर्ष देखि समस्या धरानले भोग्दै आइरहेको छ । लामो समय देखि समस्या आए पनि बोर्डले समाधानका उपाय खोजि गर्न नसकेको स्थानीय बताउँछन् । खानेपानी अभाव ९ नम्बर वडा सहित विभिन्न वडामा समस्या सिर्जना हुँदै आएको छ । केही दिन अघि धरान बोर्डका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले पत्रकार सम्मेलन गर्दै धरानमा भएको खानेपानीको समस्या चाडै समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । धरानको उपनिर्वाचनमा उनको घोषणापत्रमै पहिलो एजेण्डा बनेको थियो । तर उनको प्रतिबद्धता भाषणमै मात्रै रहँदा समस्याको समाधान हुन नसकेको स्थानीयको भनाई छ ।

धरान वडा नम्बर ९ का वडाध्यक्ष कटुवाल भन्छन्, ‘हामिले पटक पटक खानेपानीको समस्याको विषय लिएर खानेपानी व्यवस्थापन बोर्ड धाउने गरेका छौ, अब आउँछ भनेर आशा देखाएको धेरै भो अब पनि केही गर्न सकेन भने हामी फेरि आन्दोलन गर्न बाध्य भएका छौं ।’

यता बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले विजुलीको समस्या हुँदा पानी वितरण गर्न समस्या रहेको बताउँछन् । उनले भने, विजुली हुँदा हामिले पानी वितरण गरिरहेको छौ र कुनै कुनै ठाउँमा पानिको पाइप ब्लक हुने गर्छ, त्यो ब्लक हुने समस्या पनि हामी चाडै व्यवस्थापन गर्ने तयारी गरिरहेका छौं ।’

सामाजिक सुरक्षा कार् ...

धनगढी । सार्वजनिक यातायात क्षेत्रको संरचना परिवर्तनले ल ...

विषालु च्याउ खाँदा इ ...

इलाम/  इलामको माङसेबुङ गाउँपालिका–५ मा ...

धरानमा समता दिवस मना ...

धरान/  राष्ट्रिय समता दिवसको अवसरमा नेपाली कांग्रे ...

धरान भित्रको दुर्गम ...

धरान/ साविकको पाँचकन्या गाविस तथा धरान उपमहानगपालि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved