सिटी सफारीमा महिलाको आकर्षण : आम्दानीको दिगो स्रोत

  • फागुन १९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरानमा पछिल्लो समय सिटी सफारी महिलाहरुको गतिलो आम्दानीको स्रोत बन्दै गएको छ । सिटी सफारी चलाएर महिलाहरु आत्मनिर्भर मात्र हैन घर परिवार चलाउन सक्षम भएका छन् ।

महिलाहरुको उपस्थितिले सवारीसाधन पुरुषहरुले नै चलाउनुपर्ने मान्यतालाई समेत तोडिदिएको छ । धरानकी सुमित्रा ल्वागुनले सिटी सफारी चलाएको एक बर्ष भयो, सिटी सफारी चलाएपछि उनको घरमा आर्थिक संकट समेत विस्तारै टर्दै गएको छ । घरको राजमिस्त्री गर्ने श्रीमानले कमाएको रकमले मात्र घर खर्च टार्ने गरेकोमा अहिले सुमित्राले समेत सिटीसफारी चलाएर आम्दानीको स्रोत बढाइदिएकी छन् । सुमित्रा भन्छिन्, ‘हाम्रा दुई सन्तान छन्, श्रीमानले मात्र कमाउँदा घर खर्च टार्न नै धौ धौ पथ्र्यो, बालबच्चाको पढाई त परै जाओस, तर अहिले म आफै सिटी सफारी चलाउन थालेपछि जेनतेन घर खर्च र बालच्चाको पढाई खर्च समेत पुगेको छ ।

इटहरीकी नमिता खड्का पनि सिटीसफारी चलाउन थालेपछि अहिले परिवारको राम्रो जीविका चलेको बताउँछिन् । उनले भनिन्, ‘सिटी सफारी चलाएपछि समाजमा सबैसँग चिनजान भयो, धेरैले महिलाले चलाएको सिटी सफारीलाई नै काम दियौ भनेर मेरो सिटीसफारी लिएर जाने गर्छन्, सिटी सफारी चलाएपछि म फुर्सद बस्न नै पाएको छुइनँ ।’ उनले समेत घर परिवारको खर्च सञ्चालनमा सिटी सफारी चलाएदेखि सहज भएको बताइन् ।
समाजमा महिलाले घर भित्रको मात्रै काम गर्ने र पुरुषले बाहिरको काम गर्ने भन्ने मान्यता रहेको छ, तर मौका मिल्दा महिलाले पनि बाहिरको काम गर्न सक्छन् भन्ने उदाहरण सिटी सफारी चलाउने महिलाहरुले दिएका छन् । अहिले देशका ठूला सहरहरुमा सिटी सफारी सञ्चालन गर्न महिलाहरु आकर्षित भएका छन् । उनीहरुका लागि सिटी सफारी दरिलो आम्दानीको स्रोत बन्दै गएको छ ।

पूर्वमा समेत सिटी सफारी चलाउने महिलाको संख्या बढ्दै गएको छ । पूर्वको झापाको दमक, विर्तामोड, मोरङको विराटनगर, सुनसरीको धरान, इटहरी लगायतका ठूला सहरहरुमा सयौंको संख्यामा महिलाले सफारी चलाउने गरेको छ । पछिल्लो समय पुरुषको संख्या जत्तिकै महिला सिटीसफारी चालकको संख्या रहेको पाइएको छ । धरानमा सिटी सफारी चलाउने महिलाको संख्या यत्ति नै छ भन्ने यकिन नभए पनि ६५ भन्दा बढी सिटी सफारीका चालक महिला भएको अनुमान गरिएको छ ।

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved