प्रदेश १ को नाममा शेर्पा जोड्न माग

  • फागुन १३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । प्रदेश एक सरकारले नामाकरणका लागि सर्वदलिय सहजिकरण गरिरहेका बेला नेपाल शेर्पा संघले शेर्पालुङ–किरात–मधेश–लिम्बुवान नामकारण गर्न माग गरेको छ ।

संघको नेतृत्वमा बिहिबार विराटनगरमा मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापन पत्र बुझाउदै संघका केन्द्रिय अध्यक्ष तथा शेर्पालुङ संघर्ष समिति संयोजक गेल्जे लामा शेर्पा सहित पुगेको टोलीले प्रदेश १ को नामाकरण गर्दा आदिवासी भुमिपुत्र शेर्पा समुदायलाई समेत सम्बोधन हुनुपर्ने माग गरेका हुन् । उनीहरुले प्रदेशको नाम राख्दा शेर्पा पनि जोड्नुपर्ने विभिन्न ५ वटा कारण खुलाएका छन् ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राजेन्द्र राईले आफू पहिचानको पक्षमा रहेको भन्दै पहिचानको कुरा उठाएको हुनाले नै ६२÷६३ को आन्दोलन भएको बताए । उनले अब नेताहरुले ढाट्न नहुने उल्लेख गर्दै बोली एकातिर काम अर्कोतिर गर्न नहुने पनि बताए । मुख्यमन्त्री राईले भने, ‘कि पहिचान स्वीकार छैन भन्न सक्नुपर्छ, होइन भने, भोट माग्नेबेला एउटा कुरा, निर्णय अर्को गर्न हुदैछ ।’ उनले यहीँ फागुन १५ गतेदेखि संसद सुचारु हुने भएकोले यही हिउदे अधिवेशनबाट नामाकरण टुङ्गो लगाउने पनि बताए ।

प्रदेश नामाकरण छलफल संयोजक तथा स्वास्थ्य मन्त्री जयराम यादवले प्रदेश १ को नाम पहिचानको आधारमा राख्ने ढोका प्रदेश नम्बर २ बाट खुलेको बताए । प्रदेश १ को नाम पनि पहिचानको आधारमा राख्न सके हिजोको दिनमा राखिएका अन्य प्रदेशको नाम पनि भोलिको दिनमा बाध्य भएर नाम राख्छ्न् कि भन्ने कुरा प्रस्तुत गरेको बताए । सबै ज्ञापन पत्रलाई समन्वयकारी भुमिकामा प्रवेश गराउने पनि मन्त्री यादबले बताए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved