काठमाडौं । सिन्धुपाल्चोक बाह्रबिसेकी एक महिलाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले उनको मृत्यु कोरोनाकै कारण भएको जनाएको छ । मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सिन्धुपाल्चोक निवासी २९ वर्षीय महिला, वैशाख २३ गते त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएको थियो र उहाँको २४ गते डेलिभरी भएको, उहाँ अस्पतालबाट २५ गते डिस्चार्ज भएपछि सिन्धुपाल्चोक घर जानुभएको थियो, उहाँलाई ज्वरो, श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराउनुभएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँ धुलिखेल अस्पतालमा थप उप
भारतबाट नेपाल भित्रने संभावित मानिसलाई राख्ने तयार गर्न लागिएको क्वारेन्टाइनस्थल बस्तीबाट टाढा राख्न भन्दै विराटनगर १३ बासिन्दाले संघर्षमा उत्रिएका छन् । विराटनगर महानगरपालिकालाई पत्राचार गरी विराटनगर १३ कोशी प्रोजेक्ट क्षेत्रका बासिन्दा विरोधमा उत्रिएका हुन । महानगरसंगको समन्वयमा प्रदेश १ सरकारले स्थानीय डिएभी स्कुलमा क्वारेन्टाइन स्थल बनाउने तयारी गरेको हो । तर, स्थानीयले भने अवरोध र विरोध गरेका छन् । स्थानीय टोलबारीले विराटनगर महानगरपालिकाको नाममा पठाएको ज्ञापन पत्रमा बसोबास स्थलबाट टाढा क्वारेन्टाइनको व्यवस्थापन गर्न भनिएको छ । संभावित संक्रमितलाई बस्तीमाझमा रहेको स्थानको क्वारेन्टाइनमा र
धरान / सुनसरीको रामधुनी नगरपालिकाबाट भक्तपुर पुगेकी कोरोना संक्रमित युवतीको सम्पर्कमा आएकाहरु मध्ये १८ जनाको रिपोर्ट नेगेटिभ आएको छ। संक्रमितको सम्पर्कमा आएका १९ जनाको थ्रोट स्वाव संकलन गरि परीक्षणका कोशी अस्पताल कोभिड १९ उपचार केन्द« बिराटनगर पठाइएको थियो । १९ जना मध्ये १८ जनाको रिपोर्ट नेगेटिभ आएको र १ जनाको पुन परीक्षणको लागि रिस्याम्पलीड गर्नु पर्ने भएको हो । एक जनाको भोली पुनस् थोट स्वाव लई परिक्षणकोलागि पठाइने भएको छ ।
काठमाडौं आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षण अनुसार नौ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकमा कोरोना संक्रमण देखिएको छ । पर्साका ९ वर्षीय बालक, विरगञ्जका १० वर्षीय बालक, २३ र ४७ वर्षीय महिलामा संक्रमण देखिएको हो । त्यसैगरी उदयपुर त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ । त्यस्तै दाङमा पनि पहिलोपटक कोरोनाक
वीरगञ्ज कोरोना संक्रमितहरु अस्पताल आसोलेशन कक्ष बाट भागेको घटना सार्वजनिक भए सगै प्रशासन थप सचेत बन्दै गएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा गठित संकट व्यवस्थापन समितिले अब उप्रान्त पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागे प्रहरीले गोली समेत चलाउन सक्ने निर्णय गरेको हो । संक्रमित व्यत्ती भाग्न नदिन र भाग्दा हुन सक्ने सम्भावित ठुलो क्षति कम गर्न सुरक्षा निकायले उच्च सतर्कता अपनाउने र भाग्न खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिन आवश्यकता अनुसार बल प्रयोग गर्ने र यसका लागि सुरक्षा निकायलाई गोली समेत चलाउन सक्ने अधिकारी प्रदान गर्ने निर्णय गरेको हो । ना
काठमाडौं नेपालमा थप नौ जनामा कोरोना .भाइरसको संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमित संख्या २५८ पुगेको छ । मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार मकवानपुरमा ३७ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । यस्तै, बाँकेको नैनापुर १, ३ र ५ मा ८ जना पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको डा.अधिकारीले जानकारी दिएका छन् । राष्ट्रिजन जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणबाट उनीहरुमा कोरोना पुष्टि भएको हो ।
धरान/नेपालमा थप तिन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमित संख्या २४९ पुगेको छ । स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं दहचोक का ७ वर्षीय पुरुष , धनुषाका १७ वर्षीय महिला र धादिङ्का ३० वर्षिय महिलामा संक्रमण पुष्टि भएको हो । साथै उनिहरुको स्वास्थ्य अबस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौं– नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २४६ पुगेको छ । चितवनको भरतपुरमा गरिएको परीक्षणमा नवलपरासी देवचुली नगरपालिका १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साथै उनको स्वस्थ्य अबस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
धरान । लकडाउनमा धरानका अति विपन्न परिवारलाई वितरण गरिदै आएको राहतको रकम भुक्तानी गर्न धरान उपमहानगरपालिकालाई रकम अपुग भए पछि थप सहयोग गर्न अपिल गरिएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै तेस्रो चरणको राहत वितरणको तयारी गरिरहँदा रकम अपुग भएकाले सहयोगका लागि धरानवासीलाई आग्रह गरेको छ । धरान उपमहानगरपालिकाले दुई चरणमा राहत वितरण गरिसकेको छ भने तेस्रो चरणको राहत वितरणको तयारीमा रहेको छ । दोस्रो चरणमा वितरण गरिएको राहत सामग्री खरिदको रकम भुक्तानी गर्न अझै सकेको छैन् भने तेस्रो चरणको राहतका लागि पनि रकम अपुग रहेको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाको अनुसार दोस्रो चरण सम्मको राहतको भुक्तानीक
काठमाडौं । मुलुकमा बिहीबार बिहान फेरि ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । सर्लाही, धनुषा र महोत्तरीमा गरी ५ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि २ संक्रमित भेटिएका थिए । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा ३२ वर्षीय पुरुष र कपिलवस्तुमा ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको हो । योसँगै बिहीबार मात्र ७ संक्रमित थपिएका छन् । मुलुकमा संक्रमितको संख्या २ सय ५० पुगेको छ