समाज

    Showing 4,521-4,530 of 6,830 items.
  • नागरिकता बिहिन मोरङका निरज कुमार कामतले गरे आत्मदाहको प्रयास

    विराटनगर / नागरिकता विधेयकविरूद्ध परेको रिटमाथि सर्बोच्चमा मंगलबार सुनुवाइ तोकिएको भएपनि हेर्न नभ्याइने भएपछि मोरङ्का एक युवकले आत्मदाहको प्रयास गरेका छन् । नागरिकताविहीन मोरङका निरज कुमार कामतले काठमाडौंको माइतिघर मण्डलामा आफैँलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको काठमाडौ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले बताए । आत्मदाहको प्रयास गर्दैगर्दा प्रहरीले कामतलाई उद्धार गरेको थियो । उद्धारपछि कामतलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि परेको रिटमा सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न नगराउन अन्तर

    • प्रकाशित मितिः जेठ ३१, २०८०
    • 815 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आन्दोलनकै कारण प्रदेशको नाम संशोधन गर्न बनेको ऐन प्रमाणिकरण भएन

    विराटनगर/ कोशी प्रदेश नामाकरणको बिरोधमा पहिचानबादीहरुको आन्दोलनले उग्ररुप लिएपछी प्रदेशको नाम संशोधन गर्न बनेको विधेयक २०७९ प्रमाणीकरण हुन सकेको छैन ।गत जेठ १६ गते संसद सचिवालयले प्रदेश प्रमुख पर्शुराम खापुङलाई प्रमाणिकरणका लागि पठाएको थियो । प्रदेश प्रमुखको कार्यालयमा उक्त विधेयक प्रमाणिकरणको पत्र १७ गते दर्ता गरिएको छ । खापुङले प्रदेश नामकरणको विषयमा आन्दोलन चलिरहेको र असन्तुष्टि बढेको भन्दै उक्त विधेयक ‘होल्ड’ गरिदिएका हुन् । विधेयक प्रदेश सरकारको कानून मन्त्रालयको तर्फबाट खानेपानी, सिंचाई तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बोले गत जेठ १४ गते प्रदेशसभामा पेश गरेका थिए । सो

    • प्रकाशित मितिः जेठ ३०, २०८०
    • 865 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मद्वारा मेरो निर्माण: कविताको मौलिक विचार र दर्शनको केन्द्रीयता

    प्राचीन ग्रीसका महान दार्शनिक प्लेटो ठान्थे- "साहित्यले मानिसलाई भ्रष्ट बनाउछ ।" यो किन भने होला आश्चर्य लागेर आउछ ! मानिसको भावनात्मक र संवेदनात्मक पक्षलाई मात्रै साहित्यले उठाईदिए पाठकलाई बौद्धिक रूपमा झन् कम्जोर बनाइरहेको हुन्छ नै, नकार्न सकिन्न । यसर्थ, साहित्य, बौद्धिक दृष्टिकोणबाट जीवन र जगत नियाल्ने माध्यम बनिनुपर्छ भन्ने मत दार्शनिक प्लेटोको रहेकोे पाइन्छ । प्रेमिल जोडीहरू जुहारी खेलेर हाटबजारी कृति मात्रै संस्मरण गर्न खोजेका हुन् सम्झियौं भने प्लेटोको माथिको भनाई अनुसारको जवाफ कविहरूले दिन तयार हुनुपर्ने हुन्छ । काल्पनिक साहित्यहरू नपढिने होइन तर अहिले उति पढिन्न । समयसँगै विज्ञान

    • प्रकाशित मितिः जेठ ३०, २०८०
    • 1,316 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • निःशुल्क ट्यूसन सेन्टरलाई महानगरको सहयोग

    विराटनगर /  विराटनगर–१४ स्थित साविकको विराट साइन्स कलेज रहेको स्थानमा सञ्चालित निःशुल्क ट्यूसन सेन्टरका विद्यार्थीका लागि विराटनगर महानगरपालिकाले शैक्षिक सामग्री प्रदान गरेको छ । हाल मनमोहन प्राविधिक विश्वविद्यालयको सम्पर्क कार्यालय रहेको भवनमा शैक्षिक अभियन्ता धर्मप्रकाश मण्डलको अगुवाइमा स्थानीय विद्यार्थीहरुका लागि निःशुल्क ट्यूसन पढाउने व्यवस्था मिलाइएको छ । मण्डलले वडा नम्बर ८ र १४ का विद्यार्थीहरुलाई लक्षित गरेर सुरु गरेको ट्यूसन सेन्टरमा हाल ४ सयभन्दा बढी विद्यार्थीहरु अध्ययन गर्ने गरेका छन् । महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले स्थानीय धर्मप्रकाश मण्डलको नेतृत

    • प्रकाशित मितिः जेठ ३०, २०८०
    • 861 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोकाहाको पानी पकुवा झर्यो

    धरान /  श्रमदान अभियान शुरु गरेको ९८ औं दिनमा कोकाहाको पानी धरान आइपुगेको छ । करिब ४२ किलोमिटर दुरीबाट कोकाहा खोलाको पानी हिजो मध्यराती धरान २० स्थित पकुवा खोलामा खसालेर वास आउट गरिएको हो। पाइपलाइन बराहक्षेत्रको भुभाग हुदै करिब ४२ किलोमिटर विछ्याइएको छ। गएराती पानी खसेको पकुवा खोलासम्म ३५ किलोमिटर दुरी रहेको धरान खानेपानी व्यवस्थापन बोर्डका सबइञ्जिनियर सुसन थापाले जानकारी दिए। पाइपलाइन विस्तार भइसकेकोले वास आउट गरिसकेपछि पानी ट्यांकमा पुर्याइने थापाले बताए। कोकाहाको पानी पकुवा खोलासम्म ल्याउन मेयर हर्क साम्पाङले आफै दुई दिनदेखि निरन्तर फिल्डमै खटिएका थिए। उनले पानी नल्याएसम्म घर

    • प्रकाशित मितिः जेठ ३०, २०८०
    • 1,328 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा २० दिने नेवाः भाषा तालिमको समापन

    धरान /  भाषा बाचे जाती बाच्छ भन्ने भनाईलाई उद्रित गरी नेवार जातिको भाषा जोगाउन नेवाः देय् दवू धरान उपमहानगर समितिले गरेको प्रयास सार्थक भएको प्रमुख अतिथि धरान उपमहानगर पालिकाका उप प्रमुख अईन्द्र विक्रम वेघाले वताए । एकल जातिय धर्म, भाषा, लिपि र संस्कार संस्कृतिको अन्त्य गर्न र बहुजातीय मुलक बनाउन सवै जात जातीहरु आफ्नो आफ्नो क्षेत्रबाट लागिपर्नु पर्ने वेघाले धारणा व्यक्त गरेका थिए । नेवाः देय् दवूको आयोजना, धरान उपमहानगरपालिकाको विशेष सहयोगमा, नेवार एकता समाज धरान ११ समितिको व्यवस्थानमा सम्पन्न तालिममा श्रेष्ठ समाज सहयोगीको रुपमा रहेको थियो । कार्यक्रममा नेवाः देय् दवू धरान उपमहानगर

    • प्रकाशित मितिः जेठ ३०, २०८०
    • 772 पटक पढिएको
    • " मोहन श्रेष्ठ"
  • मौसम पूर्वानुमान:हल्का वर्षाको सम्भावना

    सुनसरी / हाल देशमा कोशी तथा बागमती प्रदेशको केही स्थानहरू साथै मधेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।  पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको  महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार अहिले बिहान कोशी, मधेश र बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलदेखि मौसम सामान्यतया सफा रहेको छ।  दिउँसोपख कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका

    • प्रकाशित मितिः जेठ ३०, २०८०
    • 843 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनचाँदी ब्यवसायी संघको नयाँ समिती सङ अन्तरक्रिया

    सुनसरी/  नेपाल सुनचाँदी कला ब्यबसायी संघ सुनसरीले नयाँ कार्यसमिति लाई बधाई तथा शुभकामना साथै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सोमबार सुनसरी जिल्ला अध्यक्ष प्रदिप गहतराजको संयोजनमा भएको कार्यक्रममा सुनचाँदी व्यवसायी र कालिगडहरु बिछ अन्तरक्रिया कार्यक्रम गरिएको थियो । पछिल्लो समय व्यवसायीहरुलाई राज्यले गरेको व्यबहारका कारण निकै समस्या भोगिरहेको हुदा यस्ता समस्या बाट सुनचाँदी व्यवसायहरु कसरी उस्किन सकिन्छ भने विषयमा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा सुनसरी अध्यक्ष गहतराजले सुनचाँदी व्यवसायीलाई भन्सारको १५ प्रतिशत बढदो करको बृद्धिदरले निकै मारमा पारेको बताए । उनले भने ञ२ लाख कालिग

    • प्रकाशित मितिः जेठ ३०, २०८०
    • 1,196 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ ।"
  • अध्यादेशबाट बजेट ल्याए संविधान विरुद्धमा हुने चार दलको ठहर

    विराटनगर /  कोशी प्रदेश सरकारले संसदको चालू अधिवेशन स्थगित गरेर अध्यादेशबाट बजेट ल्याउन लागेको प्रतिपक्षी चार दलले विरोध गरेका छन् । उनीहरुले अल्पमतमा परेको एमाले नेतृत्वको वर्तमान सरकारले यथाशीघ्र विश्वासको मत लिनुको साटो मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रम नल्याई अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको शंका उत्पन्न भएको जनाएका हुन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेस संसदीय दलका नेता उद्धब थापा, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्रकुमार राई र जसपा संसदीय दलकी नेता निर्मला लिम्बूले संयुक्

    • प्रकाशित मितिः जेठ २९, २०८०
    • 841 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • साना व्यवसायीहरु एक जुट

    धरान /  अहिलेको विषम् परिस्थितिमा सबै व्यवसायीहरुलाई व्यवसाय टिकाउनै गार्‍हाे भएको समयमा साना व्यवसायीहरु अझ मारमा परेका छन् । सरकारले बढाएको करको दायरा, बैंकबाट लिएका ऋणको ब्याजवृद्धि, व्यवसायिक तरलता तथा घरधर्नीहरुले बढाएको मनोमानी भाडाका कारण समस्यामा परेका हुन् । साना व्यवसायीहरुको हक हितका लागि २०४७ सालमा गठन भएको नेपाल साना व्यवसायी संघलाई विस्तार गरेर अहिले साना उद्योगलाई समेत समेटेर नेपाल साना उद्योग व्यवसायी संघमा विस्तार गरेका छन् । व्यवसायिक हक हितका लागि अहिले पनि उनीहरु एक जुट भएर का मगदै आएका छन् । विजयपुर अत्याधित्मक मञ्च धरान १४ मा नेपाल साना उद्योग व्यवसायी स

    • प्रकाशित मितिः जेठ २९, २०८०
    • 718 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved