राजनीति

    Showing 831-840 of 1,922 items.
  • चावी बुझाएरै आन्दोलमा उत्रिए बीपीका आन्दोलरत पक्ष

    धरान । बढुवा प्रक्रियालाई लिएर आन्दोलित धरानका कर्मचारी, शिक्षक तथा चिकित्सकहरुले ओपिडी लगायतका चावी अस्पताल प्रशासनलाई बुझाएर आन्दोलनमा उत्रिएका छन् ।चावी बुझाएर आन्दोलनमा उत्रिएका शिक्षक, चिकित्सक तथा कर्मचारीका कारण प्रतिष्ठानमा हुने उपचारसहितका अन्य सेवा प्रभावित भएको छ । ओपिडी बन्द हुदा त्यहाँ आउने विरामीहरु मार्कामा परेका छन् । बढुवा प्रक्रियाको सुचारुको माग राख्दै प्रतिष्ठानका शिक्षक, चिकित्सक तथा कर्मचारीहरुको संयुक्त आन्दोलन चर्किदै गएको छ । प्रक्रियालाई अगाडि बढाउन माग राख्दै निरन्तर आन्दोलनमा होमिएका उनीहरुले आज प्रतिष्ठानको आकस्मिक कक्ष, ल्याब, एक्सरे बाहेकका सम्पूर्ण सेवाको बहिष्

    • प्रकाशित मितिः माघ १, २०८०
    • 610 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाम २ मा पहिचानवादीका तर्फबाट साझा उम्मेदवार

    धरान/ प्रदेशको नाम कोशी राखेपछि आन्दोलनरत प्रदेश नम्बर १ पुन नामकरण समितिले इलाम क्षेत्र नम्बर २ मा हुने उप निर्वाचनमा पहिचानको पक्षधरका तर्फबाट साझा उम्मेदवार उठाउने निर्णय गरेको छ । सुनसरीको धरानमा भएको बैठकले इलाममा हुने उप निर्वाचनमा पहिचान पक्षधरहरूका तर्फबाट साझा उम्मेदवार उठाउने निर्णय गरेको हो । इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित एमाले उपाध्यक्ष सुभाष नेम्वाङको मृत्यु भएपछि सो क्षेत्र रिक्त रहेको छ । धरानमा सम्पन्न २ दिने बैठकले १० वटा निर्णय गर्दै ‘कोशी’ नाम राखिएको फागुन १७ गतेलाई कालो दिन मनाउन आउँदो फागुन १७ गते प्रदेश १ मा आम हडताल गर्ने निर्णय ग

    • प्रकाशित मितिः पुस २९, २०८०
    • 909 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपीमा आन्दोलन : स्थानीय सरकारको चासो

    धरान/ बढुवा प्रक्रियालाई लिएर आन्दोलित धरानका कर्मचारी, शिक्षक तथा चिकित्सकहरुको माग सुनुवाई नभएपछि स्थानीय सरकार धरान उपमहानगरपालिकाले चासो देखाएको छ ।उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ बीपी प्रतिष्ठानमै पुगेर प्रतिष्ठानका शिक्षाध्यक्ष एवम् कावा उपकुलपति प्रा.डा. सञ्जिव शर्मा, रजिष्ट्रार सूर्य प्रसाद संग्रौलासंग भेटेर बढुवा प्रक्रिया सुचारु नहुनुको कारणबारे बुझ्नुभएको थियो । प्रतिष्ठानका अन्य पदाधिकारी सकारात्मक भएपनि निमित्त उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीको ढुलमुले प्रवृत्ति देखिएको नेतृत्व गर्न नसक्ने मेयर साम्पाङले बुझेपछि निमित्त उपकुलपतिले चाडो राजीनामा दिएर काम गर्न सक्ने नेतृत

    • प्रकाशित मितिः पुस २९, २०८०
    • 556 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘गुण र दोषको आधारमा प्रदेश सरकारको आलोचना हुन्छ’

    विराटनगर/ नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सरकारले गुण र दोषको आधारमा आलोचना हुने बताएका छन् । कोशी प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै कार्कीले अहिले नै सरकारको कामको आलोचना गरिहाल्नु पर्ने अवस्था आई नसकेको बताए । ‘सरकारको आलोचना गरिरहनु पर्ने अवस्था आई सकेको छैन, उनले भने, एक सय दिन पुरा गरेपछि मात्र सरकारको गुण र दोषको आधारमा सरकारको आलोचना हुनेछ ।’ उनले दोस्रो प्रदेश सभाको एक वर्ष पुरा भएको स्मरण गराउँदै यो एक वर्षमा प्रदेश सभाले ५ मुख्यमन्त्री र २ सभामुख पाएको समेत स्पष्ट पार्दै यस्तो अवस्थामा पनि धेरै कामहरू सभाले गर्न नसकेको बताए । गत वर्

    • प्रकाशित मितिः पुस २६, २०८०
    • 505 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बढुवा प्रक्रिया शुरुवातको माग गर्दै वीपीमा संयुक्त आन्दोलन

    धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यरत शिक्षक कल्याण समाज, विद्यार्थी कल्याण समाज र कर्मचारी कल्याण समाजले बढुवा प्रक्रियालाई सुचारु गर्नुपर्ने भन्दै संयुक्त आन्दोलन शुरु गरेका छन् । उनीहरुले विगतमा भएको सहमति कार्यान्वयनको माग गर्दै कार्डियोलोजी विभागमा तालाबन्दी समेत गरेका छन् । विगतमा बढुवा प्रक्रियाको सुचारुको माग गर्दै शिक्षक कल्याण समाज मात्र आन्दोलित थियो । आन्दोलनकै क्रममा प्रतिष्ठानको व्यवस्थापन पक्ष संग पौष २ देखि १५ गतेसम्ममा रोकिएको बढुवा प्रक्रियालाई निरन्ता दिने सहमति अनुरुप आन्दोलन स्थगित गरेका थिए । तर यतिका दिन वित्तिसक्दा पनि मागको कुनै सु

    • प्रकाशित मितिः पुस २६, २०८०
    • 549 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अन्तर्वार्ता नभए पछि वीपीका चिकित्सकहरु पुनः आन्दोलित

    धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरु पुनः आन्दोलित भएका छन् । गत कार्तिक २० गतेको सहमति अनुसार प्रमोसनको अन्तर्वार्ता सुचारू नभए पछि शिक्षक चिकित्सकहरु आजदेखी पुनः आन्दोलित भएका हुन् । शिक्षक कल्याण समाजको अगुवाइमा मंगलबार बिहान ८ बजेदेखि १० बजेसम्म उपकुलपति कार्यालय अगाडी घेराउ गरेका छन् । बुधबार (आज) पनि बिहान ८ बजेदेखि १० बजेसम्म उपकुलपति कार्यालय अगाडि घेराउ गर्ने समाजका अध्यक्ष डा.सेराज अहमद खानले जानकारी दिए । यसैगरी, ४८ घण्टाभित्र पनि अन्तर्वार्ताको तालिका प्रकाशित नभए पुष २६ गतेदेखि विगतमा स्थगित पठनपाठन र परिक्षाका बहिष्कार लगायत पुर्ववत आन

    • प्रकाशित मितिः पुस २५, २०८०
    • 586 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विधेयक विपरित पार्किङ शुल्क उठाउँदै धरान

    धरान/ मुख्य बजारमा धरान उपमहानगरपालिकाले मोटरसाइकल तथा निजि सवारी साधनलाई पार्किङ शुल्क उठाउन थाले पछि स्थानीय सरकारको चौतर्फि आलोचना हुन थालेको छ । धरान उपमहानगरपालिकाले गत कार्तिक २४ गते देखि लागु हुने गरि ठेक्का आव्हान गरेर पार्किङ शुल्क उठाउन थाले पछि स्थानीयले विरोध गर्न थालेका छन् । आर्थिक विधेयक २०८० को १० नम्बर बुँदाको २ नम्बरमा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र तोकिएका पार्किङ स्थलमा स्टेण्ड लगाउने वा पार्किङ गर्ने सार्वजनिक यातायातका सवारी साधनहरुमा पार्किङ सुविधा उपलब्ध गराए वापत यो शुल्क अशुल गर्नेछ भनिएको छ ।   ठेकेदार कम्पनीका कर्मचारीले पार्किङ शुल्क उठाउन पुर्जी

    • प्रकाशित मितिः पुस २४, २०८०
    • 795 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • त्रिविको उपकुलपति खुल्ला प्रतिष्पर्धाबाट गर्न नेविसंघको माग

    इटहरी/ त्रिभुवन विश्वविद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्नुपर्ने भन्दै नेपाल विद्यार्थी संघ सुनसरीले प्रधानमन्त्रीलाई पत्र लेखेको छ । नेविसंघ सुनसरीले विश्वविद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिका लागि दबाब दिन प्रधानमन्त्रीलाई लेखेको पत्र प्रमुख जिल्ला अधिकारी मार्फत पठाएको छ । नेविसंघले विभिन्न क्याम्पसका विद्यार्थीहरूले प्रधानमन्त्रीलाई लेखेको पत्र सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई हस्तान्तरण गरेका छन् । शुक्रवार नेविसंघ जिल्ला सभापति प्रमोद भट्टराई सहितका विद्यार्थीहरूले आफूहरूले लेखेको पत्र प्रधानमन्त्रीलाई बुझाइदिन भन्दै हस्तान्तरण गर

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 570 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिपी प्रतिष्ठानमा विद्यार्थी कोटा थपिने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता

    धरान/  आउँदो शैक्षिक सत्रबाट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा कटौती भएको विद्यार्थी कोटा थप्ने व्यवस्था गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले प्रतिबद्धता जनाएका छन् । प्रतिष्ठानको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै उनले भने, “पछिल्लो समय चिकित्सा शिक्षा ऐनमा भएको संशोधनले ५० जना विद्यार्थी कोटा कटौती गरेपछि प्रतिष्ठान आर्थिक संकटमा परेको पाइएको छ । त्यसैले आउँदो शैक्षिक सत्रबाट कटौती भएको विद्यार्थी कोटा थप्ने व्यवस्था गरिने छ ।” मन्त्री बस्नेतले प्रतिष्ठान धरानको मात्र प्रतिष्ठा नभई एसियाकै ठुलो अस्पताल रहेकाले नेपालकै प्रतिष

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 521 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सांसदको निर्माण कम्पनीलाई कार्वाहीको तयारी

    विराटनगर/ नेपाली काँग्रेसबाट निर्वाचित सांसद रामेछापका प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ सञ्चालक रहेको कान्छाराम कन्ट्रक्सनलाई कोशी प्रदेश सरकारले कारवाहीको तयारी थालेको छ । सम्झौता अनुसार काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्ने कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चेतावनी दिएको थियो । सोही अनुसार कोशी प्रदेशका विभिन्न स्थानमा सडक निर्माणको ठेक्का लिएको कान्छाराम कन्ट्रक्सनलाई कारवाहीको तयारी थालेको हो । पटक–पटक ताकेता गरेपनि काम नभएपछि मन्त्रीस्तरीय अनुगमन गराएर ठेकेदारलाई अल्टिमेटम दिएको पुर्वाधार विकास कार्यालय मोरङका प्रमुख इन्जिनियर शुशिल श्रेष्ठले बताए ।

    • प्रकाशित मितिः पुस १९, २०८०
    • 617 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved