सांसदले सुरु गरेको घर निर्माण अभियानमा मुख्यमन्त्रीको श्रमदान

  • माघ २१, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ विराटनगरमा सुकुम्बासीको घर निर्माणमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले श्रमदान गरेका छन् ।

मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले सुरु गरेको विराटनगर १६ दरैयाका सुकुम्बासी शिव राईको घर निर्माण अभियानमा शुक्रबार मुख्यमन्त्री कार्कीले श्रमदान गरेका हुन् ।

आर्थिक अभावका कारण राईका तीन छोराछोरीसहित पाँच जनाको परिवार झुपडीमा बस्दै आएको थियो ।

उनका लागि शुक्रबार सांसद मण्डलको पहलमा जस्तापाताले छाएको अस्थायी घर निर्माण भएको हो ।

घर निर्माण सामग्री जीवन विकास लघुवित्त वित्तीय संस्था कटहरीले उपलब्ध गराएको थियो । घरमा ओछ्याउन म्याट्रेस, त्रिपाल, कम्बल,भाडावर्तन र खाद्यान्न मुख्यमन्त्री कार्कीले उपलब्ध गराएका थिए ।

जाडो मौसममा पाँच जनाको परिवार कष्टकर रुपमा बसिरहेको गुनासो आएपछि घर निर्माण गरिएको सांसद मण्डलले बताए ।

‘यहाँ आएर हेर्दा अवस्था दयानिया थियो, १० दिनअघि डस्ना र सिरक उपलब्ध गराइएको थियो,’ मण्डलले भने,‘ विभिन्न क्षेत्रको समन्वयमा आज श्रमदान गरेर अस्थायी घर निर्माण गरेका छौं ।’ उनले श्रमदानको अभियान निरन्तर चल्ने बताए ।

मुख्यमन्त्री कार्कीले गरीब, दलित, सुकुम्वासीको साथमा सरकार छ भन्ने सन्देश दिनका लागि घर निर्माणमा श्रमदान गरेको बताए ।

विपन्नलाई सरकारको अनुभूति गराउने गरी काम गरिरहेको उनले बताए । ‘निर्वाचनका बेलामा गरेको बाचा पूरा गर्न श्रमदान गरिरहेको छु,’

उनले भने,‘ गरीबका दुःख समाजका सबैले बुझेर एक अर्कालाई सहयोगको भावना विकास गराउनुपर्छ ।’

घर निर्माणमा मुख्यमन्त्री कार्की,सांसद मण्डलसँगै जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डललगायतले पनि श्रमदान गरेका थिए ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved