हिसान सुनसरीद्धारा तीन पत्रकार शिक्षा पत्रकारिता पुरस्कारबाट सम्मानित लोक नृत्य प्रतियोगितामा धरान आदर्श प्रथम

  • माघ २१, २०८०
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/  उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) सुनसरीले हिसान शिक्षा पत्रकारिता पुरस्कारबाट सुनसरीका तीन जना पत्रकारलाई सम्मान गरेको छ ।

इटहरी स्थित कस्तुरी कलेजमा हिसान स्पोर्टस मिट २०८० को समापनको अवशर पारेर हिसान सुनसरीले पत्रकारिताको माध्यमबाट शैक्षिक जागरण तथा सचेतना विकास गर्न योगदान पुर्‍याएको भन्दै पत्रकार अर्जुन सुवेदी, भोजराज श्रेष्ठ र जयकृष्ण यादवलाई जनही नगद १० हजार पुरस्कार सहित सम्मान तथा पुरस्कृत गरेको हो ।

सुबेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन भने श्रेष्ठ ब्लष्टटाईम्स दैनिकका कार्यकारी सम्पादक हुन । यादव गोरखापत्र दैनिकका इनरुवा संवाददाताको रुपमा कार्यरत छन ।

उनीहरुलाई हिसानका केन्द्रिय उपाध्यक्ष युवराज शर्मा, केन्द्रिय सदस्य बलराम पन्त, मुकुन्द घिमिरे, गंगाप्रसाद चौलागाई, सल्लाहकार लेखनाथ घिमिरे लगायतले दोसल्ला र सम्मानपत्र सहित नगद पुरस्कारले पुरस्कृत गरे ।

हिसान सुनसरीले प्रत्येक बर्ष बिशेषगरी शिक्षा क्षेत्रमा कलम चलाउने पत्रकारहरूलाई सम्मान तथा पुरस्कृत गर्दै आएको अध्यक्ष सागरप्रसाद भटराईले बताए ।

यसअघि यो पुरस्कारबाट पत्रकार भैरव आङला, सुबिद गुरागाई र हिमाल दाहाल सम्मानित भइसकेका छन ।

लोक नृत्य प्रतियोगितामा धरान आदर्श प्रथम

यसैबिच हिसान सुनसरीको लोक नृत्य प्रतियोगितामा धरान आदर्श उच्च माबि प्रथम भएको छ ।

इटहरीस्थित कस्तुरी स्कुलमा सम्पन्न थारु लोक नृत्य प्रतियोगितामा धरान आदर्शले सहभागी १९ वटा बिद्यालयलाई पछी पार्दै च्याम्पियन बनेको हो ।

यस्तै इटहरी नमुना स्कुल दोस्रो भएको छ । कस्तुरी कलेज तेस्रो हुदा कोशी सेन्टजेम्स इटहरी सान्तवना स्थान हासिल गरेको छ ।

 

महेन्द्रगेटको सौन्दर ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाको प्रसाशनिक केन ...

आफुले पाएको मत पहिचा ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा पराजित पहिचान प ...

नेपालको राष्ट्रिय चर ...

काठमाडौँ/ काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरी ...

धरानमा दिप प्रज्वलन, ...

धरान/ मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved