वराहक्षेत्र मेयर लिग कप फुटबल वडा नं ६ र ९ ले अङ्क बाडेँ, २ र १० वरावरीमा

  • माघ २४, २०८०
  • कोशीपत्र/संवाददाता
alt - संगम विष्ट

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी दोस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत मङलबार वडा नं ६ र वडा नं ९ बिच भएको पहिलो खेल बराबरीमा टुङ्गिएको छ ।

दुवै टिमबाट निर्धारित र अतिरिक्त समयमा एक– एक गोल खेल पछि दुवै टिमले १–१ अङ्क बाँडेका थिए ।

तिन खेलमा एक खेलमा पराजित र दुई खेल वरावरी खेलेको वडा नं ६ ले प्रतियोगितामा २ अंङ्क जोडेको छ । त्यस्तै लगातार तिन खेलमा दुई खेलमा जित र एक खेलमा वरावरी खेलेको वडा नं ९ ले प्रतियोगितामा ७ अङ्क जोडेको छ ।

खेलमा उत्कृष्ट प्रदशन गरेका वडा नं ९ का क्याप्टेन संन्तोष श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।

उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए । त्यस्तै मंगलबार भएको वडा नं २ र वडा १० बिचको दोस्रो खेल बराबरीमा टुङ्गिएको छ । दुवै टिमबाट निर्धारित र अतिरिक्त समयमा एक– एक गोल खेल पछि दुवै टिमले १–१ अङ्क बाँडेका थिए ।

तिन खेलमा दुई खेलमा पराजित र एक खेल वरावरी खेलेको वडा नं २ ले प्रतियोगितामा १ अङ्क जोड्न सफल भएको छ । भन्ने तिन खेलमा एक खेलमा पराजित , एक खेलमा बिजयी र एक खेल वरावरी खेलेको वडा नं १० ले प्रतियोगितामा ४ अङ्क छ ।

खेलमा उत्कृष्ट प्रदशन गरेका वडा नं २ का दिपेश तामाङ्ग म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए ।

वराहक्षेत्र नगरपालिकामा पहिलो पटक गत बर्षदेखि लिग फम्र्याटमा सुरु भएको प्रतियोगितामा बुधबार पहिलो खेल वडा नं ४ र वडा नं ७ तथा दोस्रो खेल वडा नं ५ र वडा नं ११ का बिच हुनेछ ।

नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिका वडा नं.७ देबिघाट स्थिति वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा जारि प्रतियोगिताको खेलकुद हाम्रो सान खेलाडी उत्पादन गर्ने हाम्रो अभियान भन्ने नारा दिएको छ ।

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved