धरानको बिकाशका चिन्तक प्रभु श्रेष्ठको निधन

  • माघ २३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / धरानका सामाजिक व्यक्तित्व तथा धरान सरोकार समाज काठमाडौंका अध्यक्ष प्रभुप्रसाद श्रेष्ठको निधन भएको छ ।

 काठमाडौंमा रहेका धरानेहरु जुटाएर धरानको विकास निर्माणमा हातेमालो गर्ने उद्देश्यले स्थापित धरान सरोकार समाजका अध्यक्ष रहेका श्रेष्ठले धरानको विकास निर्माणका लागि राजधानीमा बसेर उल्लेख्य काम गरेका थिए । 

उनले धरानको विकास, निर्माणमा सहयोग पुरयाउन धरान सरोकार समाज गठन गरेका थिए ।

मृगौला रोगबाट पीडित उनको सोमबार दिउँसो निधन भएको छ । 

धरान–२ पुरानो बजारस्थित आफ्नै निवासमा मृगौलाको डायलासिस गराइरहेका उनी घरमै लडेपछि उनको टाउकोमा चोट लागेको र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए ।

उनको उपचारका क्रममा निधन भएको हो ।

आर्थिक, भौतिक, सामाजिक हिसाबले उनी धरानको विकासका लागि काठमाडौंमा बसेरै भएपनि काम गरिरहेका थिए ।

 धरानमा एडिबी खानेपानी योजना ल्याउन उनको मुख्य भूमिका रहेको थियो । यस्तै, धरानमा मालपोत कार्यालय ल्याउन पनि उनको ठूलो हात छ ।

यस्तै, धरानमा सिटी हस्पिटलको खोल्नका लागि उनले प्रक्रियाका लागि दौडधुप समेत गर्दै आएका थिए ।

 अत्यन्तै मिलनसार, सबैलाई मिलाउन सक्ने क्षमता भएका उनी जहिल्यै धरान सोंचेर हिँडिरहेका भेटिन्थे ।

 धरानका मेयर, सांसद वा ठूला नेतालाई भेटेर धरानको बारेमा चिन्ता व्यक्त गरिरहने उनको धरानको खेलकुदको विकासमा पनि योगदान रहँदै आएको छ ।

 उनी यसअघि राष्ट्रिय खेलकुद परिषद्को सदस्य, टेबलटेनिसको राष्ट्रिय कोच, धरान जेसीज १९८१ मा अध्यक्ष समेत भइसकेका उनी धरानको विकासका लागि मरिमेट्ने गर्दथे ।

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved