समस्या समाधान गर्न एमाले धरानले बुझायो ९ बुँदे ध्यानाकर्षणपत्र

  • माघ २४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानको सामाजिक विषयवस्तु समेटेर राजनितिक दलबाट समाधान गर्नुपर्ने विषयहरुमा पहल गर्न नेकपा एमाले धरान उपमहानगर कमिटीले ९ बुँदे पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्य्रक्ष केपी शर्मा ओलिलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

धरानका विभिन्न समस्या रहेको हुदा समाधान गर्न पार्टी केन्द्रिय कमिटीको तर्फबाट विषेश पहल गरिदिनु हुन अनुरोध गर्दै पुर्वप्रधानमन्त्रीलाई तथा पार्टीका केन्द्रिय अ्रध्यक्ष ओलिलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

ध्यानाकर्षण पत्रमा नेकपा एमाले नेतृत्वको सरकारले योजना गरि डिपीआर सुरु भएको धरान –लेउती सुरुङ मार्गबाट बहुउद्येशीय लाभ लिन सकिने तथा धरान सहित आसपासका क्षेत्रको खानेपानी समस्या समाधान गर्न सोही सुरुङ मार्गलाई प्रयोग गर्न सकिने भएको हुदा उक्त योजनालाई राष्ट्रिय गौरबको आयोजनाको रुपमा राखिदिने ब्यबस्था गरिदिनु पहल गरिदिन आग्रह गरिएके छ ।

त्यस्तै गरि सर्दु तथा सेउती करिडोर निर्माण गरि पर्यटन तथा ब्यापारीक क्षेत्रहरु निर्माण गर्न आवश्यक निर्णय तथा बजेटको ब्यबस्था गरिदिनु, मदन भण्डारी लोकमार्गको सुनसरी,मोरङ,झापा र इलामका बनक्षेत्रमा कटान आदेश नभएका कारण कार्य रोकिएको हुदा रोकिएका कार्यहरु सम्पन्न गर्न आवश्यक पहल गरिदिन,

धरानमा रहेको नेपाल संस्कृत विश्वविद्यालय अन्र्तगतको पिण्डेश्वर क्याम्पसलाई बहुभाषिक विश्वविद्यालयको रुपमा विकास गर्न आवश्यक निती निर्माणका लागि पहल गरिदिन, धरानको विजयपुर धार्मिक,सास्कृतीक तथा ऐतिहासिक महत्व बोकेको र यसको विकासका लागि बृहत्तर विजयुर विकासका समिती गठन गरि आवश्यक निती तथा बजेट ब्यबस्थाका लागि पहल गरिदिनु हुन ।

साथै विजयुर क्षेत्रलाई विश्व सम्पदा सुचीमा सुचिकरणका लागि पहल गरिदिनु आग्रह गरिएको छ ।

ध्यानाकर्षणपत्रमा सर्दु जलाधार क्षेत्रको साविक सुनसरी बाझोगरा ९ (क) र घोपा ७ (घ र ङ) बाहेकका क्षेत्र उठान क्षेत्र भएकोले त्यसका लगत कट्टा गरि पुर्ण संम्रक्षणका लागि विषेश नितीगत तथा बजेट ब्यबस्थापन गरिदिनु हुन ।

साथै साविक सुनसरी बाझोगरा ९ (क) र घोपा ७ (घ र ङ) कहिलेपनि उठान क्षेत्र नभएको हुदा त्यस क्षेत्रमा बसोबास गर्ने करिब ३५ सय परिवारको रोक्का रहेको जग्गा फुकुवाका लागि विषेश पहल गरिदिनु हुन,

धरान औद्योगिक ग्राम निर्माणका लागि एकमुष्ट बजेट ब्यबस्थाका लागि पहल गरिदिन, जोगबनी –धरान सडक आयोजनाको धरान बजार क्षेत्रलाई शहरी सडकको मापदण्ड कायम गर्ने ब्यबस्था गरिदिनु हुन ।साथै हालको कोशी राजमार्गलाई शहरी सडकमा रुपान्तरण गर्न आवश्यक पहल गरिदिन।

 धरान–बराहक्षेत्र –रामधुनी रिङरोड निर्माणका लागि पहल गरिदिनु हुन आग्रह गरिएको छ ।

धरान उपमहानगरपालिकाका अध्यक्ष हर्कजंङ एभेङ सहितको टोलिले झापाको एक कार्यक्रममा आएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलिलाई भेट गरि ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

त्यसै गरि कोशी प्रदेश सभाका संसदिय दलका नेता हिक्मत कार्कीलाई पनि धरानको समस्या समाधानका लागि पत्र बुझाएका छन् ।

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved