दुग्धजन्य वस्तु निर्यातमा कोशी सरकारले अनुदान दिने

  • माघ २३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ कोशी प्रदेश सरकारले प्रदेशमा उत्पादित घिउ र धूलो दूध निर्यातमा प्रोत्साहन अनुदान दिने भएको छ । यसका लागि न्यूनतम मापदण्ड तयार गरिएको छ ।

प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयले कृषि व्यवसाय प्रबर्द्धन अनुदान [दोस्रो संशोधन] मापदण्ड २०८० तयार गरेको हो ।

उक्त मापदण्डअनुसार नौनी घिउलाई प्रतिकिलो ९० रुपैयाँ, घिउूमा प्रतिकिलो १२० रुपैयाँ, होल मिल्क पाउडरलाई प्रतिकिलो ८० रुपैयाँ र स्किम मिल्क पाउडरलाई प्रतिकिलो ७० रुपैयाँ अनुदान दिइने भएको छ ।

यी अनुदान पाउन लागि निर्यातकर्ताले विभिन्न न्यूनतम प्राविधिक मापदण्ड पूरा गर्नुपर्ने जनाइएको छ ।

अनुदान प्राप्त गर्नका लागि निर्यात गर्दा भन्सार कार्यालयले उपलब्ध गराएको परिमाण खुलेको बिलबिजक तथा प्रतीतपत्रको प्रतिलिपि र कस्टम क्लियरेन्स फर्म तथा धुलो दूध उत्पादन गर्ने उद्योगको हकमा दूध संकलन वा दूध खरिद गरेको प्रमाणित प्रतिलिपि पेश गर्नुपर्नेछ ।

 प्रदेश सरकारले तय गरेको निर्यातमा प्रोत्साहन अनुदान सञ्चालन प्रक्रियाअनुसार सार्वजनिक सूचना पनि आव्हान गरिसकेको छ ।

उद्योग कृषि तथा सहकारी मन्त्रालयले गत माघ १४ गते एक सूचना प्रकाशित गरी आगामी जेठ मसान्तसम्ममा तोकिएको ढाँचामा निवेदन पेश गर्न आह्वान गरेको हो ।

उद्योगीहरुले बंगलादेशका व्यवसायीबाट नेपालमा उत्पादित धुलो दूध र नौनी तथा घिउको माग भएको बताएका थिए ।

सरकारले अनुदान नदिए बंगलादेश पठाउँदा आफूहरुलाई घाटा हुने भन्दै दूधजन्य वस्तुको निर्यातमा न्यूनतम अनुदानको व्यवस्था गर्न प्रदेश सरकारसँग डेरी उद्योगहरुले माग गर्दै आएका थिए ।श्रोत :  प्रदेश खबर

 

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved