विपी प्रतिष्ठानको समस्या सहजीकरणका लागि सुनसरीका माननीयको मुख्यमन्त्रीलाई ध्यानाकर्षण

  • माघ २२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर,/ पछिल्लो समयमा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको आन्दोलनले यहाँको स्वास्थ्य उपचार र शैक्षिक कार्यक्रम अलपत्र परेको भन्दैं सुनसरी जिल्लाबाट निर्वाचित नेकपा एमाले सम्बद्ध प्रदेशसभा सदस्यहरुले कोशी प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएका छन्न् ।

आइतबार मुख्यमन्त्री केदार कार्कीलाई ध्यानाकर्षण पत्र बुझाउदैं यहाँ भएको आन्तरिक समस्या सुल्झाउन संघीय सरकार र पदाधिकारीसँग आवश्यक समन्वय र सहजिकरण गर्न आग्रह गरेका हुन ।

स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्च शिक्षा अध्ययन अध्यापन अनुसन्धान तथा स्वास्थ्य उपाचारको लागि धेरै महत्त्वपूर्ण संस्था हुँदाहुँदै पनि सो संस्था विभिन्न कारणले क्रमश धरासायी बन्दै गईरहेकोप्रति उनीहरुले प्रदेश सरकारलाई गम्भीर बन्न सुझाएका हुन ।

ुकेही महिना यता सो संस्थाका चिकित्सक तथा कर्मचारीले स्वाभाविक रुपमा हुनुपर्ने आ९आफ्नो पद तहको बढुवा तथा स्तरोन्नतीको माग राखी आन्दोलन गरीरहेको कारण विध्यार्थीको पढाइ तथा नागरीकको उपाचार लगायतका सेवा प्राय ठप्प भैरहेको कारण ठूलो समस्या उत्पन्न भएको छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ तपाई यस प्रदेशको मुख्यमन्त्री तथा स्वास्थ्यमन्त्री समेत भएकाले सम्बन्धित प्रतिष्ठानका पदाधिकरी र संघीय सरकारसँग आवश्यक समन्वय र सहजीकरण गरी समस्याको तत्काल निराकरण गर्न अति आवश्यक भएकाले हामि सुनसरी जिल्लाका तत्काल उपलब्ध प्रदेश सभा सदस्यहरुले यो ध्यानाकर्षण माननीय मुख्यमन्त्रीज्यू समक्ष प्रस्तुत गरेका छौं ।

ध्यानाकर्षण बुझाउन प्रदेश सभा सदस्यहरु विजयकुमार राई, रमेश कुमार बस्नेत, रेवतीरमण भण्डारी, रामप्रसाद महतो,

रोहितबहादुर कार्की, रामदेव यादव, मीना श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

प्रतिष्ठानमा लामो समयदेखि आन्तरिक बढुवा नभए पछि चिकित्सक, कर्मचारी र शिक्षकहरुले आन्दोलन गर्दा यहाँको शैक्षिक कार्यक्रम, स्वास्थ्य उपचार सेवा प्रभावित हुदैं आएको छ । यहाँको समस्या सुल्झाउन संघीय सरकार जिम्मेवार नहुदा समस्या झनझन बढ्दैं गएको छ ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved