राजनीति

    Showing १,८११-१,८२० of १,९५९ items.
  • नेकपामा किचलो सचिवले बैठक बोलाइन, अध्यक्षले उपस्थित नहुन आग्रह गरे

    इलाम । नेकपा जिल्ला कमिटी इलामको पुर्ण बैठक बारेमा अध्यक्ष र सचिव बिच अन्तरबिरोध देखिएको छ । राष्ट्रिय राजनितिमा नेकपाका अध्यक्षद्धय प्रचण्ड र ओली समुहबिच फुटको संघारमा पुगेपछि बैठक बारेमा फरक फरक निर्णय बाहिरिएको हो । प्रचण्ड निकट मानिने सचिव सोममाया राई सिन्धुले पुष १७ गते शुक्रबार ११ बजे जिल्ला समन्वय समितिको सभाकक्षमा पुर्ण बैठक बोलाएपछि प्रदेश सरकारको भुमि व्यवस्था तथा सहकारी राज्यमन्त्री समेत रहेका जिल्ला अध्यक्ष राम मगरले पार्टी हित विपरित भेला बैठकमा उपस्थित नहुन अनुरोध गरेका छन् । मगरद्धारा हस्ताक्षरित विज्ञप्तमा भनिएको छ ‘ पुस १७ गतेका दिन बैठक भनेर भ्रामक ढंगले निमन्त्रणा गर

    • प्रकाशित मितिः पुस १९, २०७७
    • ७४४ पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • ‘प्रचण्ड–नेपाल विभाजित मनस्थितीबाट अघि बढे’

    धरान ।  प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटनको प्रस्ताव राष्ट्रपति समक्ष पेश गरे सँगै शुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद यती बेला उत्कर्षमा पुगेको छ । विवाद शुरु भए पछि ओलि पक्ष र प्रचण्ड–नेपाल समुहमा विभाजित बनेको नेकपा कसको समुह आधिकारिक भन्ने पनि अन्यौल बढेको छ । दुवै पक्षले आ–आफ्नो समुहलाई आधिकारिक रहेको दाबी गरिरहेको छ । केपी ओलि पार्टीको अध्यक्ष रहेकाले उनकै समुह संस्थापन रहेको ओलि समुहको दाबी छ भने बहुमत प्रचण्ड–नेपाल समुहमा रहेकाले आप्mनो समुह संस्थापन रहेको अर्को पक्षको दाबी रहेको छ । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओ

    • प्रकाशित मितिः पुस १९, २०७७
    • ८७६ पटक पढिएको
    • "सन्जोग बाबु दाहाल"
  • इटहरीका मेयर तटस्थ, वडामा प्रचण्ड- नेपाल पक्ष बलीयो, खुल्नै छाडयो पार्टी कार्यालय

    इटहरी संसद बिघटन पछि फुटको संघारमा पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्किएको बिवादको असर सुनसरीको इटहरीमा पनि देखिन थालेको छ । बिस वटाकमिटी रहेको इटहरीमा १८ वडा कमिटिका अध्यक्ष र सचिवहरूले संविधान बिपरित सांसद बिघटन गरेको भन्दै प्रधानमन्त्री ओलीको बिरोध जनाएका छन । उनिहरूले ओलीलाइ प्रतिगमनकारी भन्दै प्रचण्ड र नेपालको पक्षमा रहेको घोषणा समेत गरेका छन । उनीहरूले पार्टी बिभाजनको बिरोध गर्दै पुनः ऐक्यवद्धताको माग पनि गरेका छन । बिहीबार वार्ड कमिटिका अध्यक्ष र सचिवहरूले संयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै आफुहरू नेकपा बिभाजनको पक्षमा नरहेको र साथ दिनै परेमा पार्टी अध्यक्ष दहाल र नेप

    • प्रकाशित मितिः पुस १७, २०७७
    • १,२५१ पटक पढिएको
    • "तेजबहादुर बन "
  • प्रदेश १ मा बढ्यो नेकपाभित्र समूहगत कार्वाहीको श्रृंखला

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध हस्ताक्षर अभियान चलाएपछि आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गरेसंगै नेकपामा शुरु भएको कलह झन् चुलिएको छ । आङ्बोलाई निलम्बन गरेका राईलाई नेकपा दाहाल–नेपाल समूहले विहीबार संसदीय दलबाट नै हटाई दिएको छ । यसबारको लिखित जानकारी प्रदेश सभालाई गराइएको छ । यसअघि राईले आफूमाथि कार्वाही गर्ने समूहका सांसदलाई लिखित स्पष्टीकरण सोधेका थिए । तर, विहीबार उनलाई नै संसदीय दलको नेताबाट हटाइयो । त्यसको जवाफमा दाहाल–नेपाल समूहका १५ जना सांसदलाई मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईले निलम्बन गरिदिएका हुन । दाहाल&nda

    • प्रकाशित मितिः पुस १६, २०७७
    • १,१४८ पटक पढिएको
    • "कुमार लुइँटेल"
  • प्रदेश एकमा दुइ नेताको टकराव : दोधारमा कांग्रेस, बहुमत जुटाउन दौडमा मुख्यमन्त्री राई

    इटहरी । राष्ट्रपति बिद्यादेवि भण्डारीले संसद बिघठन गरे लगत्तै उत्पन्न नेकपा भित्रको बिवाद केन्द्र हुदै प्रदेशमा आइपुग्दा राजनीतिक माहोल तातिएको छ । प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राइ बिरूद्ध प्रचण्ड – नेपाल पक्षका नेकपा नेताहरूले अविस्वासको प्रस्ताव दर्ता गरिसकेका छन । केन्द्रमा नेकपा बिच बिवाद चलेसंगै अल्पमतमा परिसकेका मुख्यमन्त्री राइ नेतृत्वको सरकार गिराएर नेकपाकै नेतृत्वमा अर्को सरकार गठन गर्ने केन्द्रिय सचिव समेत रहेको भिम आचार्यको पक्ष लागि परेका छन भने अविस्वासको प्रस्ताव दर्ता भएपनि संसदमा बहुमत पु¥याएर सामना गर्ने अडानमा मुख्यमन्त्री राई रहेका छन । राइको सरकार गिरेपछ

    • प्रकाशित मितिः पुस १६, २०७७
    • १,१६६ पटक पढिएको
    • "तेजबहादुर बन "
  • खनालको जिल्लाका जनप्रतिनिधी ओली पक्षमा

    इलाम । केन्द्रीयस्तरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि विस्तारै यसको असर जिल्लास्तरमा देखिन थालेको छ । औपचारिक रूपमा विभाजित भएपछि इलाममा समेत यसको प्रभाव पर्न थालेको हो ।  नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्ष र अर्को नेकपा प्रधानमन्त्री केपी शर्मा ओलीमा विभाजित बनेपछि दुईतर्फ नै राजनीतिक कृयाकलाप बढेका छन् । इलाम प्रचण्ड–नेपाल पक्षधरमा रहेका वरिष्ठ नेता झलनाथ खनाल र नेकपा (ओली समूह) नेता सुवासचन्द्र नेम्वाङको गृहजिल्ला हो । नेकपा विभाजित भएसँगै इलाममा पनि पक्षधरको प्रभाव देखिन थालेको छ । इलाममा १० वटा स्थानीय तह छन । जसमध्ये सात स

    • प्रकाशित मितिः पुस १५, २०७७
    • १,०८२ पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • सरकारमा जाने–नजाने विषयले कांग्रेसमा विवाद

    विराटनगर । प्रदेश १ सरकार विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएसंगै नयाँ सरकार गठनमा नेपाली कांग्रेसको भूमिकाको विषयमा बहस शुरु भएको छ । सरकारमा सहभागी हुनेबारे कांग्रेसले नीतिगत निर्णय गरेको छैन । तर, प्रदेशस्तरमा निर्णय गरी सरकारमा सहभागी हुने अवस्था पनि सिर्जना भएको देखिदैन । संसदीय दल केन्द्रको निर्णयको पर्खाईमा छ । यता, प्रदेश राजधानी विराटनगरमा उपलब्ध केन्द्रीय नेताहरुले समेत प्रदेशमा बद्लिएको राजनीतिक परिस्थितिबीच संसदीय दलसंगल छलफल शुरु गरेका छन । प्रतिनिधि सभा विघटनको विरोधमा पार्टीले घोषणा गरेको कार्यक्रममा सहभागी हुन प्रदेश राजधानी विराटनगर आईपुगेका पार्टीका केन्द्रीय नेतामा समेत सरक

    • प्रकाशित मितिः पुस १५, २०७७
    • ७०४ पटक पढिएको
    • "कुमार लुइँटेल"
  • प्रदेशमा सरकार फेर्न अन्य दलसंग पनि छलफल हुँदैछ : नेता भीम आचार्य

    विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिव तथा प्रदेश १ मा मुख्यमन्त्रीका दाबेदार भीम आचार्यले प्रदेश सरकार लथालिंग हिसाबले चलेकोले फेर्न प्रयास थालनि भएको बताएका छन । उनले सरकार ठिक ढंगले नचलेको र पार्टी चोइटिएर जाने अवस्था आएकोले अब आफूहरुले सरकार बनाउने पहल थालेको स्पष्ट गरेका छन । नेकपाको प्रदेश १ कार्यालय विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै नेता आचार्यले भने,“अब वैकल्पिक नेतृत्व चाहिने भएको छ । कसैलाई गाली गलौच गर्नु पनि छैन । आलोचना गर्नु छैन । संघीयताका पक्षधर हौं । लोकतन्त्रका पक्षधर पनि हौं । यसलाई बचाउन अब सबै लाग्नु पर्ने अवस्था आएको छ ।” जनमत प्राप्त सरकार

    • प्रकाशित मितिः पुस १३, २०७७
    • १,६६९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मुख्यमन्त्रीको लाइनमा आचार्य, राई भन्छन : प्रदेशसभामा फेस गर्छु

    विराटनगर । नेपाल कम्यनिष्ट पार्टी, दाहाल–नेपाल समूहका नेता भीम आचार्यलाई मुख्यमन्त्री पदमा प्रस्ताव गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव दर्ता भएको छ । आचार्य यसअघि मुख्यमन्त्री राईसंगै मुख्यमन्त्री पदमा हारेका थिए । नेकपाका ३७ जना सांसदले हस्ताक्षर गरेको निवेदन प्रदेशसभामा सचिवालय विराटनगरमा आईतबार दर्ता भएको छ । प्रस्तावकमा प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो र समर्थक लक्षुमन तिवारी छन । राई विरुद्ध अविश्वासको प्रस्ताव सँगै नयाँ मुख्यमन्त्रीमा भिम आचार्यलाई अघि सारिएको छ । अविश्वास प्रस्तावमा मुख्यमन्त्री राईले प्रदेश

    • प्रकाशित मितिः पुस १३, २०७७
    • १,१६७ पटक पढिएको
    • "कुमार लुइँटेल"
  • प्रतिगामी कदमविरुद्ध सशक्त आन्दोलनमा जाने श्रमिकहरुको साझा प्रतिबद्धता

    धरानलाई कार्यक्षेत्र बनाएर कार्यरत विभिन्न क्षेत्रका श्रमिकहरुको भेलाले वर्तमान राजनीतिक संकट प्रतिगामी कदम भएको ठहर गरेका छन् । उनीहरुले प्रतिगामी कदमविरुद्ध सशक्त आन्दोलनमा जाने साझा प्रतिबद्धता व्यक्त गरेका हुन् । धरानका यातायात, उद्योग, निर्माण, अटो, सुरक्षा, सरसफाइलगायतका क्षेत्रमा कार्यरत श्रमिकहरुले साझा प्रतिबद्धता व्यक्त गर्दै सशक्त आन्दोलनको विकल्प नभएको बताएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको उपस्थितिमा धरानका श्रमिकहरुले साझा धारणा बनाएको संगठनका धरान अध्यक्ष कमल भट्टराईले जानकारी दिए ।   प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसम

    • प्रकाशित मितिः पुस १२, २०७७
    • १,४०१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved