नेकपामा किचलो सचिवले बैठक बोलाइन, अध्यक्षले उपस्थित नहुन आग्रह गरे

  • पुस १९, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम । नेकपा जिल्ला कमिटी इलामको पुर्ण बैठक बारेमा अध्यक्ष र सचिव बिच अन्तरबिरोध देखिएको छ । राष्ट्रिय राजनितिमा नेकपाका अध्यक्षद्धय प्रचण्ड र ओली समुहबिच फुटको संघारमा पुगेपछि बैठक बारेमा फरक फरक निर्णय बाहिरिएको हो ।

प्रचण्ड निकट मानिने सचिव सोममाया राई सिन्धुले पुष १७ गते शुक्रबार ११ बजे जिल्ला समन्वय समितिको सभाकक्षमा पुर्ण बैठक बोलाएपछि प्रदेश सरकारको भुमि व्यवस्था तथा सहकारी राज्यमन्त्री समेत रहेका जिल्ला अध्यक्ष राम मगरले पार्टी हित विपरित भेला बैठकमा उपस्थित नहुन अनुरोध गरेका छन् ।

मगरद्धारा हस्ताक्षरित विज्ञप्तमा भनिएको छ ‘ पुस १७ गतेका दिन बैठक भनेर भ्रामक ढंगले निमन्त्रणा गरिरहेको सन्नमा आएको हुँदा भोली पार्टीको जिल्ला कमिटीको बैठक नरहेको र त्यसप्रकारका कुनै पनि पार्टी हित विपरित भेला बैठकमा उपस्थित नहुनको लागि पार्टी जिल्ला कमिटीका सबै पदाधिकारी तथा सदस्यहरुमा अनुरोध गर्दछु ।’

जिल्ला कमिटीका पदाधिकारीहरु समेत दुवै समुहमा बाडिएका छन् । केही पदाधिकारीहरु प्रधामन्त्री झलनाथ खनाल रहेको प्रचण्ड समुहमा रहँदा केही सुवास नेम्बाङ रहेको ओली समुहमा विभाजित हुन पुगेका छन् ।

प्रधानमन्त्रीको असंबैधानिक कदमपछि दुवै गुटका कार्यकर्ताहरुले जिल्लामा गतिविधि सक्रिय बनाएका छन् ।

प्रचण्ड–नेपाल–खनाल गुटका कार्यकर्ताहरु प्रधानमन्त्रीको कदमका विरोध जुलुस गरिरहँदा ओली निकट कार्यकर्ता फकाउने जिल्लाका विभिन्न क्षेत्रमा भेला र छलफल आयोजना गरिरहेका छन् ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved