प्रतिगामी कदमविरुद्ध सशक्त आन्दोलनमा जाने श्रमिकहरुको साझा प्रतिबद्धता

  • पुस १२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरानलाई कार्यक्षेत्र बनाएर कार्यरत विभिन्न क्षेत्रका श्रमिकहरुको भेलाले वर्तमान राजनीतिक संकट प्रतिगामी कदम भएको ठहर गरेका छन् । उनीहरुले प्रतिगामी कदमविरुद्ध सशक्त आन्दोलनमा जाने साझा प्रतिबद्धता व्यक्त गरेका हुन् ।

धरानका यातायात, उद्योग, निर्माण, अटो, सुरक्षा, सरसफाइलगायतका क्षेत्रमा कार्यरत श्रमिकहरुले साझा प्रतिबद्धता व्यक्त गर्दै सशक्त आन्दोलनको विकल्प नभएको बताएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको उपस्थितिमा धरानका श्रमिकहरुले साझा धारणा बनाएको संगठनका धरान अध्यक्ष कमल भट्टराईले जानकारी दिए ।

BhimJwalaRai_Dharan1

 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको विरोधमा श्रमिकहरुले आपत्ती जनाएका हुन् । प्रधानमन्त्री ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमको विरुद्ध आन्दोलनमा उत्रने श्रमिकहरु बताउँछन् ।

गत आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरेका थिए । नेकपाको प्रचण्ड–माधव समूह, नेपाली कांग्रेस र जनता समाजवादी (जसपा)ले प्रधानमन्त्री ओलीको कदमले देशलाई गम्भीर संकटतिर धकेलेको भन्दै विरोध गर्दै आएका छन् ।

BhimJwalaRai_Dharan2

नेकपाको प्रचण्ड–माधव समूहले पुस १४ गते देशव्यापी जिल्ला केन्द्रित प्रदर्शन गर्ने जनाएको छ ।

यसैबीच धरान २० का युवाहरुसँग वर्तमान राजनीतिक परिदृश्य विषयक छलफलमा मजदुर नेता तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले मुलुकमा स्थापित संघीयता, गणतन्त्र र जनान्दोलनको जगबाट प्राप्त उपलब्धीलाई धुलीसात पार्ने गरीको निर्णय मान्य नहुने बताए ।

समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न नेकपा अघि बढिरहेको अवस्थामा एकलौटी निर्णय, हठ र प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमप्रति युवाहरुले चनाखो भएर विरोध गर्नु पर्ने बताए ।

मजदुर नेता ज्वालाले अब आन्दोलन नभएर विकास र समृद्धितिर बढ्नुपर्नेमा युवाहरुको युगौंयुगको लगानीलाई वर्तमान संवैधानिक कूले माटोमा मिलाउन खोजेको र व्यवस्थाविरुद्ध नै प्रहार गर्न खोजेकाले युवाले डटेर लाग्नुको विकल्प नभएको बताए । 

 

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved