‘धरानका पाँचसय सेक्युरिटी मजदुर अन्यायमा’ "लकडाउनले डामाडोलः सेक्युरिटी कम्पनी"

  • पुस १२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

‘रातभरि सुरक्षा दिनुपर्छ, ठेक्दारलाई सल्युट गर्नुपर्छ, तर त्यसवापत् के पाउने ? ... सेक्युरिटीको त इज्जतै छैन ।’
‘आफ्नै देशमा, आफ्नै घर, मुलुकमा विभेद भोग्नु परेको छ, न विदाको पैसा छ, न छुट्टी छ, न संचय कोषको भर छ ।’
‘सेक्युरिटी कम्पनीलाई टेबलमा राखेर मजदुरले पाउने सेवा सुविधा पाउनुपर्छ, संचय कोष पाउनु पर्छ भन्यौं, ठाडै दिन सक्दिन भन्छन् ।’
‘धरानमै कार्यालय भएका लोकल सेक्युरिटी कम्पनीबाट झनै ठूलो शोषणमा परेका छन्, सेक्युरिटी मजदुर ।’

शनिबार एउटा अनौपचारिक भेलामा सेक्युरिटी मजदुरहरुले आफूहरु पीडित भएको फेहरिस्त सुनाए । न्यायिक रुपमा सेवा सुविधा प्राप्त नहुँदा धरानमा कार्यरत झण्डै ५ सय सेक्युरिटी मजदुरहरु अन्यायमा परेका छन् ।

धरानलगायत मुख्य कार्यालय भएका ठूला साना २६ वटा सेक्युरिटी कम्पनीहरुमा काम गर्ने मजदुरले सात हजारदेखि १० हजारभन्दा माथि तलब सुविधा पाउन सकेका छैनन् । केही ठूला सेक्युरिटी कम्पनीले नेपाल सरकारको मापदण्डअनुसार तलब दिए पनि सेवा सुविधा भने प्रदान नगरेको नेपाल श्रमिक ट्रेड युनियन धरानका उपाध्यक्ष दोर्जे शेर्पा बताउँछन् ।

जिफोर सेक्युरिटीमा कार्यरत उपाध्यक्ष शेर्पाले एक वर्षमा पाउने नियमअनुसार विदा नदिएको र बिदा नबस्दा श्रमिकले पाउने रकम नदिएको बताए ।
‘नयाँ मापदण्ड १३ हजार ४ सय ५० रुपैयाँ श्रमिकले पाउनुपर्छ, तर केही कम्पनीहरुले बिस्कुट फ्याक्ट्रीलगायतमा काम लगाइरहेका श्रमिकलाई ५ हजार ५ सयभन्दा बढी दिएको छैन,’ शेर्पाले भने, ‘धरानमा कार्यालय भएका स्थानीय कम्पनीले श्रमिकलाई झनै बढी शोषण गरिरहेका छन् ।’


ठूला कम्पनीमा बिदाको रकम र संचय कोष काट्ने बाहेका अन्य समस्या छैनन् । श्रमिकले काम गरिरहेका छन् । तर स्थानीय कम्पनीले भने मापदण्ड नपु¥याएको श्रमिकको गुनासो छ । ‘तलब बैंक खातामा जाँदैन, श्रमिकले कति तलब पाए भन्ने यकिन छैन, प्यान नम्बर समेत लिएका छैनन् श्रमिकले ।’ उपाध्यक्ष शेर्पाले भने ।

धरानमा मुख्य कार्यालय भएका विराट गोरखा, विजयपुर, मकालु, हिमशिखर, भूपू प्रहरीलगायतका ८ कम्पनी छन् । मापदण्डअनुसार श्रमिकको संचयकोष काट्नु पर्ने, बिरामी बिदावापत् १२ दिनको तलब दिनुपर्ने न्युनत्तम तलब ८ घण्टाको १३ हजार ४ सय ५० र १२ घण्टा २० हजार ४ सय, लत्ताकपडा पाउनु पर्ने ०७४ सालदेखि लागू हुने गरी ऐन लागू भएको छ तर हालसम्म पनि सेक्युरिटी मजदूर सेवा सुविधा पाउनबाट बञ्चित भएको त्रिमूर्ति सेक्युरीटी सर्भिसमार्फत् लक्ष्मी बैंकमा सेक्युरिटीको काम गरिरहेका शान्तिबहादुर श्रेष्ठले बताए ।


मजदुरलाई परेका समस्या सुनाइका लागि हालसम्म १३ वटा बैठक सम्पन्न गरिसकेको नेपाल श्रमिक ट्रेड युनियन धरानका अध्यक्ष गोपी योगी बताउँछन् ।
‘मजदुरलाई परेको समस्या समाधान गर्न पछि हट्दैनौं, प्रदेशको अगुवा भेला कार्यक्रममा समेत माग राखेकै हौं तर सुनुवाइ भएन, अध्यक्ष योगीले भने, ‘रातभरि ठेकेदारलाई सल्युट गर्नुपर्छ, सुरक्षा दिनुपर्छ आफ्नै मुलुकमा विभेद खेप्नु परेको छ, मजदुरलाई नमस्कार समेत छैन ।’


धरानमा रहेका सेक्युरिटी मजदुरहरुको कम्पनीलाई टेबलमा राखेर मजदुरले पाउने सेवा सुविधा, संचय कोषलगायतका विषयमा कुरा गर्दा समेत केही कम्पनीले त दिनै नसक्ने बताएको अध्यक्ष योगी बताउँछन् ।

‘कति कम्पनी दर्ता नगरी संचालन भएका छन्, बाहिरबाट आएका कम्पनीले मजदुरले पाउने सेवा सुविधा दिने प्रतिबद्धता त व्यक्त गरेका छन् तर ९० प्रतिशतले पूरा गरेका छैनन् ।’ अध्यक्ष योगीले भने ।

‘प्रकृयामा सेक्युरिटी कम्पनी’

नेपाल सरकारले तोकेको सेवा सुविधा दिएको धरानमा मुख्य कार्यालय भएको दर्पण सेक्युरिटीका सञ्चालन तारा दर्नाल विक बताउँछन् ।
‘संचय कोष काटिरहेका छौं, कुरा अघि बढिरहेको मात्र छ, सामाजिक सुरक्षा कोषले गर्दा ढिलाभइरहेको हो, निर्णय भइसकेको छैन,’ सञ्चालक दर्नालले भने, ‘लकडाउनले डामाडोल भएको छ, प्रक्रिया गरिरहेका छौं र नियममा छौं ।’

दर्पण सेक्युरिटीका सञ्चालक दर्नालले श्रमिकहरुलाई अन्याय नगरेको दाबी गरे । लकडाउनमा कम्पनी बन्द गर्नुपर्ने अवस्थासम्म पुगेको बताउँदै दर्नालले सरकारी नियम पालना गर्ने र कसैलाई अन्यायमा नपरोस् भन्ने धारणा रहेको बताए ।

‘यो विषम परिस्थितिमा ड्युटी दिनु पनि ठूलो कुरा हो, अन्याय गरेजस्तो लाग्दैन, नयाँनयाँ नियममा छिरेर काम गर्न अप्ठेरो छ, म्यानेज गर्दै जाँदैछौं,’ सञ्चालक दर्नालले भने,‘लक डाउनमा बन्द गर्ने अवस्थासम्मको अप्ठेरो आयो, कोही अन्यायमा परेको भन्ने गुनासो आउन सक्छ ।’

‘चरणबद्ध आन्दोलनमा जान्छौं’
सेक्युरिटी मजदुरका माग पूरा नभए चरणबद्ध आन्दोलनमा जान सक्ने मजदुरहरुले बताएका छन् । ‘चरणबद्ध आन्दोलनमा जानुपर्ने अवस्था आउनसक्छ,’ नेपाल श्रमिक ट्रेड युनियन धरानका अध्यक्ष गोपी योगी भन्छन्, ‘ट्रेड युनियनका नेताहरुसँग बस्ने र कसरी जाँदा उपयुक्त हुन्छ भन्ने बारेमा सल्लाह गर्ने छौं ।’
अध्यक्ष योगीले आन्दोलन अघि सेक्युरिटी कम्पनीहरुसँग बसेर सल्लाह गर्ने बताए ।

newws-security

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved