‘प्रचण्ड–नेपाल विभाजित मनस्थितीबाट अघि बढे’

  • पुस १९, २०७७
  • "सन्जोग बाबु दाहाल"
alt

धरान ।  प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटनको प्रस्ताव राष्ट्रपति समक्ष पेश गरे सँगै शुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद यती बेला उत्कर्षमा पुगेको छ ।

विवाद शुरु भए पछि ओलि पक्ष र प्रचण्ड–नेपाल समुहमा विभाजित बनेको नेकपा कसको समुह आधिकारिक भन्ने पनि अन्यौल बढेको छ । दुवै पक्षले आ–आफ्नो समुहलाई आधिकारिक रहेको दाबी गरिरहेको छ । केपी ओलि पार्टीको अध्यक्ष रहेकाले उनकै समुह संस्थापन रहेको ओलि समुहको दाबी छ भने बहुमत प्रचण्ड–नेपाल समुहमा रहेकाले आप्mनो समुह संस्थापन रहेको अर्को पक्षको दाबी रहेको छ ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले गठन गरेको ११ सय केन्द्रीय सदस्य रहेको पक्षनै आधिकारिक पार्टी भएको ओलि पक्षका केन्द्रिय सदस्य मुरारी सुवेदी बताउँछन् । पार्टीनै छाडेर जानेहरुको समुह नेकपा नरहेको उनको दाबी छ । उनले भने, पार्टीलाई विभाजनमा लान नहुने भन्ने मनोविज्ञान र उद्धेश्यका साथ पार्टीलाई पुनर्गठन गरिएको हो, पार्टीको केन्द्रीय कमिटिको बैठकलाई नै अवज्ञा गरेर जानु भो, केन्द्रीय कमिटी, स्थायी कमिटीको बैठकलाई नै छोडेर गइसकेपछि पार्टीलाई पुनर्गठन गरेर केन्द्रीय कमिटीमा पूर्णता दिन सदस्य थपिएको हो ।’

कम्युनिष्ट पार्टीलाई एक ढिक्का बनाएर जानु पर्ने भएकाले कोही पनि बहकावमा आएर पार्टी छाडेर जान नहुने उनले बताए । उनले भने, ‘केहीनिहित स्वार्थ बस हिडे जस्तो देखियो, केही व्यक्तीहरुका निजि आकांक्षा निजि विचारहरु र निजि चिन्तनका पछाडी सिङ्गो पंक्तीलाई डोहो¥याउनु हुदैन र पार्टी आन्दोलनलाई कमजोर बनाउनु हुदैन भन्ने नै अहिलेको हाम्रो मुल लक्ष्य हो ।’

सुवेदीले कार्यकर्तालाई दोधारमा नपरी मुलधारमै लाग्न आग्रह गरेका छन् । पार्टी नेतृत्वको विपक्षमा जनमत शिर्जन ागर्ने, सडकमा जाने जस्ता कार्य गर्न नहुने उनको भनाई छ । नेतृत्वको विपक्षमा नाराबाजीले पार्टीलाई गन्तव्यमा नपु¥याउने उनले बताए ।

निवार्चन आयोगबाट फैसला नआउन्लेज सबै एकैठाँउमा रहेर काम गर्ने अवश्था रहेको उनी बताउँछन् । उनले भने, ‘एकै ठाउमा रहेर कुनै पनि हिसाबले काम गर्न सकिदैन भने सरसल्लाहले नै मित्रवत प्रतिस्पर्धाका साथ अगाडी बढ्न सकिन्छ ।’

अहिले नै पार्टी आधिकारीक रुपमा विभाजनको घोषणा भइ नसकेकाले विभाजित मनस्थीतिबाट अघि बढ्न नहुने उनको भनाई छ । उनले भने, ‘संघमै पनि पार्टी अध्यक्षको विरुद्धमा अविश्वासको प्रस्तावको तयारी गर्ने, पार्टीले निवार्चित गरेको राष्ट्रपतिको विरुद्धमा महाअभियोग दर्ताको तयारी गर्ने अनि सँग सगै आएर प्रदेशमा पनि अकं गणितमा लाग्नेहरुको हतास मानसिकता हो ।’ हतास मानसिकताले कसैको हित नहुने उनले बताए ।

संघीय संसद भङ्ग भए पछि प्रदेशका मुख्यमन्त्री विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेश नम्बर १ मा नेकपाकै नेता भिम आचार्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरिएको छ । दुवै पक्षले एक अर्काका निकटहरुलाई कारवाही गर्न थालेको छ । मुख्यमन्त्री प्रतिको अविश्वासको प्रस्ताव गरेर सत्ता हत्याउन खोज्नेहरुको मक्सद पुरा नहुने उनको दाबी छ ।

उनले मुख्यमन्त्री जोगाउनका लागि नेपाली काग्रेस सँग सहमति हुन सक्ने संकेत दिएका छन् । उनले भने, ‘राजनितिक लडाई शुरु भइसके पछि के हुन्छ भने ‘मिल्न सक्ने जति सबै सँग मिल्ने, सक्ने जति सबै बिन्दुमा’ भन्ने जुन एउटा मान्यता छ त्यो मान्यताका आधारमा अगाडी बढ्छौं ।’

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved