राजनीति

    Showing 1,621-1,630 of 1,922 items.
  • नेकपा एमाले महाधिवेशन : उद्घाटन सत्रमा सहभागी प्रत्येक र्यालीमा एउटा एम्बुलेन्स

    चितवन, ८ मङ्सिर । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने प्रत्येक र्यालीमा एउटा एम्बुलेन्स राखिने भएको छ । महाधिवेशन उद्घाटन अगाडि चितवनका विभिन्न ठाउँबाट सुरु हुने र्यालीसँग एम्बुलेन्स पनि रहनेगरी काम भइरहेको स्वास्थ्य व्यवस्थापन समिति संयोजक भानुभक्त ढकालले बताए । नवलपुरको गैँडाकोट, चितवनको केन्द्रीय बस टर्मिनल चोक, विशाल चोक, आँपटारी चोक, बेलचोक, त्रिचोक सहितबाट निस्किने र्यालीसँगै एम्बुलेन्स पनि रहने ढकालको भनाइ छ । महाधिवेशनको स्वास्थ्य समितिसँगै एम्बुलेन्स रहने ढकालले बताए । एमालेको महाधिवेशनका लागि प्रयोग हुने एम्बुलेन्ससँगै नेपाल रेडक्रस सोसाइटीको प्राथमिक

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 755 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कांग्रेस अधिवेसन

    धरान । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ को सभापतिमा पौडेल–कोइराला पक्षका सुजेन्द्र तामाङको प्यानलै विजयी भएको छ । देउवा पक्षबाट सभापतिको उम्मेदवार बनेका धरान उपमहानगरपालिकाका मेयर समेत रहेका तिलक राई अन्तिम समयमा ब्याक भए पछि मनोनयन गर्ने दिन नै उम्मेदवार घोषणा गरेकी महिला नेतृ लक्ष्मी खतिवडालाई १ सय ७८ मतले हराएका छन् । धरान ८ स्थित सभागृहमा भएको मतगणनामा खतिवडाले २ सय १५ मत ल्याउँदा तामाङले ३ सय ९३ मत ल्याएर विजयी भएका छन् । त्यसै गरि तामाङ समुहबाट सचिवका उम्मेदवारद्वय केशव पुरीले ३ सय २१, महेन्द्र प्रधानले ३ सय ६४ मत ल्याएका छन् । यता देउवा पक्षका सचिवका उम्मेदवार जय बहादुर ल

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • 843 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • र्यालीमा दुई हजार बढी मोटरसाइकल सहभागी

    चितवन। नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको प्रचार प्रसारका लागि चितवनमा बृहत् मोटरसाइकल र्याली गरिएको छ । युवा सङ्घ नेपाल चितवनको आयोजनामा गरिएको ¥यालीमा दुई हजार बढी मोटरसाइलक सहभागी भएका आयोजकले जनाएको छ । जिल्लाको विभिन्न पालिकाबाट मोटरसाइलकसहित आएका युवाहरु एमालेको महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा जम्मा भएर -यालीमा सहभागी भएका हुन् । आज दिउँसो १ बजे नारायणी नदी किनारबाट सुरु भएको मोटरसाइकल ¥यालीले भरतपुर महानगरपालिकाको विभिन्न भाग परिक्रमा गरेको छ । एमाले महाधिवेशने प्रचार प्रसारको गीत बजाउँदै नारायणी नदी किनारबाट सुरु भएको ¥याली नारायणगढको मेनरोड, पोखरा बसपार

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • 851 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रधानमन्त्री देउवाको आश्वासन: नहर देखि भन्सार स्तरोन्नति सम्म

    इटहरी/ नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सुनसरीको देवानगञ्ज स्थित कौवाखोज छोटि भन्सारलाइ ठुलो भन्सारको रूपमा स्थापना गर्ने देखि नहर सञ्चालन सम्मको आश्वासन दिएका छन । आइतबार सुनसरीको देवानगंज गाउँपालिका स्थित प्रशासनिक भवन उदघाटन समारोहमा प्रधानमन्त्री देउवाले सुनसरी खोला सिँचाई आयोजना संचालन गर्न आगामी वर्षदेखि आवश्यक बजेट बिनियोजन गर्ने आश्वासन दिएका छन ।उनले कार्यक्रममा सम्बोधन गर्नु अघि देवानगञ्ज १ स्थित नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गिय विपी कोइरालाको सालिक अनावरण संगै विपी स्मृति भवनको समेत उदघाटन गरेका थिए । उनै कोइरालाको पालामा स्थापना भएक

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • 679 पटक पढिएको
    • "तेजबहादुर बन"
  • एमाले भित्रै कार्यक्रम बहिष्कार

    धरान/ अन्तिम समयमा एमालेको दशौं महाधिवेसनका लागि सुनसरीले प्रतिनिधी सर्वसम्मत छनौट गरे पनि पार्टीको अन्तरद्वन्द कायमै रहेको छ । वडा अधिवेसन देखिनै दुई गुटमा विभाजित समुहका नेताहरुले स्थानीय तहमा रहेका एक अर्काको नेतृत्व स्वीकार गर्न नसक्दा पार्टी गुटबन्दीमै अघि बढेको पाइएको छ । सुनसरी क्षेत्र नम्बर १ बाट छनौट भएका केन्द्रिय महाधिवेसन प्रतिनिधीलाई शुभकामना दिन आयोजना गरिएको एक कार्यक्रममा रमेश बस्नेत समुह उपस्थित भएका थिएनन् । भण्डारी समुहबाट गठन भएको हर्कजंग एभेङ नेतृत्वको धरान उपमहानगर कमिटीले आयोजना गरेको कार्यक्रममा बस्नेत समुह उपस्थित नहुँदा दुवै समुहको बिचको विवाद कायमै रहेको पुष्टि

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • 851 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एमाले नवलपुरले घर घरमै पुगेर निमन्त्रणा पत्र बाँड्दै

    नवलपुर। नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसार गर्न नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा नेताहरु जिल्लावासीको घरघरमा पुगी निमन्त्रणा पत्र वितरण गरेका छन् । जिल्लाको आठ वटै पालिकाका सबै वडाहरुमा वडा कमिटीमार्फत सर्वसाधारणको घरमा पुगरेर नियन्त्रण पत्र बाँडिएको हो । नेकपा एमाले दशौँ राष्ट्रिय महाधिवेशन प्रचार सहयोग समिति नवलपुरका संयोजक यमुनाथ आचार्यले जिल्लाका प्रत्येक वडमा निमन्त्रणापत्र अभियानकै रुपमा वितरण गरिएको बताए । समितिले ५० हजार प्रति निमन्त्रणा पत्र तयार पारेर जिल्लाका ९२ वटै वडामा पठाउने गरी आज कावासोती नगरपालिका वडा नं. ३ बाट अभियान शुरु गरिएको आचार्यले बताए । अभ

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 1,038 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एमालेको १० औं महाधिवेशनमा रावलले अध्यक्षमा उम्मेद्वारी दिने घोषण

    धरान/  नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्षका लागि उम्मेद्वारी दिने घोषण गरेका छन् । पार्टी भित्रको अन्तरसंघर्षको कारण चर्चामा आइरहने रावलले आगामी महाधिवेशनमा आफ्नो उम्मेद्वारी घोषण गरेका हुन् । उनले (आज) आइतबार दिउँसो ३ बजे काठमाडौंमा एमा पत्रकार सम्मेलन गरि आफ्नो उम्मेद्वारी सार्वजनिक गरेका हुन्। नेकपा एमालेको १० महाधिवेशन आगामी मंसिर १० गतेदेखि चितवनमा आयोजना हुदैछ ।

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 589 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाली कांग्रेस प्रदेशसभा निर्वाचन : इलामक्षेत्र नम्बर १ मा लिम्बु र राई, २ मा चौहान र लिम्बु

    इलाम/ नेपाली कांग्रेसको प्रदेशसभा निर्वाचनबाट इलाममा क्षेत्रीय सभापतिमा चार जना निर्वाचित भएका छन । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा एक निर्वाचन क्षेत्रमा दुई जना गरी चार जना निर्वाचित भएका हुन । जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ ‘क’ को सभापतिमा मैया लिम्बु निर्वाचित भएकी छिन् । उनी जिल्ला सभापतिका आकाक्षी डम्बर खड्का निकट उम्मेद्वार हुन् । लिम्बुलाई जिल्ला सभापति हिमालय कर्मचार्यको समुहले पनि सघाएको श्रोत बताउँछ । प्रदेशसभा निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा निर्वाचित मैया लिम्बु हालै सम्पन्न प्रदेश निर्वाचन क्षेत्र इलामको एक्ली महिला सभापति हुन् । दुई प्रतिष्पर्धीलाई

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 576 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • नेपाली कांग्रेस अधिवेसन: सुनसरी १ (क) र (ख) मा अनिल र मुरारीको प्यानलै विजयी

    धरान । नेपाली कांग्रेसको प्रदेशसभा सुनसरी १ (क) र (ख) मा क्षेत्र नम्बर १ का सभापतिका उम्मेदवार सुजेन्द्र तामाङ समुहका उम्मेदवारको प्यानलनै विजयी भएका छन् । सुनसरी क्षेत्र नम्बर १ (क) तर्फका सभापतिका उम्मेदवार अनिल श्रेष्ठ र (ख) तर्फ मुरारी भट्टराई विजयी भएका हुन् । प्रदेशसभा (क) र (ख) दुवैमा कोइराला–पौडेल पक्षधर मानिएका अनिल श्रेष्ठ र मुरारी भट्टराईको प्यानलै विजयी बनेको हो । ‘क’ तर्फ अनिल श्रेष्ठले प्रतिद्वन्दी मदन ढकाललाई १ सय ७२ मतले पछाडि पार्दै जित हात पारेका छन् भने ‘ख’ तर्फ मुरारी भट्टराईले प्रतिद्वन्दी अजय राईलाई ३१ मतले हराउँदै सभापतिमा विजयी भएका छन् ।

    • प्रकाशित मितिः मंसिर ४, २०७८
    • 1,115 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्राप्त गरे विश्वासको मत

    विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभाको बुधबारको बैठकमा संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत माग्दै प्रस्ताव टेबुल गरेका थिए । उनको प्रस्तावमा सभामुख प्रदिपकुमार भण्डारीले मत विभाजन गराएका हुन । सांसदले नामसहितको दस्तखत गराएर गरिएको मत विभाजनअनुसार राईको पक्षमा ५० सांसदले मत दिएका छन् । यसैगरी उनलाई विश्वास छैन भन्नेतर्फ जम्मा २९ मत परेको छ । राई २०७८ कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त भई पाँच सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । गठबन्धन दलमा कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एस), जस

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • 734 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved