मन्त्री बस्न नमानेको निवासमा मुख्यमन्त्री राई आफू सरे

  • पुस १, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर/ प्रेदश नं १ का मुख्यमन्त्री राजेन्द्र राई सरकारी निवासमा सरेका छन् । मुख्यमन्त्री सरेको निवास यसअघिका मन्त्री जान मनेका थिएनन् ।
बुधबार मुख्यमन्त्री राई सुनसरी मोरङ सिचाईं आयोजनाको गेस्ट हाउसमा निर्माण गरिएको निवासमा सरेका हुन । त्यो सरकारी निवासमा पूर्व प्रदेश प्रमुख डा. गोबिन्द तुम्बाहाङ बसेका थिए । तुम्बाहाङ करिब डेढ वर्ष सोही निवासमा बसेका थिए ।

पूर्ववर्ती शेरधन राई नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्रीको जिम्मेवारीमा रहेकी उषाकला राईले भने त्यो निवासमा बस्न इन्कार गरेकी थिइन् । पछि उनको लागि सरकारले आवासको व्यवस्था गरेको थियो । यसअघिका प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले पनि सुनसरी–मोरङ सिंचाईको गेस्ट हाउसमा बनाइएको निवासमा बस्न मानेनन् ।

सरकारी निवासमा सरेपछि मुख्यमन्त्री राईले बाहिर भाडामा लिएर बस्दा बढी खर्च हुने भएकोले आफू सरकारी निवासमै आएको सुनाए । मुख्यमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै उनी दुई दिन होटलमा बसेका थिए । त्यसपछि राष्ट्र बैंकको विराटनगरस्थित कार्यालयको गेस्ट हाउसमा बसे । “निवासको रुपमा प्रयोग गर्न सक्ने भवनहरु भएको अवस्थामा बाहिर बस्नु उचित लागेन,” राईले भने, “भाडामा लिएर निवास प्रयोग गर्दा व्ययभारसमेत बढ्दो छ । त्यसलाई कम गर्न पनि सरकारी भवन प्रयोग हुनुपर्छ ।”

यसअघिका मुख्यमन्त्री शेरधन राईले निजी भवन भाडामा लिएर बसेका थिए । सरकारले निवासको प्रयोजनको लागि गरेको सम्झौता पछि रद्द गरेर राई आफै बस्ने भएपछि नवनियुक्त मुख्यमन्त्रीराई निवास अभाव भएको थियो । गृहप्रवेश गर्दै राईले पूर्ववर्ती सरकारले ठूलो रकम मासिक भाडा तिर्ने गरी काठमाडौमा सम्पर्क कार्यालय खोलेकोमा त्यो सम्झौता रद्द गरिएको सुनाए । मुख्यमन्त्रलाई नेपाल प्रहरीको टुकडीले निवास प्रवेशका अवसरमा सलामीसमेत दिएको थियो ।

सुनसरीका पत्रकार आन् ...

इटहरी । इटहरी उप महानगरका मेयर हेमकर्ण पौडेल विरुद्ध सु ...

सामुदायिक स्कुल ओराल ...

धरान/ एसईईको पछिल्लो नतिजाले देशभर सामुदायिक विद्यालयको ...

सडक सुरक्षामा गम्भीर ...

सवारी दुर्घटनाका कारण देशमा बर्सेनि हजारौँ नागरिकको ज्य ...

प्रधानमन्त्री ओली शन ...

धरान/ प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved