‘आर्थिक क्रान्ति सफल बनाउन पर्यटनको सम्बद्र्धन आवश्यक’

  • पुस ९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

इलाम/ प्रदेश १ का मुख्यमंन्त्री राजेन्द्र कुमार राईले आर्थिक क्रान्तिलाई सफल बनाउन पर्यटन प्रवद्र्धन आवश्यक भएको बताएका छन । इलामको माई नगरपालिका १ को विहिबारेमा प्रथम १३ कुने सिमसार महोत्सव २०७८ को उद्घाटन गर्दै मुख्यमंत्री राईले सीमसार क्षेत्रको विकासमा प्रदेश सरकारले उचित ध्यान पुर्याउने बताएका हुन ।

उनले प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको असली रुप संरक्षण गरेमा मात्र पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताए । विकास पर्यटन प्रवर्दनबाटै प्रदेश १ लाई आर्थिक समृद्घिमा अघिबढाउन सकिने भन्दै राईले पर्यटन क्षेत्रको संरक्षणमा लाग्ने बताए ।

तीनदिन लाग्ने महोत्सवको प्रदेश सभा सदस्य काजीमान कागतेले १३ कुने सीमसार क्षेत्रको विकासमा विस्तृत परियोजना अनुरुप अगाडि बढ्नुपर्ने सुझाव दिए ।

११ गतेसम्म संचालन हुने महोतसव चुरे क्षेत्रमा रहेका १३ कुने सीमसार क्षेत्रको प्रचार प्रसार गर्ने उदेश्यले आयोजना गरिएको बताईएको छ । महोत्सवमा विभिन्न साँस्कृतिक, कार्यक्रम , खुल्ला भलिवल प्रतियोगिता संचालन हुने भएको छ । करिव सय रोपनी क्षेत्रमा फैलिएको सीमसार क्षेत्रमा रहेको पोखरीमा डुंगा चड्ने व्यवस्था रहेको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved