‘भ्रष्टाचार र सेटिङले सबै क्षेत्र बिगार्‍यो’

  • मंसिर २९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी/ भौतिक पूर्वाधार निर्माण गर्दा अदूरदर्शी तवरले थोरै समयका लागि मात्र सोचेर संरचना बनाउँदा प्रतिफल दीगो हुन नसकेका नेकपा (एकीकृत समाजवादी) का संघीय अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।

उनले भ्रष्टाचार र सेटिङले देशको सबै क्षेत्रलाई बिगारेको बताउँदै यसका लागि सानो डिजाइन बनाउनेदेखि लिएर त्यसलाई स्वीकृत गर्नेहरु सबै जिम्मेवार रहेको बताएका हुन् । उनले भने, ‘अन्य देशमा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलसम्म जान आठ दश ओटा आकाशे पुल बनाइएको छ, नेपालमा भने अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा पनि आकाशे पुल छैन् ।’ फिलिपिन्समा २५ वर्षपछि शहर बनाउन जङ्गल बचाएर राखिएको आफूले देखेको बताउँदै उनले नेपालमा भने शववाहन छिर्ने बाटो पनि नभएको उल्लेख गरी कटाक्ष गरे । चीनमा एक तले दुई तले भवन छुट्टाछुट्टै रहेको, मनोरञ्जन, श्क्षिाजस्ता कामका लागि छुट्टै ठाउँ रहेको उनको भनाइ थियो ।

इटहरी उपमहानगरपालिका १७ स्थित लविपुरमा इटहरी उपमहानगरपालिका र नेपाल नेत्रज्योति संघको सहकार्यमा निर्माण हुन लागेको आँखा अस्पतालको शिलान्यास कार्यक्रममा नेता नेपालले विलासितामा पैसा खर्च भइरहेको भन्दै पूँजी निर्माणमा जोड दिन आग्रह गरे । आँखा अस्पताल निर्माणमा सहकार्य गरेर इटहरी उपमहानगरपालिकाले पवित्र कार्य गरेको उनले बताए । इटहरी सबै हिसाबले केन्द्रविन्दु (सेन्टर) रहेको भन्दै उनले यसको विकासका लागि छिमेकी स्थानीय तहसँग पनि सहकार्य गर्दा राम्रो प्रतिफल पाइने बताए ।

नेपाल नेत्रज्योति संघसँग दक्ष चिकित्सकहरु आबद्ध रहेको भन्दै उनले यहाँ बन्ने अस्पतालमा प्रभावकारी उपचार हुने विश्वास व्यक्त गरे । कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले अस्पताल निर्माण गर्न आफूहरु तयार रहेको र जग्गा उपमहानगरपालिकाले दिनुपर्ने नेत्रज्योति संघको प्रस्ताव अनुसार आफूहरुले जग्गा उपलब्ध गराएको बताए ।

जग्गाको खोजी गर्ने क्रममा १० कट्ठा जग्गा दान गर्न एक दृष्टिविहीन जग्गादाता तयार भएपछि सोही जग्गामा अस्पताल निर्माण सुरु गरिएको उनको भनाइ छ । अस्पताल सञ्चालनका लागि १० कट्ठा जग्गा पर्याप्त भने नभएको बताउँदै उनले थप जग्गाको व्यवस्थाका लागि स्थानीयहरुसँग सहमतिको प्रयास भइरहेको जानकारी दिए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved