प्रदेश नं १ माओवादी केन्द्रमा विवाद: पदाधिकारी नछानी प्रदेश अधिवेशन सकियो "विवाद मिलाउन कार्यदल गठन"

  • पुस १, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश नं १ को नेतृत्व चयन गर्न रस्साकस्सी भएपछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले कार्यदल गठन गरेको छ ।
अध्यक्षसहितका पदाधिकारी चयन गर्न आकांक्षी बढेपछि नेतृत्व सकसमा परेको हो । नेतृत्व चयन गर्ने अधिवेशन भने यसअघि नै सकिएको छ । अब पार्टीले गठन गरेको कार्यदलले नेतृत्व चयन गर्ने गृहकार्य थालवेको छ ।

प्रदेशको अधिवेशनबाट नेतृत्व चयन नभएपछि प्रदेश राजधानी विराटनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ समितिको बैठकले कार्यदल गठन गरेको हो ।

केन्द्रीय सदस्य तथा प्रदेशका सह–इञ्चार्ज अजम्बर काम्बाङको नेतृत्वमा गठन भएको कार्यदलले सहमतिबाटै नेतृत्व चयनको पहल थाल्ने बताइएको छ । पार्टीको प्रदेश अधिवेशन भने मंसिर २५ देखि २७ गतेसम्म मोरङको सुन्दरहरौंचामा सम्पन्न भएको थियो । अधिवेशनले प्रदेश कमिटी चयन गरेको छ । तर, को–को पदाधिकारी हुने भन्ने छनोट हुन सकेको छैन । प्रदेशको अध्यक्षको दौडमा रहेका माओवादी केन्द्रीय सदस्यहरु सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारी (सुदर्शन)ले आफ्नो दावेदारी फिर्ता गरेको जनाएका छन् । अब पुस ७ गते बस्ने कार्यदलको बैठकले पदाधिकारी चयन गर्नेछ ।

पार्टीका केन्द्रीय सदस्य सावित्रिकुमार काफ्लेले कार्यदलले आउँदो बैठकले पदाधिकारीको टुंगो लगाउने बताएका छन् । कार्यदलमा अध्यक्षको दौडमा रहेका राई, आङ्बो र भण्डारीसहित केन्द्रीय सदस्य रामकुमारी चौधरी सदस्य छन् । बैठकले विवाद मिलाउन नसके प्रक्रियामा जाने तयारी रहेको काफ्लेको भनाई छ । माओवादी केन्द्रको विधान अनुसार प्रदेश सम्मेलनबाट निर्वाचित भएको कमिटिले १ अध्यक्ष, ३ उपाध्यक्ष, १ सचिब, ३ सहसचिब र १ कोषाध्यक्षसहित ९ सदस्यीय पदाधिकारी चयन गर्नेछ ।

पहिले अध्यक्षमा दाबी गरेका नेताहरुले छाडेपछि नेतृत्वमा पुग्न नयाँ आकांक्षीहरु अघि बढेका छन् । पार्टीको सुनसरीका सह–इन्चार्ज शिबकुमार डाँगी र मुक्साहाङ मेन्याङ्बो, पाँचथरका सह–इन्चार्ज हर्कबहादुर नेम्वाङले अध्यक्षको दावी गरेका छन् ।

उपाध्यक्षमा खोटाङका ध्रुव बुढाथोकी, झापाका सीपी कडरिया, मोरङका भोगेन्द्र यादवको दाबी छ । सचिवमा मोरङका गणेश उप्रेतीको दावेदारी देखिएको छ । पदाधिकारीमा आउन झापाका विजय साङ्पाङ, ताप्लेजुङका विजय वनेम छन् ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved