इलाम/ स्थानीय तहको संरचना निर्माण पछि देशकै पर्यटकीय गन्तव्य मानिएको सन्दकपुर डाँडामा सन्दकपुर गाउँपालिकाले निर्माण गर्न थाल्यो । तर भ्यूटावर निर्माणमा पनि एसएसविले रोक लगायो । त्यो भ्यूटावर बन्दै गरेको जग्गा नेपालकै भए पनि एसएसविले आफ्नो भन्दै रोक लगाएको थियो ।
गत वर्ष नेपाल भारत पूर्वी सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जबर्जस्ती पिलर गाढेको थहा पाएपछि स्थानीयले रोक लगाए । सूर्याेदय नगरपालिकाको हिलेभञ्ज्याङमा एसएसबीले राति पिलर गाढेको थाहा पाएपछि त्यहीं पुगेर स्थानीयले पिलर गाड्न रोकेका हुन । स्थानीयको हुलसहित सशस्त्र प्रहरी पुगेपछि आफूले गाढेको पिलर उखेलेर एसएसबी त्यहाँबाट भागेको थियो ।
एसएसबीले ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस)ले देखाएको ठाउँ भन्दै नेपाली भू–भागपट्टि पिलर गाढ्ने प्रयास गरेको थियो । जौवारीमा रेडपाण्डा नेट्वर्कले साडे तीनसय रोपनि जग्गा किनेर रेडपान्डाको आहार संरक्षण गर्ने काम गरिरहेको छ । नम्बरी जग्गा किनेर काम गरिरहेको ठाउँमा पनि संरचना बनाउन रोक लगाउने गरेको पाईन्छ । नेटवर्कले रेडपाण्डालाई आवश्यक पर्ने पानीपोखरी निर्माणमा पनि हस्तक्षेप गर्यो । त्यो जमीन सिमा क्षेत्र भन्दा पाँचसय मिटर भन्दा धेरै टाढा छ । त्यो ठाउँपनि आफ्नै हो भनेर हस्तक्षेप गर्ने गर्दछ । गत दशै अघि मात्रैे मानेभन्ज्याङमा स्कुस बेच्नका लागि भारत लैजान नदिएपछि एसएसवि सँग हानाहानको स्थीति समेत बनेको थियो । कृषकले स्कुस बेच्न नपाउने भएपछि एसएसवीलाई प्रहार गरेको स्थानीय बताउँछन । यी त प्रतिनिधिमूलक घटना मात्र हुन । एसएसवीले घरीघरी सिमानामा समस्या बल्जाईरहने गर्दछ ।
केही समय अघिदेखि सीमामा समस्या नभएजस्तै गरेपनि सानोतिनो समस्या अहिले पनि देखिइरहने गरेको छ । नेपाल र भारतको सिमानामा लामो समयदेखिको विवाद र मिचामिचको अवस्था अहिले पनि जस्ताको त्यस्तै छ । पटक पटक सिमानामा भएको विवादले स्थानीय समस्यामा पर्न थालेका छन । मानेभञ्ज्याङमा नेपाल र भारत तर्पm दशगजा क्षेत्रमा घर बनिएका छन् । यस्ता समस्या सिमानाका सानातिना सबै बजारमा रहेका छन । पशुपतिनगरको फाटकमा भारतीयतर्पmबाट दशगजा क्षेत्रमा गुम्बा बनाएको छ । गुम्बा बनिन थालेपछि नेपाल तर्पmबाट पटकपटक पहल गरिएको भनिएपनि संरचना बनाएरै छाड्यो । ‘त्यहाँ केन्द्रबाटै नापी टोली आएर नाप्दा पनि त्यो स्थान दश गजाभित्रै देखियो र पनि संरचना बनाउन रोकिएन । छब्बिसेमा नेपाली भूभाग नै भारतपट्टि पारिएको छ । नापी टोलीले उक्त भाग भारततर्पm नै पर्ने भन्ने देखाएको भएपनि आधिकारिक र औपचारिक रूपमा त्यो भाग कता पर्छ भन्ने अहिलेसम्म टुङ्गो लगाइएको छैन । त्यहाँका बासिन्दाको नेपाली नागरिकता र नेपाली जग्गा धनीपुर्जा छ । एसएसबीले बेलाबेला हतियार बोकेर नेपाली भागमा पस्ने, दशगजा क्षेत्रभित्र संरचना बनाउने गरेको छ ।
सन्दकपुर गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष जीतबहादुर साँवा सिमा स्तम्भ टाढा टाढा रहेको हुँदा वीचको खालीभागमा तारबेरानै सारेर नेपाली भूमीमा एसएसवी आउने गरेको बताउँछन । उनी भन्छन ‘कैयाँ कट्टा र जौवारीको फाटक एरियामा निकै चुनौतीनै भईसकेको छ भने गैरीवासमा पनी हस्तक्षेप गरीरहेको छ ।, त्यहाँका छ परिवारलाई खानेपानी समस्या भएपछी साविकको गाविस हुँदै बजेट विनियोजन गरी नेपालकै भूमिबाटनै खानेपानी ल्याएका थियौ, साँवा भन्छन ‘यसबेला एसएसवीको काँडेतार खानेपानीकामै मूहान भएको ठाउँभन्दा पल्लो डाँडामा थियो तर यतिबेला काँडेतारनै सारेर खानेपानीको मुहान पनि एसएसवीले नै प्रयोग गर्न थालेको छ ।’
सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईले सिमा समस्या समाधानका लागि एसएसवीको डिआईजी लेवलसँग पनि वार्ता गरेका छौ तर पनि बेलाबखत एसएसवीको विचमा छिना झम्टी हुनेगरेको बताउँछन । उनी भन्छन ‘दुवै तर्फबाट दशगजा भन्दा ३० मीटर टाढामात्र भवन संरचना बनाउँने भन्ने जेन्टल एग्रीमेण्ट गरेर सिमा समस्या विवाद समाधानमा लागेको बताउँछन । सरकारले सिमा क्षेत्र व्यवस्थीत नगरे सम्म स्थानीय तहले जति प्रयास गरेपनि प्रयासमै सीमित रहन्छ त्यसलाई एसएसवीले कार्यान्वयन गर्ने चाहाँदैन । वर्ता गरेको केहीदिन चुप लागे जसो गरेपनि एसएसवीले विवाद बल्जाईरहने गर्दछ ।
भारतीय सीमा क्षेत्र इलामको ालवुङ, छब्बिसे, कालपोखरी, मानेभञ्ज्याङ र जौवारीमा बिओपी स्थापना भइसकेका छन् भने पाटापुर, मेघमा, गोर्खे र सन्दकपुर पनि प्रस्तावित छन् । ‘सीमास्तम्भ सुरक्षा र सीमानामा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि सीमामै बिओपी राखिएपनि सिमाका समस्या हटेको छैन । भारतीय सुरक्षा निकाय एसएसबी सीमाक्षेत्रका भारतीय भूभागमा जताततै छ ।
इलामको ५२ किलोमिटर भारतसँग जोडिएको छ । २०६४ सालको संविधानसभा निर्वाचनताका भारतले सुरक्षाका लागि भन्दै ३–३ किलोमिटरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को बिओपी राखेको थियो । भारतले कतिपय स्थानमा दशगजाभित्रै पनि एसएसबी क्याम्प राखेको छ । भारतले बारम्बार सिमा मिचेर सँरचना बनाईरहन्छ तर नेपाली भूभागमा सँरचना बनाउँदा पनि पटक पटक रोक लगाउने र दुख दिईरहने गरेको स्थानीयको भनाई छ ।
इलाम जिल्लाको भागमा पर्ने भारतीय सिमानामा जम्मा १ सय ४६ वटा सीमा स्तम्भहरू छन् । तीमध्ये मुख्य स्तम्भ १७ वटा र सहायक स्तम्भ ८३ र सानो स्तम्भ ४६ वटा भनिए पनि हाल मूख्य १६ सहायक ७० र सानो २१ वटा मात्र स्तम्भ रहेका छन । दशगजामा सीमास्तम्भको दुवैतिर ३०–३० फिटको भूभागमध्ये भारततर्फको भागमा संरचना बनेको टोलीको भनाइ थियो । पशुपतिनगर नजिकैको दशजगामै भारतले कस्टम अफिस, पुलिस चौकी र अन्य ४–५ घर–टहरासमेत बनाइसकेको टोलीले पाएको थियो । भारतले ७१÷६, ७१÷७ र ७१÷८ नम्बर सीमास्तम्भभित्रको क्षेत्रमा संरचना निर्माण गरेको र गुम्बा बनाएको पाइए पनि गुम्बा निर्माण रोकिएन । केही वर्षअघिकै अध्ययनले पूर्वको मानेभञ्ज्याङदेखि जिर्मलेसम्म ४५ सीमास्तम्भ गायब भएको देखाएको थियो । भारतीय भूमि छोएको जिल्लाको सन्दकपुरदेखि जिर्मलेसम्मको दूरीमा यस्ता घटना बारम्बार दोहोरिने गरेका छन् ।
सिमा मिचेको विरुद्घमा एमालेले झन्डा फहरायो
नेपाल र भारतको सिमानामा भारतले अतिक्रमण गरेको भन्दै नेकपा एमाले सन्दकपुर गाउँ कमिटीले झन्डा फहराएको छ । दुई देशको सिमानामा पर्ने सन्दकपुर गाउँपालिका ५ को जौवारीमा झन्डा फहराएको हो । लामो समयदेखिको विवाद र मिचामिचको अवस्था रहेको नेपाल भारत सिमानामा झन्डा फहराएको नेकपा एमाले सन्दकपुर गाउँकमिटीले जनाएको छ । नेकपा एमाले सन्दकपुर गाउँपालिकाले सिमाना अतिक्रमण विरुद्घ अभियाननै सञ्चालन गरी इलामको जौवारीमा झन्डा फहराएको नेकपा एमाले सन्दकपुर गाउँकमिटी अध्यक्ष गिरिराज खनालले बताए ।
एसएसवीले नेपाली भूभाग अतिक्रमण गर्दा चुपलागेर बसो भने दिन प्रतिदिन हर्कत देखाउने गरेको छ । सरकारले मात्र सिमा सुरक्षा गरेको छैन नागरीक स्तरबाट नेपालीहरुले एकआपसमा एकताबद्ध भएर सिमाको सुरक्षा गरिरहेको नेकपा एमाले इलामका अध्यक्ष महेश बस्नेतको भनाई छ । केही समय अघिदेखि सीमामा समस्या नभएजस्तै गरेपनि सानोतिनो समस्या अहिले पनि देखिइरहने गरेको छ । भारतपट्टि सिँहलिला नेशनल पार्क रहेको र नेपालतिर नम्बरी जग्गा रहेको कारण तीनै तहका सरकार सिमा जोगाउँन लाग्नुपर्ने नेकपा एमाले केन्द्रिय सदस्य राम राना बताउँछन ।
नेकपा एमाले सन्दकपुर गाउँपालीका कमिटी इलामको आयोजनामा सिमा क्षेत्रमै नेपालको राष्ट्रिय झण्डा फहराउदै अतीक्रमण बिरुद्ध बैठक समेत बसेको छ । बैठकले जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई सिमा अतिक्रमण नियन्त्रण गर्न ज्ञापन पत्रसमेत पठाउने भएको छ ।