महेन्द्र क्याम्पस जग्गा प्रकरण: विद्यार्थीको आन्दोलनमा ऐक्यबद्धता

  • मंसिर २२, २०७८
  • कोशीपत्र/संवाददाता
alt

धरान । करोडौं मूल्य पर्ने महेन्द्र बहुमुखी क्याम्पस धरानको शिक्षक आवास र छात्रवास रहेको जग्गा जिल्ला भूमि सुधार तथा मालपोत कार्यालयले मोहीको नामसारीे फैसला गरेपछि क्याम्पसका विद्यार्थीहरु आन्दोलित बनेका छन् ।

उनीहरुले क्याम्पसको जग्गा संरक्षण गर्नका लागि संयूक्त विद्यार्थी समिति गठन गरि चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । समितीले मंगलबार धरानका राजनितिक दल, जनप्रतिनिधि, क्याम्पस प्रशासन तथा सरोकारवाला व्यक्तिहरु सँग बहस गरेको छ । क्याम्पस प्रशासनले आफ्नो जग्गा संरक्षण गर्न नसकेको संयूक्त विद्यार्थी समितिको आरोप छ । उनीहरुले क्याम्पसको जग्गा फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने पनि घोषणा गरेको छ ।

कार्यक्रममा जनप्रतिनिधि, राजनितिक दल तथा सरोकारवाला व्यक्तिहरुले क्याम्पस जग्गामा भूमाफियाहरुको चलखेल रहेको दाबी गरेका छन् । उनीहरुले आन्दोलन प्रति ऐक्यवद्धता जनाउँदै क्याम्पसको जग्गा संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा मेयर तिलक राईले धरानको साँझा सम्पतिको रुपमा रहेको क्याम्पसको जग्गा संरक्षण गर्नु स्थानीय सरकारको दायित्व रहेको बताउदै क्याम्पसको नाममा रहेको सार्वजनिक जग्गामा किर्ते मोही सृजना गरी मोहीयानी दाबी गरीएको र भुमाफिया लगायतको सेटिङप्रति स्थानीय सरकारले खबरदारी गर्ने बताए । मेयर राईले भूमि सुधार तथा मालपोत कार्यालयको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन पेश गरी जग्गा बचाउन पहल गर्ने विश्वास दिलाए ।

निमित्त क्याम्पस प्रमुख शकुल क्षेष्ठले क्याम्पसको जग्गाको सर्जिमिन भएपछिका अन्य कुनै पनि कुराहरु आफूलाई क्याम्पस प्रमुख भण्डारीले जानकारी नगराएको बताए । संयूक्त संघर्ष समितिले वारेस मार्फत् क्याम्पस प्रशासनले तारेख बुझेको र ३ पटक पेशी तोकिँदा पनि वकिल पठाएर बहस नगर्दा प्रशासन र क्याम्पस प्रमुखमाथि नै प्रश्न चिन्ह खडा भएको जनाएको छ ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved