महेन्द्र क्याम्पस जग्गा प्रकरण: भुमिसुधारको फैसला बदनियतपुर्ण जग्गादलालीको गिरोह सक्रिय

  • मंसिर २२, २०७८
  • कोशीपत्र/संवाददाता
alt इन्सेटमा मोही नामसारी गरिएको जग्गा

धरान । महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा हडप्न मोहीको नाममा नामसारी गर्न फैसला गरिदिए पछि सुनसरी स्थित भुमिसुधार तथा मालपोत कार्यालयका कर्मचारीको मिलेमतो रहेको आरोप लागेको छ ।

एउटा सरकारी कार्यालयले अर्को सरकारी कार्यालयको जग्गाको मोही नामसारी गरिदिन सम्बन्धित निकायलाई जानकारी नदिई गरिएको फैसला बदनियत पुर्ण देखिएको क्याम्पसका प्राध्यापकहरु बताउँछन् । क्याम्पसको जग्गा हडप्न धरानका जग्गादलालीहरुको ठुलो गिरोहनै लागेको उनीहरुको भनाई छ । गिरोहलाई सरकारी निकायनै लागेको प्राध्यापकहरुको भनाई छ ।
करिब तिन वर्ष अघि मोही कट्टा गरि पाउँ भनेर क्याम्पसले निवेदन दिए पनि बदनियत पुर्ण ढंगले मोहीको नामसारी गरिदिएको प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष गंगा प्रसाद चौलागाईले आरोप लगाए । उनका अनुसार क्याम्पसको नाममा रहेको जग्गामा मोही देखिए पछि मोही कट्टा गरिपाउँ भनेर दुई वर्ष अघिनै मालपोत कार्यालयमा निवेदन दिएको थियो । क्याम्पसले दिएको निवेदन माथि छलफलनै नगरि नामसारी गरिदिए पनि भुमिसुधार तथा मालपोत कार्यालयका प्रमुखको नियत राम्रो नदेखिएको उनको भनाई छ ।

क्याम्पसले असोज २१ गते देखि बिदा दिएको थियो । असोज २५ गते भुमिसुधारले मोहीको नामसारी गरिदिएको थियो । क्याम्पस बन्द भएको अवश्थामा कुनै जानकारीनै नदिई फैसला भएको हो । उनले भने, ‘मोहीको नामसारी गरेको छ, क्याम्पसले पनि मोही कटटा गरि पाउँ भनेको छ, त्यो विषयमा छलफल नै गरेको छैन् ।’ क्याम्पस बन्द रहेको समयमा वादी र प्रतिवादीको उपस्थिती बिनानै फैसला गरिदिएको उनी बताउँछन् । उनले भने, दशै तिहारको बिचमा मालपोत कार्यालय जाँदा हाकीमले कुरा गर्न चाहेनन्, एउटा सरकारी कार्यालयले अर्को सरकारी कार्यालयको विपक्षमा निर्णय ग¥यो, नियत राम्रो देखिएन्, क्याम्पस प्रमुखलाई समेत जानकारी दिएन् ।’

क्याम्पसको धरान ११ स्थित स्वास्तिक चोकमा कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गा छ । यो २०३४ सालमा क्याम्पसले खरिद गरेको थियो । कानुनतः मोहीले ५० प्रतिशत जग्गा पाउछन् । यो जग्गाको आधा मोहीले पाउदा त्यसको मुल्य करोडौंको हुन्छ । यसैले पनि कतै भुमिसुधार र भुमाफियाबीचमै मिलेमतो त होइन ? भन्ने प्रश्नहरु उठिरहेको छ ।

क्याम्पस प्रमुख दामोदर भण्डारीले पनि भुमिसुधारले क्याम्पसलाई वकिल राखेर वहस गर्ने मौका समेत नदिएको आरोप लगाए । उनले भुमिसुधारले एकतर्फी फैसला गरेको र त्यसमा बदनियत रहेको दाबी पनि गरे । प्रमुख भण्डारीका अनुसार भुमिसुधारले दिएको सबै तारेख र पेशीमा क्याम्पसका प्रतिनिधि गएका छन् । तर, भुमिसुधारले मुद्दाको फैसला हुने दिन अन्तिम पेशी हो भनेर जानकारी नदिई फैसला गरेको भण्डारीको दाबी छ । प्रमुख भण्डारीले भुमिसुधार कार्यालयमा मोही खारेजीको मुद्दा क्याम्पसले दिएपनि त्यसमा सुनुवाई नै नभएको पनि बताए ।

क्याम्पसको शिक्षक आवास र छात्रवास समेत रहेको जग्गामा २०७५ सालदेखि यज्ञ बहादुर क्षेत्रीले मोही दाबी गर्दै आएका छन् । उनका बुबा डम्बर बहादुर घिमिरेको नाममा मोही देखिएको छ । तत्कालिन अवश्थामा मोहीलाई चित्त बुझाएर स्थानीय श्याम गोबिन्द श्रेष्ठ सँग क्याम्पसले जग्गा खरिद गरेको थियो । २०३४ साल देखि क्याम्पसले नै भोगचलन गर्दै आएको छ ।

क्याम्पसको जग्गा हडप्न साना ठुला निकाय सम्म लागेको पुर्व क्याम्पस प्रमुख कुमार बहादुर कार्की बताउँछन् । जग्गामा मोही देखिए पछि उनकै रोहबरमा पनि मोही सँग पटक पटक छलफल भएको थियो । कार्कीका अनुसार त्यसबेला मोहीले मलाई कुनै चासो छैन्, तर सबैको दबाब आइरहेको भन्ने बताएका थिए ।

क्याम्पसले त्यस जग्गामा व्यवसायीक प्रयोजनको लागि भवन बनाउने समय लालपुर्जा बाहिरिदा मोही रहेको थाहा पाए पछि जग्गादलालीहरुको खेल शुरु भएको उनी बताउँछन् । मोही परिवार सँग पटक पटक छलफलमा परिवारलाई राहतको व्यवस्था गरिने पनि क्याम्पस सहित धरान उपमहानगरले पनि प्रतिबद्धता जनाएको थियो । मोहीलाई उचालेर जग्गादलालीहरुले तलदेखि माथि सम्म मिलाएर जग्गा हडप्न खोजेको उनको भनाई छ ।

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

बालबालिकालाई सँस्कृत ...

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै ...

दश प्रतिशत कमाई बुवा ...

सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved