सुनसरी/ दुई साता अघि सम्पन्न नेकपा माओवादी केन्द्र प्रदेश १ को पहिलो अधिवेसनले पदाधिकारी चयन गर्न नसकेको बन्द सत्र स्थगित भएको थियो । पदाधिकारीमा आकांक्षी धेरै भए पछि अझै पनि टुङ्गो लाग्न सकेको छैन् ।
अधिवेशनले पदाधिकारी चयन गर्न नसकेपछि दुई सय ७१ सदस्यीय कमिटी घोषणा गर्दै बन्दसत्र स्थगित भएको थियो । प्रदेश १ नेकपा माओवादी केन्द्रको नौ पदाधिकारीका लागि तीन दर्जन बढीले दाबेदारी गरेका छन् । पदाधिकारीको टुङ्गो लगाउन पहिलो बैठकले पदाधिकारी चयनका लागि भन्दै ५ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले आंकाक्षी पदाधिकारीहरु सँग पटक पटक टुङ्गो लगाउन बैठकमा छलफल गरे पनि सहमतीमा ल्याउन सकेको छैन् ।
कार्यदलमा सहमति नजुटेपछि मंगलबार माओवादी केन्द्र प्रदेश १ का केन्द्रीय सदस्यहरूको बैठक बसेको थियो । बैठकले सर्वसम्मत नभए निर्वाचनको बाटो खोलिदिएको छ । पदाधिकारी टुङ्गो लगाउन छलफल गरेपनि बिनानिष्कर्ष टुङ्गीए पछि पुष ७ गते बैठक बस्दैछ । आंकाक्षीहरुले दाबी नछाडेपछि पदाधिकारी टुङ्गो लगाउन नसकेको हो । मंगलबार प्रदेश १ मा कार्यक्षेत्र रहेका केन्द्रीय सदस्यहरूको बैठकपछि बसेको आंकाक्षीहरूसँगको छलफलमा ४० जना सहभागी थिए । दाबेदार धेरै भएका कारण पदाधिकारीको नाम टुङ्गो लगाउन नसकिएको कार्यदलका एक सदस्यले बताए ।
आंकाक्षी बढी भएका कारण नेतृत्व छनोटका लागि निर्वाचन हुने सम्भावना बढ्दै गएको छ । सहमति नजुटेपछि निर्वाचन गर्ने तयारी प्रदेश कमिटीको छ ।
बुधबार बस्ने बैठकबाट निर्वाचन हुने वा नहुने टुङ्गो लाग्ने नेताहरूले बताएका छन् । प्रदेश १ अध्यक्षमा हर्कबहादुर लावती, शिवकुमार डाँगी र मुक्साहाङ मेन्याङ्बो प्रमुख दाबेदार छन् । यता सचिवमा गणेश उप्रेती, ओखलढुंगाका मोहनकुमार खड्का, सुनसरीका आइन्द्रविक्रम बेघा र धनकुटाका ऋषिराम ढुंगानाले दाबेदारी प्रस्तुत गरेका छन् ।